Part 44

केहि बढी नै जिस्किए होला तर त्यति त मेरो हक पनि लाग्छ जस्तो लाग्यो | एकछिनमै रिसाउने र एकछिनमै फक्कीने,यो हामि बीच सधै हुने क्रियाकलाप झैँ थियो | एकछिनमा फेरी कुरा मिल्यो हाम्रो र फेरी मायाको सागरमा डुब्दै गयौ | समय पनि कति चाडै कटेको, duke त्यति छिटो चल्दैन होला जति चाडै समय कट्दै थियो | हेर्दा हेर्दै बर्थडे पनि आउन लाग्यो उसको,पुस ९ गते |

“के गिफ्ट चाहिन्छ तिमीलाई बर्थडेमा?”

“केहि चाहिदैन,के चाहिनु र !”

“नाई नाई भन?”

“अब केहि चाहिएकै छैन, कसरि भन्नु म ?”

“कसैले यति मायाले यति पल्ट सोधेको भए,मलाई केहि नचाहिए पनि म केहि भए नि भन्थिए”

“म तिमि हैन नि !”

“तर तिमीलाई केहि पक्कै चाहिएको छ,भन खुरुक्क |”

“तिमीलाई नै थाहा रैछ मलाई केहि चाहिएको छ भन्ने, तिमि आफै भन त्यसो |”

“तिमीबाट सुन्नुको मज्जा नै बेग्लै छ,अभ चाही भन है |”

“साचिकै भनु ?”

“अनि म अघिबाट जिस्केको हो त |”

“मेरो बर्थडेमा आउ है मलाई भेट्न|” 

कस्तो दोधारमा पारिन् उसले,पुस १५ बाट परिक्षा छ,पुस ९ गते मरेपनि उपत्यका बाहिर जान दिनु हुन्न घरबाट | अभ फेरी नजाउ कसरि नजाउ, जबर्दस्ती भएपनि उसको मनको कुरा थाहा पाएको छु,अभ त्यो नि पुरा कसरि नगर्नु| अनेकौ बहाना बनाए घरमा,बहाना पनि एउटा हैन,कैयौ बहाना बनाए,र अन्तिममा घरबाट पनि हुन्छ भन्नु भयो | मैले बनाएको बहानाहरु एकठ्ठा गर्ने हो भने,एउटा फ्लिम नै बन्थियो | उसलाई फोन गरे र आउछु भनेर सुनाएको मात्र के थिए , सुन्ने बितिकै उनी औधी खुसि भईन, यति खुसि भईन कि “आइ लब यु” निक्लियो उसको मुखबाट | हो यहि खुसि दिन चाहन्छु उसलाई,उनको यस्तो खुसीको लागि हरेक पल हासी हासी मर्न पनि तैयार छु म | उनको खुसीमा आफ्नु खुसि खोज्नु नै मेरो लागि माया थियो |

Mig को merchant भएर कमाएको भनम या जम्मा गरेको, केहि पैसा थियो मा संग र यता परिक्षाको चटारो पनि थियो,त्यसैले प्लेन रोजे बर्षाको बर्थडेमा जानको लागि | पहिलो पटक हो मैले प्लेन चढ्न लागेको,केहि उत्साहित र केहि डराएको थिए | एयर होस्टेजहरु राम्रा राम्रा देख्थिए चलचित्र तिर, भाग्यमा नभएको हो कि नेपालको प्लेनमा यस्तै हो,त्यस्तो केहि खास देखिन एयर होस्टेजमा | रन-वेमा प्लेनको गति र छाती भित्र मेरो मुटुको धड्कन एकैनासले बढ्दै थियो | एकछिन पछि प्लेन हावामा थियो र मेरो मन पनि प्लेनसंगै उड्दै थियो | एकछिन कान बन्द भएको नि महसुस भयो तर एक्छिनपछि सबै सामान्य हुदै थियो | पुषको महिनामा भएर होला हिमाल निकै सुन्दर देखिएको थियो प्लेनबाट | १५ मिनेटको यात्रा मात्र रहयो प्लेनको तर त्यो १५ मिनेट पनि कति रमाइलो मेरो लागि | बिरगंजमा कुनै विमानस्थल थिएन,त्यसैले सिमराबाट बिरगंजसम्म गाडीमा जानु पर्ने थियो र त्यहाबाट कलैया |
विमानस्थलबाट गाडी चढ्ने ठाउ केहि पर थियो र झोला भिडेर हिड्न लागे | धेरै मिठा यादहरु जोडिएका थिए सिमरा संग पनि , सिमरा भन्दा पनि सारिकासंग|

