सुरेन्द्र: “ हजुरको र मेरो कहानी हैन जीवन नै उही हो जस्तो लाग्न थाल्यो मलाई सर| मात्र पात्र अनि परिस्थिति केहि भिन्न हो| उनको बिहे पक्का भयो, अनि यता म एक्लो भए| मेरो जीवन, जिन्दगिमा जम्मा दुइ पटक, कोहि मान्छे मन परेको, दुवै पटक मेरो भाग्यमा माया हैन पिडा पर्यो| पहिलो पटक कोहि मन पर्दा, केहि नभनी, गायब भइन् उनि| दोस्रो पटक कोहिसंग माया बस्यो, उनि मेरो भाग्यमा नहुने पक्का भयो तर जहिले मेरो अगाडी नै हुने भइन्| एउटालाइ कम्सेकम एक पटक भए पनि भेट्न मन थियो तर त्यो पुरा भएन| अनि अर्कोलाओ आखा अगाडी जहिले देख्नु परेको छ|
पहिलो पटक साथीले गर्दा कोठा सर्नु परेको थियो, फेरी पनि कोठा सर्ने निर्णय| दोस्रो पटक, आफ्नो कारणले, आफ्नो कारण भन्ने कि मायाको कारण| जहिले उसलाई पल्लो घरको छतमा हेर्न पिडा हुने| फेरी उनि यसरि बोल्दै थिइन्, कि मानौ हामि विच केहि भएको नै छैन| अहिले पनि हामि त्यहि सम्बन्धमा त्यसरी नै खुसि छौ जस्तो गरि व्यवहार गर्दै थिइन् उनि| त्यस्तो सम्बन्ध जहाँ भबिस्य बाहेक सबै थियो| मलाई पचेन| यसरि झन् पिडा धेरै हुने थाहा थियो मलाई| त्यसैले कोठा सर्ने निर्णय गरेको थिए मैले|
नया कोठा, नया माहोल अनि म फेरी पनि एक्लो| किर्तिपुरमा कोठा सरेको थिए| अहिले सम्म जहाँ जहाँ कोठा थियो मेरो, सबै चहल पहल भएको ठाउ थियो| किर्तिपुर, शान्त ठाउ अनि त्रिभुवन बिश्व बिधालय नजिक| स्नातक पछीको बिदा अनि एक्लो मान्छे, नया ठाउ अनि एक्लो मन, के गर्ने कहाँ जानी केहि थाहा थिएन अनि केहि सोच्न पनि सकेको थिइन| हजुरलाइ जस्तो भएको थियो, मलाई पनि त्यस्तो भएको थियो सर| पिडा माझ घेरिएको थिए म| केहि निर्णय लिनु पर्ने थियो| परिवारको जिम्मेवारी बोकेको थिए, नचाहिदो सोचले थिचेर आफ्नो अनि जिम्मेवारीको निधन हुन दिन मन लागेन|
धेरै स्थानमा जागिर खोज्न लागे| सरकारी जागिर गर्न मन थिएन तर बुवाको जिद्दीमा लोकसेवाको फर्म भरे| अरु ठाउमा जागिर पाउन मुस्किल भयो, झनै निराश हुदै थिए| फेरी लोकसेवाको परिक्षामा मलाई केहि चासो थिएन तर त्यो परिक्षा राम्रो गयो| गयो हैन गएछ| नाम निक्लिएपछी मात्र थाहा भयो| जब मान्छे भोको हुन्छ, ढुंगा पनि मिठो लाग्छ| यहाँ मैले भोको पेटमा पुलाउ भेटेको थिए, मलाई मन नपर्ने भएर के भयो र, त्यहाँ भोक मिठो थियो भोजन हैन| यसरि नै हो| खिया यस बाहेको केहि भन्न सकिन|
केहि कुरा भन्छु, हामि बीच मात्र रहोस् है सर| मेरो मुटु अझै पनि टुटेको थियो| मुटु टुटेको भन्नु गलत हुन्छ, मुटु टुटेको घाउ निको भएको थिएन| कारण जे होस् त्यो सम्बन्धको अन्त्यको, मलाई लागेको कारण एउटा मात्र छ| “पैसा” यहि कारणले हाम्रो सम्बन्धको अन्त्य भन्ने मान्यता हो मेरो| यदि म संग नि पैसा हुन्थियो र म धनि हुन्थिए भने, सायद हाम्रो बिहे एक अर्कासंग हुन्थियो होला, उनको बिहे अरु कोहि अर्कैसंग हैन| त्यसैले पैसा कमाउनु थियो मलाई तर गलत ढंगले हैन| त्यहि भुतले अहिले यहाँ सम्म पुगियो| घुस र भ्रस्टाचारको सहारा लिएको हैन, भाग्यले थोरै साथ दियो| यदि गलत बाटो रोजेको भए, अहिले काठमाण्डौमा सरुवा हुदा, त्यहाँ गएर कोठा खोज्नु पर्थिएन, घर नै हुन्थियो| एउटा हैन २ ३ वटा| यस्तै छ सर|”
सुरेन्द्र जी को अनुहारमा भिन्न चमक छ, केहि हासिल गरेपछीको चमक| सुर्यविनायक पुगियो| लामो जाम छ| गफ हुदै न छ हामि बीच र एउटा गित बज्यो| यो पहिलो गित हो, जुन आज बज्दै छ तर मेरो जीवनसंग मिलेको छैन| गितको बोल छ “बाउले बिहे गर्दिएँनन् भने|”
सुरेन्द्र: “ बिहेपछी पनि हजुर अरु कुनै सम्बन्धमा हुनुहुन्छ अनि मेरो पनि त्यहि हालत छ| यो गित हाम्रो जीवनमा नमिलेपनि, यसमा केहि कहानी छ जस्तो लाग्छ| हैन त सर?”
मेरो मनको कुरा सुरेन्द्र जी ले भन्नु भयो, सफरको अन्त्य हुन केहि मिनेट बाकि छ, त्यो अघि बाकि रहेको कहानी पनि भन्न पछी पर्न मन लागेन| किशोर अवस्था देखि सबै कहानी भनि सके, मैले मात्र हैन, दुबैले भन्दै छौ| जागिर गरे देखि अहिले सम्मको, भन्नु पर्ने कहानी धेरै छन् तर बिहेको कहानी थोरै छ| हामि संग रहेको समय पर्याप्त हुन्छ यति भन्नलाइ|
म: “ छ नि सर…
