Part 16

“तपाइले मलाई चिन्नु हुन्छ तर हजुरलाइ नाम थाहा नभएको मात्र हो|” जवाफ आयो उनको| जवाफले मलाई चकित बनायो|

हैन यो हुदै के छ? खोजे भने भगवान भेटिन्छन भनि मान्छु म तर आज मैले दुइ जना भेटे| मैले उनीहरुलाइ खोजेको पनि हैन| बरु उनीहरु मलाई खोज्दै आएका थिए| मैले दुवैलाइ चिनेको पनि छैन तर दुबैले मलाई चिन्छन| मैले उनीहरुलाइ देख्नु अघि नै उनीहरुले मलाई देखे| दुवै को हुन्? पहिलोको नाम थाहाछैन, दोस्रोको बारे केहि थाहा छैन| अहिले मेरो छेउमा जो छिन्, के उनि पनि मेरो श्रोता हो? के उनले पनि मलाई भेट्न नै भनेर त्यहाँ आएकी हुन्? किन उनि यहाँ आउनुको कारण केहि अलग छ?

फेरी यो एउटा जीवनमा म धेरै भूमिका निभाउदै छु| उनले मलाई प्रयासको नामले नचिनेर, सुलभको नामले पनि चिनेको हुन सक्छ| जे पनि हुन सक्छ| उनले मलाई चिन्छु त भनिन् तर मेरो कुन पात्रलाइ चिनेकी हुन् उनले? मेरै छेउमा आएर बसेकी थिइन् उनि, त्यो पनि मलाई एकसुरले नियाल्दै थिइन्| के अघिको केटि अनि अहिले को केटि एक अर्कासंग जोडिएका छन्?

कहिँ उनि मिस कफि…? सजिलै आएर मलाई चिन्छु भनि दाबि गरिन्| यति सजिलै मलाई चिन्ने व्यक्तिले, मसंग पहिले पनि भेटिसकेको हुनुपर्छ, जुन थिएन| कि मेरो फोटो देखेको हुनुपर्छ| प्रताप दाइसंग मेरो फोट नहुने कुरा हुन्न| उहाले नै मेरो फोटो मिस कफीलाइ दिएको हुन सक्छ| उनि मिस कफी नै हुन् भनि म लगभग पक्का भए| मैले यस्तो सोच्नुमा कारण छ| रेडियो स्टेसन अगाडी भेट्ने केटीले मलाई त्यहाँ पर्खेर बसेकी थिइन् तर अहिले मेरो छेउमा जो छिन्, उनले मलाई यहाँ पर्खेर बसेकी थिइन्| आर.जे. लाइ रेडियो स्टेसन बाहिर पर्खेर बस्नु स्वाभाविक हो| तर म यहि हुन्छु भनि प्रताप दाइ र टेक्निसियन दाइ बाहेक अरु कसैलाई थाहा छैन| म यहाँ जहिले औअने कुरा मात्र दाइहरुलाइ थाहा छ भने, अहिले मेरो छेउमा रहेको केटि कसरि यहि मलाई पर्खेर बसेकी छिन्? प्रताप दाइले भनेको हुनुपर्छ उनलाई सबै| नत्र सहि समय, सहि स्थानमा पुग्न असंभव छ| उनि मिस कफी नै हुन् भनि अभ कुनै दुइ मत नै छैन|

“मेरो नाम सोच्न लाग्नु भयो कि के हो?” मन मनै उनको परिचय सिर्जना गर्ने क्रममा, सोचमा हराएछु| जब मबाट केहि जवाफ आएन, उनले बार्तालाप अघि लग्न, आफैले प्रश्न गरिन्|

“मिस कफी पो!” आफ्नो अनुमानलाइ जवाफमा परिणत थिए| मैले यति निर्धक्क भएर जवाफ दिए, मानौ मैले नै उनको कुण्डली बनाएको हो|

“मतलब मेरो प्रश्नले हजुरको रातको निन्द्रा गायब बनायो|” उनको जवाफले मलाई दुबिधामा पार्यो| कस्तो प्रश्न? उनले मलाई कहिले त्यस्तो प्रश्न गरिन्, जसले मेरो रातको निन्द्रा गायब भयो? उनि मिस कफी नै हुन् र? Confidence, confusion मा बदलिन केहि समय नलाग्दो रैछ|

“निन्द्रा त्यसको गायब हुन्छ जो सुत्छ…” मैले जवाफ दिदै थिए, वाक्य पुरा पनि हुन पाएको थिएन, उनले वाक्य पुरा गर्न पनि दिन|

“किन हजुर उल्लु हो र, राति नसुत्नलाइ?” मेरो वाक्य पुरा नहुदै उनले हास्दै यति भनिन्|

“राति नसुत्नलाइ उल्लु नै हुनुपर्दैन| कसैलाई सपनाले सुत्न दिदैन, कसैलाई अतितले, कसैलाई जिम्मेवारीले अनि मलाई चाही यो कफीले|” उनलाई जवाफ दिए तर यो जवाफ आफैलाई यति मन पर्यो, आज यो जवाफले मेरो डायरीमा ठाउ पाउछ|

“हजुरबाट यस्तै जवाफको अपेक्षा थियो| बल्ल प्रयाससंग बोलेको महसुस हुदै छ, अघि सम्म निकै खल्लो थियो|” उनको जवाफले फेरी मलाई सोच्न बाध्य बनायो| मैले सक्ने भनेको कि सोध्न हो कि सोच्न| मलाई सोच्न सजिलो लाग्छ, सोच्न लागे|

“कस्तो प्रश्न?” सोचमा फसेर अघि जस्तो जवाफ नदिने भुल गर्नु उचित हुन्थिएन| जवाफ दिए उनलाई| जवाफ त के भन्नु, प्रश्न गरे|

“मतलब हजुरले मलाई अहिले सम्म चिन्नु भएन| म रोजिता|” उनले जवाफ दिन त दीइन् तर उनको जवाफले मेरो सोचलाइ गन्तब्यमा पुर्याउन थोरै पनि सहयोग गरेन|

“को रोजिता?” फेरी प्रश्न गरे| मैले यो नाम पहिलो पटक सुन्दै थिए|

“त्यहि रोजिता, जसले हजुरलाइ प्रोग्राममा फोन गर्छे अनि प्रश्न मात्र सोध्छे तर हजुरको प्रश्नको कुनै जवाफ दिन्न|” तिन छक्क भए| उनि पो? तर उनले मलाई कसरि चिनी? यहि प्रश्न आज मेरो दिमागमा ५ ६ चोटी घुमिसक्यो| प्रश्न हो कि चन्द्रमा, जहिले घुमि रहन|

“तर आवाज निकै भिन्न छ तिम्रो अहिले|” मनमा लागेको भने| रेडियोमा असुने भन्दा, अहिले उनको आवाज निकै भिन्न थियो| आवाज मात्र हैन, बोल्ने शैली नै फरक थियो| लवज फरक थियो र शब्दमा लाग्ने बल फरक थियो|

“त्यो त

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts