Part 43

जे गर्दा नि मेरो राम धुलाई हुने पक्का पक्कि नै थियो तर अचानक एउटा नया उपाय आयो| यसै फसेको ,त्यसै फसेको बरु हामि सधै म:म: खाने पसलको साहुजीलाई लाग्ने सोच उत्पन्न भयो मेरो दिमागमा | मान्छे पनि मजासिलो थिए र सधै जसो गएर आधा घण्टा जति गफ पनि | सधै त्यहि जाने र सधैको हासो र ठट्टा,बुढा निकै नजिकी सकेका थिए | सोचे अनुसार उनले हुन्छ भने र मोबाइल खोसिएको तेस्रो दिन कलेज लागे साहुजीलाई बुवा बनाएर |सोच्न त् दुवै सोचेको थिए, फस्छु भनेर र बच्छु भनेर पनि, भाग्य राम्रो थियो र बचे पनि |मेरो बारेमा भए नभएको कुरा लगाउन ब्यस्त थिए प्राध्यापक | बुवाले यति कुरा सुन्नु भएको भए,मेरो शरीरमा एउटा हड्डी बाकि रहन्थीएन होला तर साहुजीले सुनेकोले मलाई केहि फरक परेन |साहुजीलाई यो सब कुरा भन्नु र बालुवामा पानि खनाउनु उस्ता उस्तै हो,दुवै को अर्थ छैन | मोबाइल लिएर घर पनि आइयो र कलेजले कडा चेतावनी पनि दियो मलाई | मोबाइल नभएर बितेका दिन वर्षासंग कुरा पनि भएको थिएन | मोबाइल चार्जमा हालेर अन गरेको मात्र के थिए,वर्षा को मेसेजको बाढी नै आयो |

एउटा कुरा चाही पक्का भयो आज आएर,माया वर्षाको तर्फबाट पनि पुरैछ | मसंग बोल्न नपाउदा उसलाई पनि गार्हो भएको रैछ | म रिसाएको हो कि ,कि म व्यस्त हो , कतै मलाई सन्चो नभएको हो कि, यस्ता अनगिन्ती अनुमान गरिएको मेसेजले भरिएको थियो मेरो mig | मेसेज पनि एकैपल्ट हैन, कुनै बिहान ४ बजे थियो,कुनै त्यसको २ घण्टा पछी,कुनै दिउसो २ बजे थियो भने,कुनै रातको १२-२ बजे | मसंग बोल्न नपाउदा आत्तुर र चिन्तित दुवै भएकी रैछिन् | उसको हरेक मेसेजमा उसको माया र चिन्ता भरिएको थियो | निकै चिन्तित थिन्,आखिर म किन अनलाइन नआएको भनेर | कतै मैले उनी र उनको मेसेजलाई जानी जानी बेवास्ता गरेको हो कि भन्ने शंका पनि लागेको हुदो हो उसलाई |

उनको मनमा भएको सबै प्रश्नहरुलाई अन्त्य गर्न,mig मा मेसेज गरे उनलाई र नम्बर मागे |एकछिन सम्म पर्खे तर रिप्लाई आएन | सायद कलेजमा भएर होला रिप्लाई नगरेकी उनले | दिउसो को ३ बजे तिर उसको मेसेज आयो र फोन नम्बर पनि | हतार हतार फोन गरेको त,एक सुरमा गालि पो गर्न लागिन् मलाई,मैले त केहि बोल्न नै पाइन| उनको त्यो आक्रामक स्वोर अचानक आशुमा परिणत भयो र उनी रुन लागिन्| उनि रोएकोले,मेरो पनि आखा रसाउन लागे |

आखिर कति माया गर्दी रैछिन त मलाई,३ दिन गफ नहुदा रुनै पर्ने गरि | पालोको पैचो भने हुन्छ,उसको लागि धेरै पहिले रोएको थिए म ,आज उनी रुदै छिन | मैले आफ्नु मोबाइल खोसिएको देखि फिर्ता पाएको सबै घटना सुनाउदै गए, निकै आत्तुर भएर सुन्दै थिन् उनी पनि,बेला बेलामा हास्ने र बेला बेलामा गिज्याउने, यसरि बोलचाल फेरी सुरु भयो | उनको नम्बर नपाउदा migको महत्व जति थियो, नम्बर पाएपछि पनि त्यो महत्व चाही घटेन | फोन भन्दा च्याट नै रुचाउने हामि दुबैले | गफ र गफसंगै माया पनि बढ्दै थियो | सम्बन्धमा केहि कमि थियो भने प्रेम प्रस्तावको,जुन उसले गरे नि हुन्थियो र मैले गरे पनि ,तर गर्न चाही कसैले गरेनन् | अघोषित भए पनि प्रेम सम्बन्ध थियो हामि बीच |

समय पनि कति चाडै बितेको, दशैं पनि आयो | हामि दुबैको कलेज बिदा भयो र बिदा संगै हाम्रो गफ पनि बढ्दै गयो | दशैंमा उनी काठमाडौँ आउने खबर पाउना साथ मेरो खुसि खुल्ला आकाश जस्तै भयो जसको कुनै सिमा छैन | तर भेट भने एकदिन मात्र हुने कुराले मन केहि भए पनि खिन्न चाही भएको थियो| अन्त्यमा भेट पनि भयो,पहिले भन्दा निकै भिन्न भएकी रैछिन ,straight गरिएको कपाल,सुनमा सुगन्ध थप्ने उनको ओठको लाली, मुहारमा बिहानीको सुर्यको किरण पर्दा फक्रिएको गुलाब जस्तै चमक थियो, झन् त्यो मुस्कानले उनको सुन्दतालाई अप्सरा भन्दा पनि निकै माथि पारेको थियो |

पहिले नै फन-पार्क जाने भनेर सहमति भएको थियो हामि बीच | सहमति बमोजिम फन-पार्क गइयो | मान्छेको भिड खासै थिएन त्यो दिन | उनी मान्छेलाई हेरेर रमाउदै थिन् र म भने उनीलाई |फन पार्क जादा त्यहाँ भएको सबै भन्दा ठुलो पिङ जानै पर्ने मलाइ र उ भने | धेरै मनाए,फकाए र जिद्दी पनि गरे,अनि बल्ल ठुलो पिंगमा जान तैयार भईन् उनी | उसलाई डर भन्ने एकदम लाग्ने रैछ,पिंगमा हामीले बिताएका ५ मिनेट मध्ये एक सेकेन्ड पनि उसले मेरो हात छोडेकी थिनन् | पिंगको गति जति बढ्दै जान्थियो,आखा चिम्म पारेर, झन् बेस्सरी अथ्याउथिन् मेरो हात |उसको कपाल उसको मुखसम्म आउदै थियो पिंगको हावाले गर्दा तर उसलाई मेरो हात छोडेर, त्यो कपाल मिलाउने आट थिएन | यो ५ मिनेट मेरो जिबनको सबै भन्दा प्यारो पल मध्य एक थियो | भूत घर पस्दा ,जब उनीले तर्सेर मलाई अंगालो हालिन्,कस्सम त्यो बेला मेरो जिउ यस्तो सिरिंग भयो, लाग्यो म भित्र एउटा नया हाइड्रो पावर छ , सिरिंग भएर जिउ भरि काडा उम्रेको पल पनि निकै मिठासपूर्ण थियो | अर्कै न्यानोपन थियो उनको अंगालोमा, उनि डराकी थिन् भने म रमाको | दिन बितेको पत्तो भएन , साथमा थियो त केवल सम्झना र हामीले खिचेका केहि फोटोहरु |

“कोहि कोहि त कस्तो डराउने |” उसलाई गिज्याउने बहाना थियो मसंग | डराउन पनि कस्तो डराको थिन् उनि, ठुलो पिंगमा हुदा खेरि |

“डर लागि हाल्छ नि,पहिलो पल्ट हो नि त|” यति भन्दा उनको स्वर ५ बर्सको बच्चा जस्तै थियो |

“खुब खुब,तिमि १० चोटी चढे भने पनि यति धेरै तर्सिन्छौ |”

“उसलाई थाहा छ फेरी,तर्सिन भने नि |”

“अभ त हामि भेट्दा जहिले भुतघर जाने है |”

“किन नि भुतघर?”

“अनि तिमि मलाई सधै अंगालो हाल्छौ नि |”

“कस्तो बाठो बाई तिमि त |”

“बाठो तिमि पो छौ|”

“म बाठो,कसरि हौ ?”

“डरको बहाना गरेर, खुब रोम्यान्तिक हुन खोजेकी होला नि अंगालो हालेर |”

“जाउ नबोल तिमि म संग,के के सोच्छौ?पात आदमी” जिस्किदा जिस्किदै रिसाई उनि अचानक|

Previous article
Next article

Latest Posts