सुरेन्द्र जी को वाक्य रोकिए संगै, एउटा अनौठो अनि लामो मौनता छायो हामि बीच| कारको इन्जिनको आवाज पनि ठुलो लाग्दै थियो, यस्तो मौनता थियो| भकुन्डेबेसी देखि धुलिखेलसम्म कसैले केहि बोलेनौ| शब्द नभेटेको हो कि बिचार, तर मौनता लामो समयको लागि छायो|
सुरेन्द्र: “ सर, केहि आग्रह गरौ?”
म: “ हुन्छ सर| सफर पनि सकिन लाग्यो|”
सुरेन्द्र: “अहिले सम्म भित्रि बाहिरि, सबै कुरा भनेउ| एउटा प्रश्न छ दिमागमा| गित नबजे पनि सोधौ कि भनेर| बुवाको बिजिनेशमा चासो छैन भन्नु हुन्थियो तर फेरी त्यहि नै गर्दै हुनुहुन्छ| के भयो त्यस्तो|
म: “सर, यसको लागि पनि गित छ, पहिले गित बजाउछु, अनि आफ्नो कहानी भन्छु|”
यति भन्दै मैले कहानीसंग मिल्ने गित बजाए| गीतको बोल छ “सबै साथि गए, आफ्नो….”
म: “स्नातक सकियो, अनि यता सम्बन्ध पनि| पुजासंग केहि महिनामा बिहे हुन्छ भनि खुसि थिए तर पुजा अनि उसंगको सबै आश पनि| जीवनमा केहि बाकि नै छैन जस्तो भएको थियो| जीवनको उदेश्य नैपुजासंग हुनु थियो, किन कि जीवनको हरेक पाइला उनको हात समाएर हिड्नु थियो| मैले मायामा परेर डुबेर भनेको हैन| बुवाको बिजिनेस कसरि अघि लाग्ने उनले सबै सोचेकी थिइन्| जसले भबिस्यको योजना बनाइदिएको थियो, उनि नै जीवनमा नभएपछी, भबिस्य नै रहेन|
घरमा आउछु भनेको थिए, घर जानु नै पर्ने थियो| हफ्ता दिन पछी घर पुगे| केहि जरुरि कुरा गर्नु छ भनि बुवालाइ पहिले देखि नै भनेको थिए| त्यसैले घर आउन लागेको भनेको थिए| मेरो बिहे, त्यो पनि पुजासंग, त्यो भन्दा जरुरि के हुन सक्छ| पुजा गएपछि, जीवनमा न केहि जरुरि थियो न केहि महत्वपूर्ण| घर पुगेको केहि दिन शान्त अनि एक्लो रोजे| सबै जना खुसि हुनुहुन्थियो मलाई देखेर| म खै के थिए मलाई नै थाहा छैन, दुखि हुने केहि कारण थिएन| कमसेकम परिवारसंग दुखि हुने केहि कारण थिएन| घर पुगेको केही दिनमा बुवाले जरुरि काम के हो भनि सोध्न लाग्नु भयो|
बुवाले हरेक पटक यो प्रश्न गर्दा पुजाको याद आउने| पछी भन्छु, पछी भन्छु, भनि केहि दिन पन्छिए| जीवनमा अब के गर्ने भनि नै ओस्चं सकेको थिइन| कोहि साथि बाहिर पुगे भने कोहि यहि के गर्दै थिए, म भने अल्लारे भनेर बसेको थिए| केहि दिन यसरि नै खेर फ्याले अनि केहि निर्णय बिना नै बसी रहे|
बुवा: “के जरुरि कुरा भन्थिस| भन अब|”
बुवाको यो प्रश्नको जवाफमा मैले “म हजुरसंग, हजुरको बिजिनेस अघि लग्छु|” यति भने| कसम भनेको बुवालै यति खुसि कहिले देखेको थिइन मैले| बुवा मात्र हैन पुरै परिवार खुसि| परिवारको खुसि देख्दा, अचानक म पनि खुसि हुन पुगे अनि रम्न पनि| जीवनमा एउटा नया लक्ष्य भेटे मैले त्यो दिनबाट| यसरि नै हो|
मेरो कहानी मैले सुरेन्द्र जीलाइ सुनाएर भ्याए| उहाले पनि सरकारी जागिर गर्न मन छैन भन्नु हुन्थियो तर त्यहि गर्दै हुनुहुन्छ| कसरि भनि जान्न इच्छा म भित्र थियो| राम्रो समय हो यो प्रश्नको लागिअ|
म: “ अनि हजुर सरकारी जागिरमा कसरि?”
सुरेन्द्र: “ हजुर
