“मतलब तिमि नेपाल प्रहरी हो?” उनलाई एउटा नाम दिए मैले|
“त्यहाँ प्रहरीलाइ जे पायो त्यहि भन्ने हैन|” कस्तो जन्गीएको उनि| अझै पनि थर्काउदै नै थिइन् मलाई|
“किन तिम्रो बुवा प्रहरी हो र?” शंका लाग्यो, प्रश्न सोधे|
“हो नि, अनि मामु पनि|” मेरो आकलन मिल्यो| तर उनि जिस्किदै पनि हुन सक्छिन| कहाँ के मजाक हो बुझ्ने गाह्रो छुट्ट्याउनै गाह्रो|
“दाइ आर्मी होला है झन्?” बिस्वास नलागेर जिस्काएको भावमा उनलाई उडाउन लागे|
“ओइ, तिमीलाई कसरि थाहा भयो मेरो दाइ पनि हुनु हुन्छ? प्रताप दाइले भन्नु भयो हो?” दोधारमा पारिन् उनले| उनले के सत्य बोल्दै छिन् अनि के चाही गफ दिदै छिन् झन् बुझ्न गाह्रो भयो|
प्रताप दाइसंग मैले केहि कुरा गरेको थिइन तर उनले राम्रो उपाय दीइन्| प्रताप दाइलाइ फोन गरे| अब प्रताप दाइले नै मेरो सबै प्रश्नको जवाफ दिन सक्नु हुन्छ| नभन्दै उसको बुवा मामु दुवै प्रहरी रैछन| झन् दाइ पनि आर्मी| उनले जिस्किएर नै सबै सत्य भनेकी थिइन्| मलाई हो बिस्वास नलागेको| प्रताप दाइले मलाई चाहिएको जवाफ दिए तर दाइको मनमा नचाहिदो सोच पलाएछ दाइको| मलाई मिस कफी मन पर्यो भनि सोच्नु भयो दाइले| हैन भन्दा भन्दै पनि मान्नु भएन| अब यो कुरा कहाँ कहाँ पुग्ने हो?
“ल दाइ, उनलाई चाही मैले हजुरलाई यो सबै सोधेको भनि नभन्नु है|” फोन राख्न खोज्दै अन्तिम वाक्य बोले|
“चिकेन चिल्ली भाइ, दाजु भाइको कुरा अरुलाई भन्छु होला?” दाइले यति भनेर फोन राख्नु भयो| दाइले उनलाई भन्नु हुन्छ भनि बिस्वस्त छु तर दाइले उनलाई बाहेक सबैलाई भन्न बेर लगाउनन्|
मिस कफीलाइ रिप्लाई दिन केहि लेखिसकेको थिए,मेसेन्जरमा टिंग मेसेज आयो| फेसबुकले गर्दा कति मान्छेसंग जोडिए तर यसरि नचाहिने बेला मेसेज आउदा, जोडिएका सबै डोरी चुडाउन मन लाग्छ| नभन्द प्रताप दाइले पात काम गरे| सुमन दाइ, सलिन दाइ, मलाई अनि आफुलाई हालेर एउटा ग्रुप बनाए प्रताप दाइले| ग्रुप बनाएर मेसेज नि गरि हाले| “सुलभसंग पार्टी माग है जिमु हो|” [प्रताप दाइले यति पठाएपछी कुरामा कुरा निक्लियो अनि झनै कुरा निक्लियो| सुमन दाइले रेडियोमा फोन गर्ने केटि बारे पनि कुरा निकाल्नु भयो| अब यो ग्रुपलाइ म्युट गर्न पनि नमिल्ने, फेरी आफ्नै बिल्ला हेरेर के बस्नु| ‘
“म गएको” भनि मेसेज पठाए|
“भाइ, दुइटा हातमा लड्डु हुनु ठिक हो तर दुइटा नाउमा खुट्टा राखेर यात्रा गर्नु हुन्न नत्र च्यातिन्छ| कट्टु भनेको नि भाइ फेरी|” सलिन दाइको अन्तिम मेसेज पढ्न भ्याए|
“मेरो अरु केहि काम छैन है? के खानलाइ प्रताप दाइलाइ तिम्रो बारेमा सोध्नु हो मैले?” झुठ बोल्न यसरि सिपालु भएको छु| बेला बखत आफै झुक्कीन्छु, को संग के झुठ बोले कि के सत्य बोले| अरुलाई झुक्यौना हैन जिस्काउन झुठ बोलिदो रैछ|
“केटाहरुको भर हुन्न| कहाँबाट कोसंग के सोधी सकेको हुन्छन|” पुरै पुरुष जाति माथि नै औला ठड्याइन् त उनले|
“खुबै| केटा यसै बदनाम छन्, केटिहरुले नाम मात्र थाहा पाउनु पर्छ, कुण्डली नै निकाल्छन|” आफ्नो तर्फबाट सक्दो प्रयास गरे, पुरुस जातिको इज्जत जोगाउने|
“खुबै| त्यस्तो केहि पनि हुन्न|” उनि मान्न तैयार भइनन्|
“खुबै| मेरो नम्बर खोजि मेसेज गर्ने पनि तिमि नै हो|” यति लेखि पठाए अनि एहेसास भयो, गल्ति लेखेछु| यस्तो मेसेज पठाउन नहुने थियो| जिस्किदा जिस्किदै उनको अहम्मा ठेस पुर्याए मैले| अरुको कदर नगर्ने मान्छे कहिले खुसि हुन सकदैन| म त्यहि मानिस हो जो हास्न चाहन्छ तर …
नभन्दै उनको रिप्लाई आएन| आधा घण्टा पर्खिए तर मोबाइलमा मेसेज आएन| उनि अरु केहि कारणले रिसाएर गएकी भए मलाई केहि फरक पर्थिएन तर उनि रिसाउनुको कारण म थिए| यस कारणले फरक पर्यो मलाई| माफी माग्नु पर्ने तर कसरि?
