Part 15

“हेल्लो|” फेरी पछाडीबाट एउटा आवाज आयो|

“हेल्लो” मात्र सुनेको हो मैले| त्यो हेल्लो जसलाई पनि हुन सक्छ| मेरो नाम लिइएको थिएन| “हेल्लो प्रयास” वा “हेल्लो सुलभ” भनिएको भए, आफ्नो घाटीलाइ ४५ डिग्री घुमाएर, पछाडी हेर्न अनिबार्य हुन्थियो| त्यहाँ हेल्लो संग न कुनै नाम जोडिएको थियो न कुनै सर्बनाम| मुन्टोलाइ अनायसै मिहिनेत गराइन|

आमाले कफि ल्याएर हातमा दिनु भयो| कप धेरै तातो कि त्यस भित्रको कफी, मेरो ओठलाइ छुट्टयाउन गाह्रो पर्यो| ओठ थोरै पोले पनि, स्वाद लिने जिब्रोले सास्ती खेप्नु पर्यो| जिब्रो नमज्जाले पोल्यो| जिब्रो पोलिनुमा गल्ति, न कपको हो, न कफीको| गल्तिको दोषी म आफै हु| मेरो एउटा मूल मंत्र थियो, आमाको पसलमा कफीको कप समात्नु अघि, सबै सोच र निरास्ता छाडेर कप सकात्छु| त्यस्तो गर्न असक्षम भए आज, सोचमा हराएको थिए| जिब्रो पोलिनुको कारण यहि हो| गल्ति गर्नेले सजाय पाउनु स्वाभाविक हो|

कफीको कप छेउमा राखे| चुरोट सल्काउन कुनै रुची नै जागेन| आमाले अघि जे भन्नु भएको थियो, अहिले सम्म मनमा छ ति शब्दहरु| एउटा सानो मगज, कति कुरा खेलाउनु| केहि बेर अघि भेटेको केटि पनि अहिले सम्म मगजमा नै थिइन्|

“आमा, छिटो मिठो के बन्छ?” दिमागमा जति जोर लगाउछु, पेट त्यतिनै कराउन लाग्छ, भोक लाग्यो भनि|

“चना आलु हुन्छ बाबु| चाउचाउ पनि छ|” आमाको बोलि पनि मिठो, अनि उहाको खानाको स्वाद पनि| भर्खर मुख पोलेको, चाउचाउ खाने कुरै हुन्न, आलु चना भने|

आलु चना भन्ने बित्तिकै, मोबाइल चलाउन लागे| एउटा रमाइलो भिडियोमा ब्यस्त भए| यति ब्यस्त कि, छेउमा आएर कोहि बसेको पनि थाहा भएन| मेरो छेउमा कोहि छ| होटेल जस्तो ठाउ, छेउमा कोहि हुनु अस्वभाविक हैन| मोबाइलमा नै ध्यान केन्द्रित गरे| मेरो ध्यान भंग भयो| छेउमा जो थिइन्, उनको अत्तरको सुगन्धले मेरो नाक नगरीमा दखल पुर्यायो| निकै मिठो सुगन्ध थियो, सुगन्धको श्रोत तिर मुन्टो घुमाउन मन थियो तर तस्यो गर्नु उचित लागेन| ध्यान भंग भइहाल्यो, मोबाइलमा चलीरहेको भिडियोमा ध्यान गएन| जबर्जस्ति ध्यान दिन खोज्दै थिए तर मेरो कोशिश विफल भयो|

आमाले आलु चना ल्याईदिनु भयो| ध्यान नभएपछी, आलु चनाको स्वादमा मग्न भए| आलु चनामा सानो सानो चाना पारेर काटेको खुर्सानी र प्याजले स्वादलाइ दोब्बर मिठो बनाएको थियो| छेउमा बसेकि युवतीको अनुहार एक पटक झलास्य हेरेको थिए तर उनले मलाई अप्ठेरोमा पारिन्| अघि देखि बिचार गर्दै छु, उनि एक सुर भएर मलाई हेर्दै थिइन्| उनको आखा म माथि नै थियो| तर किन? के उनले मलाई चिन्छिन्? मेरो अनुहारमा केहि लागेको त छैन नि? कहिँ यो सपना त हैन? फेरी सोचमा बग्न लागे| म कागजको जहाज हु, सोचमा तैरिन खोज्दा, अस्तित्व मेटिएर जान्छ| उनले एक सुरले मलाई हेर्दा निकै अप्ठेरो महसुस गरे मैले|

“तपाइँलाइ नै हेरेको हो मैले| अप्ठेरो नमान्नुस|” उनले अचानक बोलिन्| उनले बुझीछिन्, मलाई अप्ठेरो महसुस भयो भनि| जब थाहा थियो मलाई अप्ठेरो महसुस हुदै छ भनि, किन हेर्नु त्यसरी| फेरी मैले उनलाई चिनेको पनि छैन| अचेल त डर लाग्छ, कहाँ कुन बले prank भनिदिन्छन, थाहा हुन्न| “उ त्यहाँ क्यामेरा छ” भनिदिए पुग्यो’| उनले मलाई एकसुरले हेर्नुको कारण के हो?

“मलाई हेर्नुमा कुनै बिशेष कारण?” मनको प्रश्न उनलाई सोधे|

“कारण छ भने जति पनि हेर्न पाइन्छ हो?” कस्तो प्रश्न गरेकी हो उनले? उनको अनुहार फेरी एक पटक हेरे, कहिँ पहिले भेटेको छु कि भनि तर मेरो दिमागको database मा उनको अनुहार वा स्वर, केहि पनि store भएको थिएन|

“पाइन्छ पाइन्न, म केहि भन्दिन| तर मैले अहिले तपाईलाई यसरि हेरेको भए, सायद मेरो गाला सुनिएर राता हुन्थीए होला र मेरो फोटो सोसल मेडिया भरि भाइरल हुन्थियो| केटि जिस्काउने तक्मा जोडीन्थियो मेरो नाममा|” यथार्थ राखे उनि सामु| म महिला अधिकारको बिरुद्धमा हैन तर यहाँ समानता चाहिएको हो, आरक्षन हैन|

“हेर्नुस्, न् हेर्नुस् भनेको छु मैले? मन लागे, भोलि सम्म नै हेरी राख्नु?” हैन को हुन् उनि? पैसा तिरेर, शरीरको भोक मेट्न जादा त त्यति चाडो लुगा खुल्दैन, जुन गतिमा उनि मअसंग खुल्दै छिन्| के उनको दिमागी हालत ठिक छ नि? कहिँ उनि परजुना त हैन? परजुनाको बारेमा सुनेको छु तर देखेको छैन| तर त्यो कथा काल्पनिक भनेर सुनेको थिए, त्यसको पात्र पनि काल्पनिक नै हुनु पर्ने हो अनि म अहिले बास्तबिकतामा थिए|

“मेरो प्रश्नको जवाफ सिधा शब्दमा दिनुस्, नत्र म यहाँबाट उठेर जान बाध्य हुनेछु|” रुखो भए, जिस्किनु थिएन मलाई|

“तपाइले मलाई चिन्नु हुन्छ तर…

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts