Part 42

केवल मेरो शरीर मात्र कलेजमा थियो,मेरो मन र मुटु भने हिजो वर्षासंग गरेको गफहरु सम्झिन मस्त थियो | वर्षासंग त्यो एक रातको गफले मेरो जिबनमा खुसि र उमंगको अनेकौ रंग भरेको थियो | फागु पुर्णिमा आउनु अगाडी नै मेरो मनले उसको सम्झनाको रंगसंग होलि खेल्दै थियो |

बितेका १२ घण्टा निकै बिशेष थियो | उसले कति कुरा खोलि मेरो सामु,उनीले भनेको एक एक कुरा महत्वपूर्ण लाग्ने मलाई | फेरी मेरो अघि उसलाई हेर्ने मुल्यांकन झन् उच्च भयो जब मैले थाहापाए,ममी-बुबालाई छोडेर एक्लै बस्न नसकेकोले,उनी काठमाडौँमा नपढेर बिरगंजमै पढिन् | उसको ठाउमा म भएको भए,मैले ठिक बिपरित गर्थिए,एक त जिल्लाको अब्बल नतिजा एस.एल.सी. मा,त्यसमा झन् बुबासंग अथाहा सम्पति,मैले हासी हासी उपत्यका रोज्थिए | तर उनी निकै भिन्न,उसले यति भन्दा मेरो आखा रसाएर आको आफैलाई पत्तो भएन |

अभ हाम्रो गफ दैनिक रुपमा हुन लाग्यो | फेरी जति गफ गरेपनि नसकिने हाम्रो गफ | दिउसो देखि बोल्न बसेको मान्छे,बोल्दा बोल्दै बिहान भएको पनि थाहानहुने कति दिन त | उनीले साइन्स पढेकी,मैले भने चाही व्यवस्थापन | मेरो बिदा वर्षा भन्दा निकै छिटो हुने भएकोले,गृहकार्य सकेर केहि पढ्न पनि भ्याउथिए मैले | तर उनी भने जहिले गृहकार्य नभ्याउने र गालि खान्छु भनेर सुनाउथी | उसको पढाई पनि केहि खस्किदै गएको कुरा उसको मुखबाट सुन्दा नरमाइलो लाग्ने मलाई | उसलाई फेरी भनेको नलाग्ने, बरु कम बोल्ने तर राम्ररी पढ भन्दा,जहिले एकछिन भन्दा भन्दै मध्यरात पार्थिन् | रोचक कुरा भने चाही,हामीले अहिले सम्म फोनमा बोलेका थिएनौ, जे बोलेउ सबै migमै बोलेउ | अहिले सम्म फोन नम्बर माग्ने कुरा कसैको दिमागमा आएको थिएन |

राति अबेर सम्म पनि फोन चलाएको थाहपाएर,बा-आमाको गालि निकै खाए मैले पनि | हुन पनि हो ,हरेक बेला मोबाइल चार्जमा जोडेर,ट्याप-ट्यापे नोकियामा मेसेज लेखेको लेखेई हुन्थिए अबेर रात सम्म |

“खाना चाही त्यो मोबाइलले दिदैन?” खाजा खान खोज्दा जहिले आमाबाट सुन्ने बानिनै बस्यो |

“ बरु बिग्रिए पनि हुने नि यसको त्यो मोबाइल | आखा बिग्रिन्छ अनि थाहापाउछस् | चार्जमा राखेर चलाइस भने पड्किन्छ मोबाइल | म छिनेर राख्दिन्छु त्यो मोबाइल |” यति नसुने भने त खाको खाना नपच्ने मलाई | म भने यो सबै कुरा खिल्ली गर्दै सिध्याउथिए |
“यसको बिहे त्यहि मोबाइलसंग गरिदिनु पर्छ |” साथिहरु घर आउदा आमाले भन्न कहिले नछुटाउने |

“मोबाइलसंग हैन,मोबाइलमा बोल्ने वालीसंग गर्दिनुस अन्टि |” आमाको अघि साथीहरुले यसो भनिदिदा हास्नु कि रुनु हुन्छ यो मन जहिले|
मेरो यता यस्तो हाल थियो | वर्षाको भने कथा बेग्लै | बुवासंग निकै डराउथिन् उनी | एकरात मोबाइल चलाउदै गर्दा उसको बुवा उसको कोठा पस्नु भएछ | हत्तपत्त मोबाइल छेउमा फ्यालेर,सिरक मुनि लुकेकी उनी,भोलि बिहान सम्म पनि छेउको मोबाइल छुने हिम्मत गरिनन् |धेरै रमाइला घटना हरु छन् | यसै बीच हामि बिचको सम्बन्ध झन घनिष्ट हुदै गयो |

प्रत्येक रातका अनगिन्ती गफहरुमा सजिदै गएका सपनाहरु, एकछिनको माया र एकछिनको घुर्काइले निखारेका खुसीका पलहरु,एउटा हातले आखा मिच्दै अर्को हातले मोबाइलमा मेसेज लेख्नुको रोमान्च, खादा देखि फ्याल्दा सम्म पनि मोबाइल हातमै हुनुको मज्जा, सैयौं पल्ट बाई-बाई भनेर पनि गफ अझै नसकिनुको मिठास, जति-जति पल्ट मोबाइलको battery रित्तिन्थियो त्यति त्यति उसको मनमा आफ्नु माया भरिएको अनुभव गर्नु ,यसरि नै दिन र रात चल्दै थिए हाम्रा | रातभर उनीसंगको गफमा रमाउदै, कति रात काटियो निन्द्रा बिना , आखामा निन्द छैन तर पनि सपना भने धेरै सझाउदै थिए मैले | सपना सजाउन निन्द्रा हैन मनको प्रयोग हुदो रैछ,बल्ल बुझे मैले | दिवा सपना भनु कि मनको इक्षा,जे नाम दिए पनि मेरो लागि यो जिबन निकै रमाइलो थियो |

दिन-रात गफ गरेर नपुगेर नै होला,अभ त कलेजमा पनि लुकाइ-लुकाई मोबाइल लग्न थालेको थिए मैले | कलेजमा मोबाइल लग्न फेरी एकदम मुश्किल थियो, एक त कलेजको मूलद्वारमा चेक हुने,अनि कोठा कोठामा सी.सी क्यामेरा | मोबाइल भेटि हाले भने पनि,बुवालाई बोलाएर,बुवाको अघि राखेर गर्नु गालि गर्थिए कलेजमा| यति थाहाहुदा पनि मनले नमान्ने,जसरि पनि मोबाइल लाग्नै पर्ने |

कलेजमा मोबाइल लग्न लागेपछी पढाईबाट ध्यान त केहि कम भयो भयो तर प्रत्येक बिषयको अन्त्यमा एकपल्ट बाथरुम जानै पर्ने बानि पनि बस्यो,त्यो पनि केवल उनको एउटा मेसेजको रिप्लाई दिन | चेकिंग झन् कडा हुन लाग्यो र मेरो दिमाग तिब्र गतिमा चल्न लाग्यो | अन्तिममा एउटा अर्को उपाय पनि निक्लियो,एउटा पुस्तक भित्र मोबाइल अट्ने आकारको ढाचा तैयार गरे , र त्यहि अनुसार पुस्तक भित्र त्यो ढाचालाई पत्तिले आकार दिन लागे |

केहि महिना ढुक्क भयो यो उपायले | अभ वर्षा र मेरो गफ दिनको हरेक पल हुन लाग्यो | तर अहिले सम्म पनि कसैले कसैको नम्बर मागेको थिएनौ | उसको नम्बर मलाई एकपल्ट मै कण्ठ हुन्थियो होला तर थाहाभए पो कण्ठ हुनु | दिन खराब भएको बेला हाती माथि बसेकोलाई त कुकुरले टोक्छ भन्छन,त्यसरी नै मेरो यो बदमासी पनि समातियो कलेजमा | कलेजबाट निस्कासन सम्म गर्ने धम्कि दिए | नभएको तनाब आइलाग्यो फेरी | बुवालाई लिएर कलेज जानु पर्ने रे |त्यो पनि हफ्ता दिन भित्र |यति नगरेसम्म मोबाइल नपाउने मैले | घरमा पुस्तक काटेर मोबाइल लगेको कुरा सुनाए भने मेरो के हाल हुन्छ भन्ने कुरा कल्पना पनि गर्न सक्थिन म | अभ कसरि चाही लग्ने होला बुवालाई कलेजमा |
दिमागले एकैछिनमा एउटा उपाय निकाल्थियो र फेरी पर भरमै आफै त्यो उपायलै काम नलाग्ने भनि पन्छाउथियो| यसरि नै २ ३ घण्टा पनि बित्यो र म भने के गर्ने र के नगर्ने बीच मै फसेको थिए| जे गर्दा नि मेरो राम धुलाई हुने पक्का पक्कि नै थियो तर अचानक एउटा नया उपाय आयो 

Previous article
Next article

Latest Posts