Part 16

म: “ छ नि सर, कसरी भनौ? बिस्तारमा भनौ कि दुइ वाक्यमा सक्याउ?”

सुरेन्द्र: “ कोटेश्वरको जाम बाकि छ सर| बिस्तारमा नै भन्नु| एउटा फ्लिम पुरै हेर्न पनि मिल्छ|”

म: “ हुन्छ सर| बिस्तार पनि के भन्नु, जति बिस्तारमा भनेपनि, कोटेश्वर नपुग्दै सकिन्छ होला| बुवाको बिजिनेसमा हात हालेको सुरुको केहि दिन, केहि खल्लो लाग्ने अनि केहि शुन्य लाग्ने| सोचेको जस्तो प्रगति हुदै थियो, सोचेको भन्दा धेरै नै प्रगति हुदै थियो| बिजिनेस सबै बुझ्दै नै थिए, अनि अघि लाग्दै पनि थिए| सबैको खुसिमा रम्दै नै थिए तर पनि खुसि भित्रबाट आएको थिएन| एउटा पछी अर्को गरि, बिजिनेस बिस्तार गर्दै थिए र धेरै कुरा सिक्दै थिए|

समयसंगै केहि परिवर्तन आउछ कि सोचेको आएन| परिवर्तन मतलब म भित्र परिवर्तन कहिले आउछ भनि पर्खिदै थिए| खुसीको खोजिमा, मैले के के उपाय गरिन| अनि अन्त्यमा खुसि के मा भेटे थाहा छ? स्त्रीको शरीरमा| म प्राय यस्तो सम्बन्धमा गासिन लागे, जहाँ कसैको भावनाको कदर गर्नु पर्थिएन मैले| मनको तृष्णा मेट्ने भन्दा, शरीरको भोक मेट्ने प्रयत्न हो मेरो| अनि यसमै खुसि हुदै थिए| घरमा यस्ता कुरा थाहा हुनुहुन्न तर बुवालाइ थाहा थियो| बुवालाइ पुरै अंचलको मान्छेले चिन्ने, त्यसैले पनि लुकेन उहासंग यो कुरा| बुवाको केहि आपत्ति थिएन| उहाले चाहेको जसरि म बिजिनेसलाइ अघि लग्दै थिए र यसमा नै उहा खुसि हुनुहुन्थियो| उहालाई खुसि राखेर, म पनि खुसि हुदै थिए, यसमा केहि गलत छ जस्तो मलाई पनि लाग्दैन थियो|

तर कति दिन? सधै यसरि चल्दैन नि| परिवारको अरु केहि इच्छा पनि थियो मसंग| मेरो बिहेको कुरा हुदै थियो घरमा| अनि मलाई बिहे गर्न मन थिएन| कारण आफैलाई थाहाछैन तर बिहे गर्न मन थिएन| मैले आफ्नो जीवन नै बिजिनेस अनि मोज मस्ती सोचेको भएर होला सायद| मेरो योजनामा बिहे कहिँ थिएन| त्यसैले पनि बिहेमा कहिले रुची नभएको होला| मलाई रुची नभएर के भयो त,मेरो बिहेको चिन्ता मलाई भन्दा परिवारलाइ धेरै छ| सबैलाइ बुझाउन सक्दिन, त्यसैले पछी पछी भनेर मिति सार्दै गए|