“ओइ हिरो ,के छ ?” बाटोमा हिड्दै थिए,एउटा आवाजले पैला टक्क रोकियो मेरो| सारिकालाई देखे, सोच्दै नसोचेको मान्छे भेटियो |

“चिनेउ नि हैन मलाई?” उसलाई एकनासले हेर्दै थिए,फेरी उसले बोलिन् |

“कपडामा लागेको दाग त जान गार्हो पर्छ,तिमि त झन् मुटुमा गासेको नाम हौ,कसरि नचिन्नु तिमीलाई?” केहि भिन्न पारामा हास्दै कुरा अघि लगे मैले |

बाटोमा उभिदै बोल्न केहि गाह्रो भयो, कफीको बहानाले एउटा ठाउमा बसेर गफ गर्न लागियो |बिस्तारमा एकअर्कालाई सबै कुरा सुनाउदै थिएउ हामि | निकै खुसि रैछिन उनि, स्कुल पढ्ने बेला देखिको साथीसंग प्रेम सम्बन्धमा गासिएकी रैछिन | मेरो लागि भनेर आजको रेडियो कार्यक्रममा पनि गइनन् उनि | म १ बजे सिमरा पुगेको मान्छे,उनीसंग गफ गर्दा ५ बजे छ | गफ संगै ८ कप कफी पनि सकियो | समय र कफी दुबै सकिएको पत्तो भएन | उसले अहिले सम्म पनि मैले देको नम्बर चलाउने रैछिन् | यो नम्बर पनि निकै विषेस थियो मेरो लागि,यहि नम्बर संग मिल्ने गरि भनेर मैले आफुले अहिले चलाएको नम्बर लिएको थिए,अन्तिम ५ अंक एकैनासको,अनि अन्तिम अंक ७ | उनीसंगको गफपछी म कलैया तिर लागे,घर पुग्दा ८ बज्यो र घर पुग्ने बित्तिकै बर्षालाई पुगेको खबर दिए | त्यति गरेपछि भोक लाग्न लाग्यो, भोक पनि निकै लागेको थियो,नलागोस पनि किन,दिउसो कफी मात्र खाएको हो,कफी बाहेक अन्नको दाना देख्न नि पाको थिन मैले| पकाउन अल्छी लाग्यो,पसल गए,१० को वाई-वाई चाउचाउ र १०५ को dew लिएर आए घरमा | बर्षासँगफोनमा बोल्दै चाउचाउ पकाए |

“किन चाउचाउ मात्र ? पुग्छ र ?” कस्तो माया गर्ने,पुग्छ पुग्दैन,सबै ध्यान दिन्छे |

“म त यसरि खाना लागेको ५-६ दिन भयो ,तिम्रो बर्थडे पार्टीको लागि पेट खालि गर्दैछु,फेरी भोलि तिम्रो बर्थडे पार्टीमा खाना मन नलागे भने |” म भने सबै कुरालाई हासोमा सिध्याउन खोज्थिए |

एकछिन दुवै तिर हासोको माहोल फैलियो | हासोको माहोललाई निरन्तरता दिन उसले एउटा जोक भन्छु भनिन् र मैले नाइँ भन्ने कुरै आएन | त्यो जोक पहिलेनै धेरै पल्ट सुनिसकेको थिए तर पनि उसको लागि भनेर मज्जाले हासे | म प्रेमी मात्र नभएर नाटककार पनि राम्रै हुनुपर्ने ,त्यसैले होला मनमा हजारौ पिडा भएपनि,मुहारमा त्यो पीडाको प्रतिबिम्ब कहिले झल्किन पाएन | आज फेरी सुत्दा रातको २ बज्यो,मलाई त केहि गार्हो थिएन,उनीलाई भने ६ बजे कलेज पुग्नु पर्ने थियो | थकानले नै होला, आखा चिम्म गर्ने बितिकै निन्द्राको काखमा पुगे |

Previous article
Next article

Latest Posts