Part 23

इस्मी: “एउटा आइडिया छ मंसग|”

म: “भन न|”

इस्मी: “भन्दिन, भनेर केहि फाइदा छैन|”

म: “लु किन नि?”

इस्मी: “तिमीले मान्दैनौ| बेकारमा किन बोलि खेर फ्याल्नु|”

मायामा जोडीले के कसम खान्छन र, केटाले बिहे अगाडी यौनको लागि कति नै कसम खान्छ होला, चुनाब अगाडी नेताले जति बाचा गरे पनि, बाहिर जाने साथीले आईफोन पथाइदिन्छु भनेर पनि कसम खाएकै हुन्छ, झन् सबै बिधार्थीले भोलिबाट पढ्छु भनि कति कसम खान्छन खान्छन, तर यो कसम केहि हैन| यो मध्य कति कसम करले खाईन्छ अनि कति इच्छाले| तर जब मान्छे रक्सिको नशामा हुन्छ, उसले जति कसम कसैले खादैनन्| यहाँ सम्म कि सास फेर्दै छु भनि पनि कसम खान पछी पर्दैन| म पनि त्यहि नै गर्दै थिए| इस्मिले नाइँ भन्दा भन्दै पनि, जसरि पनि गर्छु भनि उनको उपाय सुन्न तैयार भए|

“मलाइ पनि तिमीसंग तिम्रो गाउ लग|” इस्मिले किन भन्न नचाहेकी बल्ल बुझे| उनले जे उपाय निकालेकि थिन्, त्यो पुरा गर्न असम्भव थियो| उनलाई आफ्नो गाउ कसरि लग्नु मैले| बुवा आमालाई के भन्नु? उनको परिचय के भनेर गराउनु? मेरो कोहि केटा साथि अहिले सम्म गाउ पुगेका थिएनन्, उनलाई गाउ लग्दा हजारौ प्रश्न आउछ| म आफै आफ्नो गाउ धेरै नजाने मान्छे, छोरा धेरै पछी गाउ आउदा केटि लिदै आयो| बाबा आमाले बुहारी भनेर सोच्नु भयो भने के गर्नु?

“हुन्न हुन्न| त्यस्तो हुदै हुन्न|” मेरो सुरुका शब्दहरु| स्वाभाविक हो मेरो जवाफ|

“मैले पहिले भनेको थिए हुन्न भनि| तिमीले सक्दैनौ थाहा थियो त्यसैले मैले सुरुमै भन्दिन भनेको| जिद्दी गर्ने तिमि हो|” इस्मिले दोष मलाई लगाइन्| म दोषको लायक थिए र सबै दोषहरु जायज पनि थियो|

“अनि मलाई के थाहा तिम्रो दिमागमा यस्तो खिचडी पाक्दै थियो|” कुरा साम्य गर्ने प्रयास मेरो|

“म यस्तै छु थाहा छ तिमीलाई| तिमीले मान्दैनौ पनि थाहा थियो मलाई| तर पनि तिमीले जिद्दी गर्दा तिमीमा हिम्मत छ कि जस्तो लागेको थियो तर हाहाहा….” इस्मिले जिस्केर नै भनेको थिइन् तर मेरो इख्मा ठेस लाग्यो| हिम्मतको कुरा आयो त्यो पनि रक्सिको नसामा धुत भएको मान्छे सामु| रक्सिको नशामा डुबेको पुरुषलाइ कहिले पनि उसको उसको पुरुसोत्व माथि आच आउने कुरा गर्नु हुन्न नत्र उसले कसैको ज्यान लिन पनि सक्छ र कसैको लागि ज्यान दिन पनि| त्यो त जाबो कसैलाई घर लग्ने कुरा थियो| भोलि पल्ट मलाई यो बहस याद नहुन सक्छ, त्यो बेला म संसार जित्ने ताकत राख्थिए| ताकत नभए पनि भ्रम चाही पक्कै राख्थिए|

“ल , शुक्रबार तिमि र म, मेरो गाउ जान्छौ|” इखमा ठेस लागे पछी, मैले लिएको निर्णय|

“अहिले भन्छौ, भोलि बिर्सिन्छौ|” इस्मीले नाइँ भन्नु पर्ने थियो, तर उनि अझै जोड दिएर मलाई उत्तेजित गर्दै थिइन्|

“इस्मी र म, शुक्रबार मेरो गाउ जान्छौ| लगिन भने, म केटा हैन|” इस्मीलाइ मेसेज लेखेर पठाए| झ्याप भएको मान्छेले, आक्रोशमा जे पनि गर्छ भन्नुको म जिउदो उदाहरण हो| निदाए कि ढले थाहा छैन, भोलि बिहान निन्द्रा खुल्दा म सोफामा थिए|

अफिस पछि, सधै झैँ इस्मीसंग कफीको लागि एउटा रेस्टुरेन्ट पुगियो| इस्मी मलाई हेरी हेरी मुस्कुराउदै थिइन्| यस्तो लाग्दैथियो कि उनलाई केहि यस्तो कुरा थाहाछ जुन मलाई थाहा थिएन| एकछिन सम्म अनदेखा गरेपनि, धैर्यताले धेरै बेर साथ् दिएन|

“के भयो? किन हासेको?” प्रश्न सोधे|

“अब म हास्न पनि नपाउनु?” इस्मीको अपेक्षित जवाफ आयो|

“तर मलाई हेरी हेरी चाही किन?” मेरो प्रश्न|

“भन्दिन| आफै चाल पाउ|” इस्मीले जिस्किन सुरु गरिन्| जिक्सिन भन्दा पनि मलाई सताउँन लागिन्|

“भन न| नभन्ने भए किन हासेको?” इस्मीसंग ढिप्पी गर्न लागे|

“भने पछी मजा नै आउदैन|” इस्मीले अझै पनि सताउन छाडेकी थिइन|

“त्यसो भए नभन|” इस्मीसंग सिकेको मैले यो बानि, रिसाएको जस्तो गर्ने|

“नाटक हेरन| ल ल भन्छु| तिमीलाई हिजो रक्सि खाएपछी के के याद छ?” इस्मीले सुरु त गरिन् तर प्रश्नबाट भयो सुरुवात|

“साथिसंग रक्सि पिए, अनि सुते|” जे याद थियो त्यहि भने|

“मोबाइलको मेसेज बक्स हेर|” इस्मीले यति भन्ने बित्तिकै मैले मोबाइल चेक गर्न लागे| इस्मीलाइ हिजो पठाएको मेसेज मलाई केहि पनि याद थिएन, तर मेसेज हेरेपछि थोरै थोरै झझल्को आउन लागे| मेरो अनुहार अनि अनुहारको भाव हेर्न लायक थियो| इस्मी चाही हासेको हासै| उनि यसरि हास्दै थिइन्, वरीपरि बसेको मान्छे पनि उनलाई हेर्दै थिए| मसंग केहि शब्द थिएन|

“कसरि?” इस्मीलाइ प्रश्न गरे| इस्मीले हिजोको एक एक सबै बताउदै थिइन् मलाई| उनले भन्दै जादा मलाई याद आउदै गयो| मैले आफ्नो खुटामा आफै बन्चरो हानेको थिए| न इस्मीको अघि केहि बोल्न सकेको थिए न यहाँ केहि लेख्न जाने|

“तिमि साच्चिकै जाने हो?” एक अन्तिम पल्ट पक्का गर्ने सोच मेरो|

“अनि के त|” इस्मिको जवाफले उनि साच्चिकै जाने भइन् भन्ने पक्का भयो|

शुक्रबार बिहान १० बजेको प्लेनबाट, हामि भद्रपुरको लागि लागेउ| मेरो घर चाही चार आली, इलामको चार आली| घर

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts