शुक्रबार बिहान १० बजेको प्लेनबाट, हामि भद्रपुरको लागि लागेउ| मेरो घर चाही चार आली, इलामको चार आली| घरमा कसैलाई भनेको थिन, म एक्लै आउन लागेको हैन भनि| साथि आउन लागेको पहिले भन्नु पर्ने हो तर इस्मी साथी मात्र हैन, एउटा बम थिइन्, जुन मेरो घर पुग्ने बित्तिकै तहल्का मच्चिने निश्चित थियो| यस्तो तहल्का जसको प्रतिफल मैले सोच्न सक्ने भन्दा धेरै भयानक हुन सक्छ या भिन्न पनि हुन सक्छ| अनुमान र सोच यस्तो चिज हो जुन जहिले जहाँ पनि सहि हुन सक्छ र गलत पनि|
भद्रपुर एयरपोर्टमा हाम्रो प्लेन ल्याण्ड गर्यो| प्लेनको ल्यान्दिंग संगै मेरो मनमा धेरै भावनाले हरुले उडान भर्यो| भावनाहरु सुरक्षित अवतरण हुने हुन् कि कहिँ गएर ठोक्किने हुन् चाही बुवासंग भेटेसी मात्र थाहा हुन्छ| एयरपोर्टबाट बाहिर निक्लियौ हामि, हामि मतलब म र इस्मी| एयरपोर्टबाट निक्लिने बित्तिकै बुवालाइ देखे मैले|| बुवालाइ देखेपछी झनै सोच्न थाले, आखिर बुवालाई कसरि भन्नु| बुवाको प्रतिक्रिया के आउने हो|
“तिमि मेरो पछी पछी आउ है|” इस्मीलाइ सम्झाए|
“किन?” इस्मिको प्रश्न|
“बुवालाई तिमि आउने भनेको छैन|” हामि संगै हिड्दै थियौ तर यति सानो स्वरमा बोल्दै थियौ, त्यो पनि सासे बोलिमा|
“किन नभनेको त?” इस्मीले प्रश्न गर्न छाडेर मैले बह्नेको माने पनि हुने नि|
“कसरि भन्नु भयो, त्यसैले भनिन|” यति भन्दा केहि जवाफ दिन जानिन| यहाँ आफु पसिना पसिना भइसकेको थिए| बुवा तर्फ जति नजिकिदै जान्छु, जति पाइला चाल्दै थिए, मुटुको धड्कन बढ्दै नै थियो| बाकि भनेको खुट्टा कामेर ढल्न मात्र थियो|
“जसरि पनि भन्न सक्थियौ, फोनमा मेसेजमा|” मेरो हालत खराब थियो, त्यहि पनि इस्मी जिस्किदै थिइन्| झन् हास्दै भनिन् उनले, झन् के गरु गरु भयो मलाई|
“यस्तो बेला पनि जिस्किनु परेको छ है तिमीलाई|” इस्मी मेरो छेउमा नै हिड्दै थिइन्, मलाई चित्त बुझेन| इस्मी भन्दा केहि अगाडी हुन पाइला छिटो छिटो चाल्न खोजे मैले|
“अब कसरि भन्छौ?” इस्मीको प्रश्नले झनै गाह्रो पार्यो मलाई, बुवालाई भन्नु कसरि|
ल भन्न गाह्रो छ माने, भन्नु पर्ने नै थियो| नभनी नहुने| मैले नभने, इस्मीले आफै भन्न पछी पर्दिन| एकछिनलाइ मानौ मैले भने, मैले आफैले भने तर बुवाले इस्मीलाइ घर लग्न मान्नु भएन भने| बुवाले इस्मीलाइ यहिबाट काठमाण्डौ फर्क भन्नु भयो भने| बुवाले मलाई पनि काठमान्डौ फर्काइदिनु भयो भने| बुवा मेरो कुरा सुनेर ढल्नु भयो भने? के के सोच्न लागे लागे| सोच बिच नै बुवा अगाडी पुगे र बुवालाई ढोग गरे|
इस्मीसंग बुवाको परिचय गराउनु पर्ने हो तर फेरी हिम्मत जुटाउन सकेको थिइन| इस्मी मेरो पछी नै थिइन्, उनलाई पछी नै रहन हातले इशारा गरे| उनले पनि बुझिन्| बुझेर मात्र हुन्न , उनले नाइँ भनेर नकार्न पनि सक्थीईन् तर अचम्मको कुरा, उनले मानिन्| त्यहाँबाट मालपोत केहि मिनेटको दुरीमा, हिड्दै नै जादै थियौ| म र बुवा अघि अघि अनि इस्मी पछी पछी| इस्मीलाइ कस्तो अप्ठेरो महसुस भएको हुदो हो, मलाई पनि कम अप्ठेरो महसुस भएको थिएन|
मालपोत पुग्दा सबै काम बुवाले पहिले देखि नै तैयारि अवस्थामा राख्नु भएको थियो| केहि गाह्रो परेन| म एउटा कुर्सिमा बस्दा बस्दै मालपोतको सबै काम सकियो| बुवा नै यता उता जानु भयो र मैले हस्ताक्षर मात्र गर्नु पर्यो| इस्मी मालपोत बाहिर बस्दै थिइन्| बिचरी, नया शहरमा एक्लै बसेकी थिइन्, जब कि उनले चिनेको मान्छे उ भन्दा केहि फितको दुरीमा थियो|
“तिमि आज नै भन्छौ नि?” इस्मिको मेसेज आयो|
“एक्छिन पर्ख, म अब भन्छु|” बुवासंग सत्य बोल्ने हिम्मत नभए पनि, इस्मीसंग सजिलै झुठ बोले|
“तिमिले बाहिर निक्लिदा सम्म भनिनौ भने, म सिधै तिम्रो घर जान्छु अनि भन्दिन्छु, हाम्रो बिहे भयो|” इस्मीले झन् तनाबग्रस्त तुल्याइन् मलाई| अघि इनार पछाडी खाल्डो जस्तै भयो| बुवालाई जसरि पनि भन्ने पर्ने थियो तर कसरि भनौ| यदि मैले भनिन भने, इस्मीले आफै भन्छु भन्दै थिइन्| भन्ने मात्र पनि हैन, उनले नानाथरी भन्न आटेकी थिइन्| जसरि पनि बुवालाई भन्ने भनि हिम्मत जुटाउन लागे| आखिर भनेर के नै हुन्छ, मैले केहि नराम्रो भन्न लागेको हैन| मैलेकेहि गल्ति काम पनि गरेको हैन| जाबो एउटा साथीलाई घर लग्दै थिए, अरुले के सोच्लान भनि मैले धेरै सोच्दै थिए|
बुवाले एउटा झोला लिदै आउनु भयो| प्लास्टिकको झोला मा १५ गद्दी थियो पैसाको| मतलब १५ लाख थियो| बुवाले मेरो अघि बसेर पैसा गन्नु भयो|
“१५ मात्र हो र?” बुवाले ४५ भन्नु भएको थियो जग्गा बेचेको पैसा तर १५ मात्र देख्दा अचम्म लाग्नु स्वाभाविक थियो|
“३० बैकमा हाल्दिएका छन्| १५ चाही कर बचाउन क्यास दिएका|” बुवाले भनेको बुझे मैले|
“तर यति पैसा ब्यागमा लिएर किन हिड्नु| बैंकमा हाल्दा हुन्न यो पनि?” मेरो स्वाभाविक प्रश्न बुवालाई|
“एक जना लाइ दिनु छ, घर पुग्ने बित्तिकै| त्यसैले| खाजा खाएर घर जाउ|” बुवाले यति भनेपछी झनै गाह्रो पर्यो मलाई| इस्मीको बारे बुवालाई भनेको छैन अनि अब खाजा खान कसरि जानु इस्मी बिना| बुवालाई इस्मीको बारेमा भन्न पर्ने बेला आयो अब| अहिले भनिन भने धेरै ढिला हुन्थियो| हामि मालपोत गेट बाहिर पुगेउ|
“ बुवा हजुरलाई केहि भन्नु छ|” इस्मी मेरो अगाडी थिइन्, इस्मीको अगाडी नै हिम्मत जोडेर भन्न खोजे|
“यहाँ हैन, त्यहाँ अगाडी होटेल छ, त्यहि गएर भन्|” बुवा अत्ताल्लिनु भएको देखेर अचम्म लाग्यो| आखिर बुवालाई अचानक के भयो| बुवाको आवाज इस्मीले पनि सुनिन्, उनले आखाले इशारा गरिन्, जाउ भनि|
“के भयो बुवा?” होटेल नपुग्दै प्रश्न गरे बुवालाई|
“होटेल हिड अनि भन्छु म|” बुवाले होटेल नपुगी केहि नभन्ने हुनु भयो| होटेल पुगियो तर बुवाले केहि भन्नु भएन| होटेल पुग्ने बित्तिकै आफ्नो ब्यागमा अभेको सबै पैसा मेरो ब्यागमा हालिदिनु भयो र आफ्नो ब्याग खालि गर्नु भयो| यहाँ बुवालाई सम्हाल्नु कि इस्मीलाइ| इस्मी पनि निन्याउरो भएकी थिइन्| फेरी बुवाले केहि भन्ने हैन बुवा किन अत्तालिनु भएको भनि| हाम्रो टेबुलबाट केहि पर बसिन् इस्मी| बुवाले सामान्य कुरा गर्दै हुनुहुन्थियो मसंग र एक कप चिया सकियो| खाजा बुवाले केहि भन्नु भएको थिएन उहाको लागि, मैले पनि केहि भनेको थिन| इस्मीको टेबुलमा आखा लगे, उनि कफी पिउदै थिइन्|
“सुन्, म यहाँबाट बाहिर जानु पर्ने काम पर्यो| म अहिले जान्छु, त पाच मिनेट पछी हिड्नु” बुवा फेरी पनि अत्तालिनु भयो र अनौठो व्यवहार गर्दै हुनुहुन्थियो बुवाले| केहि बुझ्न गाह्रो हुदै थियो, बुवा हिडी हाल्नु भयो| बुवाले मलाई प्रश्न बीच छाडेर जानु भयो| आखिर बुवा किन अत्तालिनु भएको?
