गीतको बोल छ “तिमीले त हैन, तिम्रा भाका हरुले|” बच्चु कैलाश जी को स्वरमा सजिएको यो गित, जति पल्ट बज्छ, त्यति पल्ट मेरो मुटु जित्छ यो गितले| धुन गीतमा हैन, मेरो मुटुमा बज्छ| अतितका केहि पलहरु आखा अगाडी आइदिन्छ| म फेरी पनि मुस्कुराउन लागे|
सुरेन्द्र : “ ल अब अर्को कथा सुन्न पाईने भयो| जे होस् सफर मजाको हुदै छ|”
म: “सर, चिया पिउदै सुन्दा कस्तो होला? अगाडी मिठो चिया पाउने पसल आउदै छ|”
२ मिनेटको पर्खाइ अनि मैले भनेको होटेल आयो| चिया, चिया संगै चुरोट र पियाजी| पियाजी भनेको के हो भन्दा, पियाजको पकौडा| चिया र बाकिको मजा लिदै थियौ र प्राकृतिक सुन्दरताको पनि|
सुरेन्द्र: “चिया संगै हजुरको कहानी सुन्न पाउदा कति रमाइलो हुदो हो|”
म: “ गाउमा टिभी हाम्रो घरमा मात्र थियो| पुरै गाउ बेलुकाको समाचार हेर्न अनि शनिबारको फ्लिम हेर्न भेला हुने भनेको हाम्रो घरमा| सानो तिनो मेला नै हो जस्तो लाग्थियो| मान्छेको घुइचो यस्तो हुन्थियो कि के भन्नु| गाउमा त्यस्तो थियो र सहरमा म भने भिन्न तरिकाले जीवन जिउदै थिए|
सहरमा टिभीको मतलब थिएन मलाई| जीवन नै छलचित्र भएको थियो, द्रुत गतिमा चल्दै थियो र बेला बेला ठप्प हुदै थियो| क्यासेट चाही असाध्यै मन पर्ने भएको थियो| क्यासेटमा नया नया गित भर्यो र सुन्यो| एकान्तको साथि भन्ने कि रम्ने साधन, यहि भएको थियो| मन पर्ने गायकको गित क्यासेटमा भर्यो र चाहेको बेला सुन्यो| यसमा जतिको रमाइलो के मा थियो होला| नया क्यासेट किन्न, नया गित भर्न, मन लाग्नु मात्र पर्थियो, न्यु रोड पुग्थियौ हामि|
कहिले हरिबंशको हास्य क्यासेट अनि कहिले नेपथ्यको गित| यो एउटा नया संसार नै थियो| के दिन एउटा क्यासेट भनेको हरेको क्यासेट परेछ| नाम नै अर्को थियो क्यासेटको| नया गित सुन्नलाइ त्यति उत्सुक भएर गएको, घर आउदा गल्ति क्यासेट, पार तातेर आयो| त्यहि पनि के रैछ भनि सुन्न मन लाग्यो| क्यासेट हाले , तर केहि आवाज आउदैन, केहि बज्दैन| मेरो क्यासेट प्लेयर बिग्रियो कि भनि दुइ तिन पल्ट धताए पनि तर आवाज अझै आउदैन| क्यासेट प्लेयर बिग्रिएको हैन, क्यासेट खालि रैछ|
क्यासेटको ए साइड खालि थियो, दोस्रो साइडमा केही छ कि भन्ने आश तर जागर चलेन| चुरोट सल्काए र साथिहरुलाइ भेट्न भनि कोठा बाट निक्लिए| हाम्रो जहिलेको भेट्ने अड्डा, पशुपति पुगे| पशुपति निर एउटा ठेलामा दिदीले मिठो चिया बनाउनु हुन्थियो, त्यहि बसेर चिया पिउदै थिए| त्यत्तिकैमा एउटा आवाज आयो मेरो कानमा, कोहि गित गुणगुनाउदै छ| त्यत्रो भिडमा को गित गुनाउदै छ भनि यता उता हेर्छु, कोहि देख्दिन| सायद भिडमा आवाज अनि मान्छे दुवै गायब भए|
घर पुगे बेलुका, क्यासेटमा गित सुन्न मन लाग्यो| अघिको क्यासेटको अर्को पट्टि केहि छ कि भनि बजाए, नभन्दै गित बज्यो| कसको सुमधुर आवाज भरिएको थियो| यो गित त्यो मान्छेले आफ्नो लागि गएको हो, घरमा नै रेकर्ड गरेको आवाज हो त्यो| कस्तो सुमधुर आवाज तर… तर मैले पहिले पनि सुनेको आवाज हो यो| कहाँ भनि याद गर्न खोजे र याद आयो, यो नौलो आवाज हैन| दिउसो गुणगुनाउदै गरेको गित र आवाज यहि थियो|
अब मलाई त्यो मान्छेलाइ भेट्न मन लाग्यो| मान्छे हैन, सुमधुर आवाजको धनि, कोइली जस्तो आवाज रहेको उनलाई भेट्न मन लाग्यो| मन लागेर हुन्छ र, कसरि भेट्नु अब? यति ठुलो सहर र केहि थाहाछैन| एकछिन दिमाग चलाएपछी, क्यासेट पसल जाने जुक्ति आयो| त्यहाँ गए र गल्ति क्यासेट परेको भनि भने| त्यो मान्छे आफै तर्सिएको थियो, उसले क्यासेट हरायो भनि| मलाई देखेर खुसि भयो त्यो मान्छे| क्यासेट उसलाई दिन मैले| क्यासेट भित्र जस्तो आवाज छ, अनि क्यासेट जसको हो, उसलाई आफै दिन्छु भनि क्यासेट पसलको साउजीलाइ फकाए|
उनको ठेगाना लिएर, उनि बस्ने ठाउ पुगे| अनि बस्ने घरको ढोका बाहिर पुगे, र त्यसरी नै उनि बस्ने कोठा अघि पुगे| बाहिर पुगे तर बोलाउन डर लाग्ने| त्यहि पनि बोलाए उनलाई| ढोका खुल्यो र देख्छु, आवाज मात्र हैन, मैले मान्छे पनि चिनेको थिए|
“दाइ, हजुर पो|” मित बुवाको छोरी पो रैछिन्| के सोचेर गएको थिए के भयो| उनको हात समाएर, आफ्नो एउटा नया संसार बनाउछु सोचेको थिए, लास्टमा साथ भनेको आफ्नै हातको मात्र भयो| हाहाहा|”
मेरो कहानी सुन्ने बित्तिकै, सुरेन्द्र जि को मुखको चिया.. सुरेन्द्र जि लाइ चिया सर्कियो| हासेको हासेई सुरेन्द्र जी|
सुरेन्द्र: “मेरो ..
