सुरेन्द्र : “म कहाँबाट सुरु गरौ| मैले अघि चिया पसलको केटि भन्दै थिए नि| किन हो उनलाई भुल्न गाह्रो हुदै थियो| सम्झेर केहि बिग्रिएको पनि थिएन तर फाइदा पनि केहि थिएन| दिमागले कति कोशिश गर्यो, उनलाई भुल्न तर मन उनलाई भुल्न तैयार थिएन| कहिँ कुनै चियापसल पुग्दा पनि उनलाई भेट्छु कि भन्ने आश लाग्ने| होटेल साउजीले उनलाई चोर भनेर भन्दा, होटेल साउजीसंग तर्क गर्न नसकेपनि, मन मनै उनको केहि बाध्यता हुदो हो भनि तर्क गर्थीए| एकदिन साउजीले गफ गर्दै थिए र केहि नया कुरा बताए| कुरा नया हैन, मेरो लागि नया थियो| उनको बिहे भइसकेको रैछ| अहिले हैन पहिले देखि| मलाई भेट्नु अघि नै उनको बिहे भएको रैछ| अब झन् उनलाई भेट्न मन लागेर आयो| एक पल्ट उनलाई भेटेर, एउटा प्रश्न गर्न मन थियो “आखिर किन झुठो आश देखायौ?” भनि| पुरा नहुने इच्छा मनमा लिएर बसेको थिए|
यसरि नै १२ कक्षा सकिन लाग्यो| १२ कक्षा सकिनु अघि, सबै साथि कहिँ घुम्न जाने प्लान बन्यो| मलाई पनि घुम्न जान मन छ| कहिले कतै घुमेको थिन मैले| जिम्मेवारीको बाटो कहिले पनि मनोरंजनको चौतारी हुदै गएको याद छैन मलाई| त्यसैले पनि जिम्मेवारी र मनको झुठो पिडा, दुवै मेटाउनको लागि घुम्न जान मन थियो| मार्दी जाने भनि पक्का भयो तर केटाहरु मात्र| केटीहरुको भिन्न योजना थियो| मलाई को को जादै थियो भनि थोरै पनि मतलब थिएन, आफु जादै थिए भनि म खुसि थिए| अहिले पो मान्छेहरु मरिहत्ते गरि जान्छन, पहिले त्यहाँ जाने मान्छे थोरै थिए|
पोखराबाट नै हिड्नु पर्थियो भन्दा मान्छेलाइ अचम्म लाग्छ तर त्यो बेला मुश्किल थियो| मार्दीको लागि हिडेका हामि, घान्द्रुक भन्दा अगाडी पुगीनौ| त्यहि नै गन्तब्य हुन पुग्यो| गन्तब्य बदलिएको तर रमाइलो उनि नै थियो|केटा मात्र थियौ, केहि बोल्नु अघि सोच्नु पनि नपर्ने| हरेक वाक्यको सुरुवात र अन्त्य, आदार्थ शब्दले हुने, अन्तिममा जी र सुरुमा मु भएको आदार्थ शब्द| अरु पनि आदार्थ शब्द थिए, सरलाइ अप्ठेरो हुन्छ सुन्दा| जोक पनि कहिले गोठालो जोक भन्ने, कहिले घरपेती जोक भने कहिले बुढा बुढी जोक, जुन जोक भने पनि सबै छाडा नै हुने| केटाहरु मात्र हुदा के कस्तो हुन्छ के भनि राख्नु| त्यो पनि १८ बर्षे अर्राले ठिटाहरु, एक ठाउमा जम्मा भएको, गनाउने बोकाको भेला जस्तै थियो| घान्द्रुक पुगेर के गर्नु? केहि फोटो खिचियो| अहिले जस्तो १०० वटा फोटो खिचेर एउटा छान्न मिल्ने भए पो| ३६ वटा फोट खिच्न मिल्ने एउटा रिलबाट, हरेक फोटो बिचार गरेर लिनु पर्ने|
