Part 11

उनि अरु केहि कारणले रिसाएर गएकी भए मलाई केहि फरक पर्थिएन तर उनि रिसाउनुको कारण म थिए| यस कारणले फरक पर्यो मलाई| माफी माग्नु पर्ने तर कसरि? सबै गल्तिको ,माफी हुन्छ र? अनि गल्ति गरेपछी माफी माग्नु कतिको उचित हुन्छ?

अरुको सन्तानलाइ मृत्युमा होमेर, भोट माग्न जानु कतिको उचित हुन्छ| सात जुनीको साथको बाचा, सात बर्षमा दुवै अलग बाटो हिड्नु कतिको उचित हुन्छ| तिमि नबोले पनि सबै बुझ्छु भन्नेले, सबै थाहा हुदा पनि केहि नबुझ्दा उचित हुन्छ र? तिमि बिना कसैको हुन्न भन्नेले, म बाहेक धेरैको हुदा उचित हुन्छ र? जसलाई मुटु सुम्पियो, उसले नै तिम्रो मुटु बिक्रिमा राखीदिदा, के उचित हुन्छ र? एक अर्का बिना बाच्न सक्दिन म भन्नेले, एउटा नया जीवन रोज्नु उचित हुन्छ र? म किन यो सबै सोच्दै छु के? जब यादको बाढी आउछ, भावनाले सबै बगाएर लान्छ अनि जीवन बगर बनाएर जान्छ|

गल्ति गर्नु नै गलत हो| चाहे गल्ति चाहेर भएको होस् या नचाहेर| गल्ति गरेर, माफी माग्न भुल्नु भनेको अर्को ठुलो भुल हो| गल्ति गर्नेलाइ उसको गल्तिको महसुस हुनुपर्छ| कहिले गल्ति गर्ने धेरै पिरोलिएर बसेको हुन्छ अनि कहिले गल्ति सहने| कोहि मनमा पिडा खेलाएर बसेको हुन्छन अनि कोहि सोच| “मिस कफी” रिसाएर बसेकी होलिन्| उनको मगजमा मेरो चित्रण भिन्न थियो होला तर उनले सोचे भन्दा बिपरित भए म| मेसेज गरेर मात्र उनलाइ फकाउन सकिन्न, यति चाही म ढुक्क थिए| नत्र उनको मेसेज अघि आउनु पर्ने हो,. यदि उनि मेसेजमा नै फक्कीने भए|

कसैलाई यसरि फोन गरेको थिन मैले आजको दिन सम्म| उनको मेसेज खोजेर कल बटन थिचे| gravity भन्ने चिज हुन्छ सुनेको हो| मेरो औलालाइ त्यो बटन थिच्न त्यति गाह्रो नहुनु पर्ने| तर मेरो औलाहरु काप्दै थिए| त्यो एउटा औलालाइ एउटा बटन थिच्नलाइ पनि न्वारन देखिको बल लगाउनु पर्यो| फोन गर्न त्यस्तो मुस्किल भएको थियो, तर फोन काट्न एक सेकेन्ड पनि लागेन| मैले के फोन गरि हाल्नु उचित हुन्छ? फेरी आफैसंग प्रश्न गरे| “फोन नगरेर घण्टा गर्छस् त?” मैले आफ्नो मनलाइ प्रश्न सोधेको, सलिन दाइको अवाजमा जवाफ आयो| फोन गर्नु नै पर्ने स्थिति भयो|

अघि जति गाह्रो भएन दोस्रो पटक उनलाई फोन गर्न| अनेकौ सोच र संकोचलाइ पन्छाएर फोन गरे तर उनको फोन उठेन| फोन नै नउठाउने भनेपछी, उनि खतरा तरिकाले नै रिसाएकी हुन्| पुन फोन गर्ने हिम्मत सजिलै जुटाउन सकिन| कफी र चुरोटले सहारा दियो| ओठमा चुरोट च्याप्दै फोन गरे| यसपटक फोन कानमा हैन, लाउडस्पिकरमा हाले| धन्न लाउडस्पिकरमा हालेछु| “call waiting” लेखिएको देखे| उनले फोन न उठाएकी हैन, अरु कोहिसंग बोल्दैछिन्| सायद त्यसैले मेसेज पनि रिप्लाई नगरेकी हुन् उनले| तर यति राति को संग बोल्दै छिन् उनि? रिसाएर उनले फोन न उठाएकी रिसाएर, यो उनलाई थाहा छ|

“ओइ, म सुत्छु है, भोलि बोलौला|” रातको १ बजे मेसेज आयो| केहि नि बुझ्न सकिन| आखिर हुदै के छ? मेरो मेसेजको घन्टौ पछी रिप्लाई गरिन् उनले| रिसाएकी छिन् भनौ भने, मेसेजको रिप्लाई आयो| ढिलो आयो कडा आयो सुनेको, ढिलो आयो तर के आयो आयो|

“सरि” लेखि सकेको थिए| सरि मात्र प्रयाप्त हुन्न, सोच्दै थिए अरु के लेखि माफी मागौ भनि| यतिकैमा उनको फोन आयो| तर उनले मलाई ntc मा किन फोन गर्दै छिन्? उनले मेरो ntc को नम्बर कसरि थाहा पाइन्? यो नम्बर प्रताप दाइलाइ पनि थाहा छैन| आज हुदै के छ? सोचमा नै समय ब्यतित हुदै छ| हरे, दिमाग मेरो| चाहिने बेला कनेक्सन जान्छ दिमागको| मैले अघि भर्खर उनलाई आफ्नो ntc को नम्बरबाट फोन गरेको थिए| ncell बाट गर्नु पर्ने, ntc बाट गरे| अर्को दोधार, फोन उठाउ कि नाइँ? निर्णय मैले लिनु परेन| फोन कट्यो| कहिले निर्णय समयको हातमा छाड्नु पनि उचित नै साबित हुन्छ|

लेखि सकेको “सरि” मेटे| गूड नाइट लेखेर पठाए|

“सुतेको….

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts