रातसंग बात पनि सकियो| सधै जस्तो अफिस गए, अफिसपछी हिमालयन जावा अनि त्यसपछि रेडियो| कार्यक्रमको पहिलो फोन, चिनेको आवाजले “चिन्नु भयो?” भनि प्रश्न गर्यो|
कसरि नचिन्नु? मैले मात्र हैन, टेक्निसियन दाइले पनि चिन्नु हुन्छ उनलाई| जिस्किदा जिस्किदै, उनको नाम तुफान राखेका थियौ हामीले| उनि आउने संकेत मात्र आयो भने, भागाभाग हुन्छ| आज के सोध्ने भइन् भनि| उनिसंग बोल्दा, दिमागले धेरै दुख पाउछ| थोरै वाक्क लाग्छ, थोरै रिस उठ्छ, त्यहि पनि बोल्न मजा आउछ| उनले मेरो दृष्टिकोणलाइ प्रश्न गर्छिन्, जसले गर्दा केहि भिन्न तरिकाले सोच्नु पर्छ मैले| उनले मेरो सोचलाई तिखार्दै जान्छिन, र मेरो जवाफ सतिक हुदै जान्छ| त्यसैले पनि उनलाई आवाजले मात्र चिन्न सक्षम छु| टेक्निसियन दाइले मलाई हेर्दै जिस्काउदै थिए|
“चिनिन भन्न खोजे पनि भन्न मिल्दैन| नाम थाहाछैन, तर आवाज याद छ| सन्चै हुनुहुन्छ? ” सजिलै जवाफ दिए, प्रश्न पनि सजिलो थियो|
“धन्न चिन्नु भएछ| म सन्चै छु, हजुर नि?” अचम्म, उनले मेरो प्रश्नको सोझो जवाफ दीइन्| मैले केहि अरु अपेक्षा गरेको थिए| अघि देखि उनको गहन प्रश्नको भेल आउछ भनि तम्तैयार थिए तर अहिले सम्म त्यसको कुनै संकेत पनि आएको छैन| बिपत्तिको लागि पूर्ण रुपमा तैयार थिए तर यहाँ मौसम सफा छ|
“अहिले सम्म सन्चै छु, एकछिन पछिको अहिले भन्न सक्दिन| जे पनि हुन सक्छ|” उनिसंग पहिलो पटक यसरि जिस्किएर बोल्ने मौका मिल्यो| बिषय गहन हुनु अघि जिस्किन पाइयो नि|
“किन नि? एकछिन पछी भूकम्प नै आउने जस्तो कुरा गर्नु भयो त!” हैन यो के हुदै छ| उनि किन यति सजिलो भएकि आज| जब सम्म उनिसंग बोल्दा चुनौती महसुस हुन्थियो, उनिसंगको गफ मिठो लाग्थियो, केहि अर्थ भेत्थिए उनिसंग बोल्दा तर आज उनीसंग बोल्नु र अरु श्रोतासंग बोल्नुमा केहि फरक भेटिन|
“तिम्रो प्रश्नहरु भूकम्पको झट्का भन्दा कहा कम छ र!” उनलाई प्रश्न सोध्न उत्तेजित बनाउदै थिए म| २१ दिनमा जस्तो बानि पनि छाड्न सकिन्छ अनि जस्तो बानि पनि बसाल्न सकिन्छ| यो निकै प्रख्यात भनाइ हो| मलाई भने २ दिनमा नै उनको प्रश्नको बानि लागेको थियो| यस्तो बानि, जहाँ बानि लागेको थाहा भएन, सुरुमा सोच्दा पनि मन नपर्ने, तर पछी अभावमा थाहा हुने, म उनको प्रश्नको दाश भइसकेछु| मेरो अहिलेको स्थितिलाइ चित्रण गर्न चाहनुहुन्छ भने, उनको प्रश्न मेरो लागि चुरोट हो| सुरुका दुइ दिन उनले जबर्दस्ती सल्काउन लगाइन् तर अहिले म आफै उनिसंग चुरोटको खिल्ली माग्दै छु|
“आज सोध्नलाइ कुनै प्रश्न छैन मसंग|” म सपनामा छु हो? के सुन्दै छु? उनीसंग प्रश्न छैन रे! हैन, मैले गलत सुनेको हो कि उनले यहि भनेकी थिइन्|
“अचम्म भयो! मैले झन्डै हजुरको नाम प्रश्न कुमारी राखेको|” जे सोचमा थियो, त्यो शब्दमा परिणत भयो|
“जहिले प्रश्न सोध्नलाइ के हामि कुन बनेगा करोडपति खेल्दै छौ र? आज मैले फोन गर्नुको कारण केहि अरु छ|” उनको यो जवाफले मेरो मनमा खुल्दुली गरायो|
“कारण के हो?” प्रश्न गरे र जवाफ सुन्न आतुर छु तर टेक्निसियन दाइले फोन चाडै सक्याउनु पर्ने इशारा गर्नु भयो| बिज्ञापनको समय भएछ| एक मिनेट भनि इशारा गरे, दाइले केहि भन्न मिलेन|
“कसैलाई संदेश दिनु छ| संदेश के भने, हामी चाडै नै भेट्दै छौ|” उनले यति भनिसकेपछी मेरो मनमा थुप्रै प्रश्न आए| यो संदेश कसको लागि थियो? ,मेरो लागि त हैन नि? चाडै भन्नाले कहिले? अहिले? भोलि? कि कहिले? कहाँ भेट्ने फेरी? सबै सोध्न मन थियो तर समयले उहिले नै साथ् छाडी सकेको थियो| उनलाई प्रश्न गर्न मिलेन, आफैलाई प्रश्न गरे| एकछिन हैन, पुरै कार्यक्रम भरि आफुलाई नै प्रश्न गरे|
मेरै लागि उनले सन्देस छाडेको हो भनि सोच्न मन लागि रहेको थियो| मलाई नै उनि भेट्न खोज्दै छिन भनि म ढुक्क हुन खोज्दै थिए| किन मनले यो सबै सोच्दै छ? कार्यक्रम सकियो| मलाई डर थियो, खै उनि रेडियो स्टेसनमा मलाई पर्खेर मुनि बसेकी त छैनन्? उनले मलाई कसरि चिन्छीन् फेरी? उनिसंग भेट्न मन थियो पनि, अनि थिएन पनि| तर म किन यो सोच्दै छु? त्यो संदेश मेरै लागि हो भन्ने केहि आधार नै छैन| रेडियो स्टेसनबाट बाहिर निक्लिएर बाइक स्टार्ट गर्दै थिए, आवाज आयो पछाडीबाट| कसैले “आर.जे. प्रयास” भन्दै थियो|
पछाडी फर्की हेरे,