त्यहाँ बस्ने होटेल पनि थिएन, जम्मा दुइटा| होटेल पनि हैन, गोठ जस्तै थियो| दुइटा कोठामा ११ जना केटा, भुइमा सुत्नु पर्ने, खाना पनि धिदो मात्र हुने| लोकल कुखुरा, अकबरे खुर्सानिको अचार, रायोको साग अनि धिदो| धिदो भन्दा मुख खुम्च्याएको थिए, तर मिठो मानेर खाए| धिदो पसी रक्सि, सबै त्यसमै रम्दै थियौ| कलेज पछी के गर्ने, सबैले आफ्नो आफ्नो योजना भन्न लागे र मसंग केहि योजना थिएन| एउटा झुठको सहारा लिए र लोकसेवा भर्छु भने| सरकारी जागिर गर्न मन थियो पनि थिएन पनि, त्यहि पनि झुठ बोल्दा के हुन्छ र| रक्सिको मात बढ्दै गयो र सबै जना मात्तिदै गयौ|
म सबै भन्दा धेरै मात्तिएको सोचेको थिए तर साथीले वाक्ने बित्तिकै म गलत सावित भए| तर … एकछिन है| साथिलाइ लिएर मुख धुने ठाउ निर गए| वाके पनि त्यहि वाकोस् भनि लागेको त्यहाँ| पुरै अध्यारो र साथीलाई केहि थाहा छैन| साथीलाई केहि थाहा थिएन, उ कहाँ छ, के गर्दै छ , के बोल्दै छ, उसलाई केहि थाहा छैन| यति अध्यारो थियो कि साथि मेरै छेउमा हुदा पनि उसको अनुहार देख्न गाह्रो थियो| होटेलको साउनीको छोरी राम्रि थिइ भनि भन्न बिर्सिए मैले| दिउसो पनि आखा उनलाई हेर्न ब्यस्त थियो|
मुख धुने ठाउमा पानि सकियो तर साथिको वाक्ने क्रम बाकि नै थियो| साउनी को छोरी, सानो साउनीले पानि लिएर आइन्| सानो पनि के भन्नु| परिपक्क शरीर, त्यो मिलेको छाती, लाली बिनाको गुलाबी ओठ, मोहिनी नजर के भनौ म| उनको आखामा हेर्दै उनको ओठ चुमेको कल्पना गर्ने म पहिलो व्यक्ति थिइन होला| म कति झ्याप थिए भनि मलाई उनले पानि ल्याएपछी मात्र थाहा भयो| उनलाई चुम्न पुगे| एक सेकेन्डको लागि पनि ओठ जोडीन पाएन तर त्यो काफी थियो मेरो लागि, स्वर्गको भ्रमण अनि संसारको सारा खुसि एक पलमा नै भेटे| सबै खुसीको मुल्य चुकाउनु पर्छ तर ठुलो मुल्य चुकाउनु पर्यो हामीले|
साउनीको छोरी अत्तालिदै त्यहाँबाट भागिन्| पुरै रनिंगमा चिच्याउदै त्यहाँबाट कोठा तिर गइन्| एकछिनमा साउनी र गाउ भेला भयो| उनले सबैलाइ अघिको घटनाको बारे भनिछिन्| धन्न मेरो भाग्य बलियो, उनले अनुहार देखिन अध्यारोमा अनि वाकने साथीले त्यो हर्कत गरेको भनि आरोप लगाईन्| “मात्तिएको बेला यसले थाहा पाएन|” हाम्रो बचाउको तर्क यहि थियो| आफुले गरेको गल्ति, अरुलाइ दोष लागेको छ| अनि त्यो गल्तिको बचाउ गर्दै छौ| गाउलेहरु रिसाएका थिए, ज्यान लिन्थिए होला तर धन्न कुरा मिल्यो| जिन्दगि यस्तो काम गर्दिन भनि मन मनै कसम खाए| धन्न साथिहरुलाइ थाहाछैन मैले गरेको त्यो हर्कत भनि| नत्र गाउलेहरुले छाडे पनि, उनीहरुले मलाई मार्थिए होला| हाम्रो समस्या यहि सकिएको थिएन| होटेलमा बस्न नपाउने भयौ हामि| त्यो रात छत बिना गगन मुनि बसेउ| सित टपटप चुहिदै थियो, अनि हामि खुल्ला चौरमा बस्नु पर्ने| त्यो रात, जिन्दगीको नै लामो रात थियो| साच्चिकै, गल्ति हजार हुन्छन, यहाँ मात्तिएको बेला||”
सुरेन्द्र जी ले ठुलै काण्ड मचाउनु भएको रैछ| उहाको काण्डको पर्दाफास हुने बित्तिकै, हाम्रो कानको पर्दामा अर्को गितको बोल पुग्यो| गीतको बोल छ “
