सुरेन्द्र: “मरे म, हास्नु कि रुनु| कसैको जीवन यति कसरि मिलन सक्छ| अहिले सम्म नमिलेको के छ भन्नु त? पहिलो मन परेको केटि, पहिलो प्रेम, जे भन्नु, हामि दुबैले धोका पायौ| रक्सि पिएर दुबैले काण्ड पनि गरेको रैछौ| हामि दुबैको पहिलो सम्बन्ध स्नातकसंग सुरु भयो अनि स्नातकको अन्तिम बर्षमा पुगेर नै अन्त्य भयो| त्यहि सम्बन्धलाइ हामीले जीवन सोचेको थियौ अनि त्यहि सम्बन्ध भुलाउन हामीले के के गरेनौ| हामिलाइ जीवनमा जे गर्ने इच्छा थिएन, हामि त्यहि नै गर्न लागेउ| हजुर बिजिनेसमा लाग्नु भयो अनि म सरकारी जागिरमा| हजुरलाइ पनि बिहेमा कुनै चासो थिएन अनि त्यहि मलाई पनि थियो|
सरकारी जागिर पक्का भयो| गा.बि.स.मा खरदारबाट सुरु भयो मेरो जागिर| सचिब भनौ, गा.बि.स. को सचिब| पर्सा जिल्लाको गण्डक गा.बि.स. को सचिब| काठमाण्डौ गर्मि ठाउ हैन, मौसम अनुकुल छ| तर पर्सा, तराइ हो कि कराई, बुझ्ने गाह्रो भयो सुरुको केहि दिन| फेरी भोजपुरी भाषा बोल्न न आउने| केहि शब्द अनुमानको भरमा बुझ्थिए र केहि नबुझेपनि बुझे जस्तो गर्थिए| भाषा समस्या थिएन तर नया ठाउ र मन नलागेको काम गर्नु पर्दै छ, यो चाही समस्या हो| तर त्यति ठुलो समस्या पनि हैन| आफुलाइ त्यहि हिसाबले ढाल्दै गए|
त्यहाँ बसेको केहि फाइदा पनि भयो| पहिलो फाइदा, भाषा सिके, भोजपुरी भाषा| दोस्रो नया ठाउको मान्छेको व्यवहार बुझे| तेस्रो फाइदा, घुस लिनु पर्थिएन| मैले नैतिकता बेचेर केहि काम गर्दिन थिए तर कानुन बमोजिमको काम गर्न पछी पर्थिन| त्यसैले मान्छेले काम हुने बित्तिकै, खुसि भएर केहि पैसा हातमा आफै हाल्दिनथिए| यहि भएर पनि केहि सहज भएको थियो| महिनाको तलब भन्दा बेसी मानिसबाट भेटि पाउन लागेको थिए| पैसा खर्च गर्ने मान्छे हैन म तर यस्तो पैसा यसरि नै जाने रैछ|
हजुरलाइ जस्तै मलाई पनि अरुको शरीरको लत लाग्यो| कहिले बिरगंज बसपार्क र कहिले रक्सौल| यसरी नै त्यहाँबाट मेरो सरुवा चितवन मालपोतमा भयो| बिरगंज भन्दा चितवन मन पर्यो मलाई| मौसम अनि मान्छे दुवै| अनि भेटि पनि त्यस्तै राम्रो| तलबको ३ गुणा| एउटी थरुनी केटि, सौराहामा भेट भएको| मेरो बास उनको कोठामा नै हुन लाग्यो| मलाई शरीर सुख चाहिने अनि उनलाई थोरै पैसा| यसरि नै सौदामा चल्दै थियो जिन्दगि| घरमा पनि सबै खुसि हुनु हुन्थियो| समयमा पैसा पथाउथिए, त्यस बाहेक परिवारलाइ के नै चाहिन्छ भन्ने सोच मेरो|
तर म गलत रैछु| घरमा मेरो पनि बिहेको कुरा हुदै थियो| अनि मैले बिहेको बारे केहि सोचेको थिइन| जिन्दगिमा पैसा थियो, जागिर थियो, अनि सेक्स पनि| म चाही यतिमै खुसि थिए| मेरो लागि भनेको खुसि नै यति थियो| माया भन्ने शब्दबाट कोशौ पर बस्न मन थियो| जिन्दगि भर एउटा मान्छेसंग, त्यहि एउटा मान्छेलाइ माया गर्दै, उसको जिम्मेवारी बोकेर, कोहि कसरि बस्न सक्छ? के त्यो माया हो कि सम्झौता? के त्यो माया हो कि सौदाबाजी? के के बिहेको नाममा हामि नाटक त गर्दै छैनौ नि? यहि नै सोच्ने गर्थिए तर बुवाले बिहेको कुरा निकाल्दा एक चोटी झसंग भए| अनि सधै नै झसंग हुन लागे|
घरमा कसरि सम्झाउ कि मलाई बिहे गर्न मन छैन भनि| म कसैको मायामा बर्बाद भइसकेको थिए, नया सम्बन्धमा गासिएर अरु कसैलाई बर्बाद बनाउन मन छैन| मसंग बिहे गर्ने मान्छेलाइ म चाहेर पनि माया गर्न सक्दिन, अनि त्यो अन्याय हुनेछ उनि माथि| त्यसैले पनि मलाई बिहे गर्न मन थिएन| तर परिवारमा यो सबै भन्न मिल्दैन| यो मेरो मनमा रहेको कुरा ,मनमा नै सिमित राख्नु पर्छ|
“मर्नु अघि नातिको मुख हेर्न पाए भने स्वर्ग पुग्छु|” बुवाले यस्तै धेरै कारण राखी जिद्दी गर्न लागेपछी मैले बिहेको लागि हुन्छ भने| तर नाति हेर्नु अघि बुवा र आमा दुवै बित्नु भयो| अनि हाम्रो बच्चा अहिले सम्म भएको छैन| उनलाई पनि थाहा छ मैले परिवारको लागि बिहे गरेको हो भनि, त्यसैले उनले मेरो मन जित्ने हजार प्रयास गरिन्| उनको जिउमा कपडा नहुदा, मेरो मन पग्लिन्छ तर त्यस बाहेको सबै पल मलाई मेरो बिहे मेरो मर्जी हैन भनि याद आउछ| यसै बीच मेरो सरुवा जनकपुरमा भयो| अनि हामीले पोखरामा एउटा घर किनी सकेको थियौ| यहाँ चाही हजुर र मेरो कहानी थोरै फरक छ| मेरो बुडीलाइ थाहाछैन कि म कोहि पराइ नारिसंग प्रेममा छु भनि| उनले थाहा पाइन् भने उनको मनमा के बित्छ होला| उनि निकै सोझी छिन् र मलाई मात्र माया गर्छिन्| अनि हरेक पल मेरो मन जित्ने प्रयासमा तत्पर छिन् उनि| तर जनकपुर पुग्ने बित्तिकै म एउटा नया सम्बन्धमा गासिए, अनि मेरो बुडी, अहिले पनि पोखरामा छिन्, मेरो मन जित्ने आशमा| यहि हो मेरो कहानी सर| हजुर र मेरो कहानी कति मिल्ने है|”
सुरेन्द्र जी को जीवन अनि मेरो जीवन, एक अर्काको प्रतिबिम्ब जस्तै लाग्यो| जसको गन्तब्य उही हुन्छ, उनीहरु बाटोमा भेटिन्छ भनि सुनेको थिए, हो जस्तो लाग्यो| सुरेन्द्र जी र मेरो भेट त्यहि त हो जस्तो लाग्यो| कोटेश्वरको जाम कट्न लागियो| जडिबुटीको पेट्रोल पम्म भन्दा अलि अगाडी छ हाम्रो गाडी|
म: “ सर, हजुर कहाँ जानु पर्ने हो?”
सुरेन्द्र: “ ल…