“मलाई थाहा छ तलाई बिहे गर्न मन छैन| जबर्जस्ति पनि गर्दिन म| तर जीवनमा सबै कृतिम हुन्छ, तर जीवन साथीको साथ जुनी भरको लागि हुन्छ| त्यसैले हो बिहे गर भनेको| मेरो पनि उमेर भयो, तेरो आमाको पनि उमेर भयो, हामी कहिले मर्छौ के थाहा| अनि मान्छेको मन बदलिन गाह्रो छ तर कुन बेला बदलिन्छ थाहा हुन्न| कमसेकम केटि हेर, मन परेन भने बिहे नगर्नु|” बुवाले यति भनेपछी, मैले उहाको लागि भए पनि केटि हेर्न लागे| दैनिक अफिस नगएपनि, हरेक दिन नया केटि हेर्न जानु पर्ने| कुन केटि कस्ता थिए मलाई कहिले थाहा भएन किन भने, आफ्नो लागि कहिले कुनै केटीलाई भेट्न गएको हैन म| बुवाको लागि मात्र हो| आखिर उहा खुसि हुनु हुन्थियो, उहाको खुसिको लागि जे पनि गर्न तैयार थिए| खै यो भावाना कहाँबाट आयो म भित्र| बुवाले पनि बुझ्नु भएको होला सायद तर के गर्नु मैले?

एकदिनको कुरा हो, म हफ्ता दिनको लागि मलेसिया गएको थिए| बिजिनेसको सिलसिलामा| यसै बीच बुवालाई हस्पिटलमा भर्ना गरिएछ| बुवा तिन दिन देखि हस्पिटलमा हुनु हुन्थियो तर मलाई थाहा थिएन| जब नेपाल फर्किए अनि बल्ल थाहा पाए| बुवा काठमाण्डौको चिरायु हस्पिटलमा भर्ना, हृदयघात भएको थियो| यो सुन्ने बित्तिकै हत्तारिएर एयरपोर्टबाट सिधै हस्पिटल पुगे| चिन्ता अनि पिडा दुवै बरोबर थियो म भित्र| तर त्यहा सबै सामान्य थियो| बुवा निको भइसक्नु भएको थियो र उपयुक्त उपचार पाउनु भएको थियो|

“छोरा, अब मेरो स्वास्थ्य यस्तै हो| कहिले हस्पिटल कहिले घर अनि बिस्तारै भगवानको काखमा| एउटा इच्छा छ, तेरो बिहे हेर्ने| मलाई यति थाहाछ, तलाई मैले अप्सरासंग बिहे गर भने पनि, तलाई अप्सरा पनि मन पर्ने छैन| किन कि बिहे गर्ने इच्छा छैन तेरो| तर जिन्दगिमा कहिले सम्झौता गर्न सिक्नु पर्छ| सधै जीवन एक ठाउमा अड्काएर हुदैन र जीवन एक नास जादैन| अनुहार खोजेर के गर्छस्, अचार हाल्ने हैन| माया खोज्दै छस् भने पनि, जब सम्म तैले माया दिन्नस, त्यो बेला सम्म तैले पनि माया पाउन्नस| जिन्दगि पनि बिजिनेस हो, थोरै मिहिनेत अनि थोरै अनुमान| कहिले घाटा कहिले फाईदा…” बुवाले यस्तो धेरै भन्दै हुनुहुन्थियो| मैले बिहेको लागि हुन्छ भने अनि यसरि मेरो बिहे भयो| बुवाको लागि बिहे गरेको भएर होला, कहिले मलाई श्रीमतीसंग माया बसेन| उसलाई पनि यो कुरा राम्ररी थाहा छ| हामि दुवै सम्झौता गर्दै छौ अनि यो सम्झौताको उपहार एक अर्काको स्वतन्त्रताको रुपमा पाउदै छौ| मैले उनिलाइ आजाद तरिकाले जिउन दिएको छु अनि उनले मलाई स्वतन्त्रताले बाच्न दिएकी छिन्| हामि एक अर्कालाइ सम्मान गर्छौ, त्यसैले एक अर्काको अघि श्रीमान श्रीमती जस्तो व्यवहार गर्छौ तर हामीले आफ्नो जीवन आफ्नो तरिकाले जिउदै छौ| उनलाई थाहा छ, म कुनै प्राय स्त्रीसंग छु, त्यहि पनि उनलाई केहि संकोच छैन| फरक यति छ, म अरु कसैको मायामा छु र उनि एक्लो|”

सुरेन्द्र: “मरे म..

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts