Part 12

“सुतेको छैनौ?”मिस कफीको मेसेज आयो| उनलाई कसरि भनौ, उनको नाम मात्र मिस कफी हैन, उनको असर पनि कफीको सरह छ| सुत्न खोजे पनि निदाउन नदिने|

“सुतेको भए रिप्लाई कसरि गर्थिए?” उनलाई सम्झेर, हैन| सोचमा उनि थिइन्, त्यसैले पनि सुत्न सकेको छैन| तर मेरो जहिले सुत्ने समय यहि हो नि| मलाई थाहा छ, हजुरलाई थाहा छ, उनलाई थाहा छैन नि|

“मेरो मेसेज आयो भनेर खुसि हुदै निन्द्राबाट बिउझियौ कि भनेर नि|” उनको मेसेज आयो भनेर खुसि भएको हो म| तर खुसि भन्दा चिन्तित धेरै थिए, उनको मेसेज न आउदा| कहिले थर्काउछिन्, कहिले मिठा बात गर्छिन्, कहिले आफ्नो बयान गर्छिन्, कहिले मेरो मजाक बनाउछिन्, फेरी कहिले गायब पनि हुन्छिन, केटिमा हुनुपर्ने सबै गुण, भगवानले थपी थपी हालेका छन् उनीमा|

“मेसेज हो, सुसू हैन्, निन्द्राबाट बिउझाउनलाइ||” उनलाई उनकै शैलीमा जवाफ दिए|

“कुरा सुन्दा ओछ्यानमा नै सुसू गर्छौ जस्तो छ|” यति मेसेज, अनि जिब्रो निकालेको इमोजी| उनले मेसेजमा यति पठाइन्|

“हैन थागना छ अहिले| मोरीले थागनामा सुताएर गएकी| अहिले सम्म पनि फ्यालेको छैन मैले| काम लाग्दो रैछ|” आफ्नो खिल्ली आफै उडाए| उनले केहि भन्नु अघि, आफैले आफ्नो बिल्ला गर्दा, उनले केहि भन्ने ठाउ नै रहेन|

“छ्या मुतुवा, अहिले सम्म पनि थागनामा|” उनले जिस्काउनलाइ केहि भेट्दिनन् सोचेको थिए तर जवाफ आयो उनको| हासोको सहारा लिएर पन्छिए र जवाफ केहि दिन|

“तिमि कुन बेला सुत्ने?” उनले प्रश्न गरिन्|

“खै, एकछिनमा होला| तिमि नि?” मसंग खास जवाफ केहि थिएन|

“त्यस्तो नि हुन्छ| कुन बेला सुत्ने थाहा नहुने?” उनलाई म मा रुची हो कि मेरो निन्द्रामा?

“म जहिले सुत्दा २ ३ बज्छ|” सत्य बोले|

“के गर्छौ नि त्यति बेला सम्म? साची, गर्लफ्रेन्डसंग बोलेर बस्ने होला|” जब जवाफ आफै दिनु थियो भने, उनले यो प्रश्न किन गरेकी? आफै प्रश्न सोध्ने, आफै जवाफ दिने, उनको चटक पनि बेग्लै स्तरको छ| फेरी मेरो गर्लफ्रेन्ड छैन भनौ कि नाइँ उनलाई?

“गर्लफ्रेन्ड त छैन मेरो|” उनलाई यो जानकारी गराउनु जरुरि थिएन होला तर मनले जे निर्देशन दियो, त्यहि निर्देशन नै पालना गरे|

“गर्लफ्रेन्ड पो छैन होला| आर.जे. मान्छे, गर्लफ्रेन्डहरु होलान् है|”उनको यो मेसेजको जवाफ के दिनु मैले? जवाफ नभएको हैन, थुप्रै जवाफ छन् तर उचित जवाफ कुन होला? एकछिन सोचे,मतलब सोच्न लागे|

“तिमि गर्लफ्रेन्ड बन्ने हो त? बन्ने भए गर्लफ्रेन्डहरु हैन, गर्लफ्रेन्ड चाही हुन्छ|” यति भन्न मन थियो तर हिम्मत आएन| उनले उनको बोइफ्रेन्ड छ भनेको जस्तो लाग्छ तर मानसपटलमा यो पल राम्ररि बसेन छ| त्यो बखतको file corrupt भएछ| मेरो दिमागको उत्पत्ति पनि हुन सक्छ| खै टुंगो नै लागेन, उनले भनेको हो कि मैले मन ग्रंठे कहानी बनाउदै छु मनै मनमा|

“हो नि है| गर्लफ्रेन्ड नि यति भए, सम्हाल्न गाह्रो भइसक्यो| सोच्छु कसैलाई भाडामा दिउ कि| हैन हैन, बरु चुनाबमा उठ्छु| सबैले एक एक भोट हालेपनि जित पक्का हुन्छ मेरो| कहिले काही त झन्, पकेटमा मोबाइल हाल्ने ठाउ पनि हुन्न, पकेटमा नि गर्लफ्रेन्ड नै लिएर हिड्छु|” उपयुक्त लागेको जवाफ तैपी गरेर सेन्ड गरे|

“ओइ, तिमि रिसाएको हो? मैले जिस्किएको मात्र हो|” उनले पठाएको यो मेसेजमा चिन्ता र ग्लानि, दुवै थियो| मेरो अघिको मेसेज सफल भएछ, सहि ठाउमा घोच्न| म रिसाएको त थिन, जिस्किएको मात्र थिए| त्यहि पनि उनलाई चेतना भएछ, म [पनि रिसाउँ सक्छु भनि| सायद उनले यसलाई चेतावनी सोचीन्|

“लौ, किन रिसाउनु| छैन रिसाएको|” मैले चाहेको भए रिसाएको नाटक गर्न सक्थिए तर त्यस्तो गर्नु उचित हुन्थिएन| म जे हैन, त्यो हु भनेर किन देखाउनु| मैले रिसाएको नाटक गर्दा, म माथि हुन्थिए तर सायद हाम्रो सम्बन्ध मुनि जान्थियो| भर्खर सुरु भएको मित्रतामा एउटा ग्लानिमा हुन्थियो अनि अर्को घमण्डमा|

“मेरो बोइफ़्रेन्डको फोन आयो| म गको| good night” सायद आजको यो अन्तिम मेसेज थियो उनले पठाउने| मैले पनि good night लेखि पठाए|

रातसंग बात पनि सकियो| सधै जस्तो अफिस गए, अफिसपछी हिमालयन जावा अनि त्यसपछि रेडियो| कार्यक्रमको पहिलो फोन, चिनेको आवाजले “चिन्नु भयो?” भनि प्रश्न गर्यो|

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts