“त्यो त भन्दिन म|” उनको यो जवाफ पछी, बल्ल मनले बिस्वास गर्न खोज्यो, उनि साचिकै त्यहि केटि हुन्, जसले रेडियोमा फोन गर्दै मेरो दिमागलाइ धेरै मिहिनेत गराउछिन्| उनको आवाज वा बोल्ने शैलीले हैन, उनको यो भन्दिन भन्ने बानिले पक्का भएको म| फोनमा पनि जे कुरा नि भन्दिन नै भन्ने उनि, अहिले पनि बानि बेहोरा त्यस्तै छ| हैन, सोधेको प्रश्नको जवाफ दिन पैसा लाग्छ र? त्यस्तो हुने भए, म अहिले कचौरा लिएर माग्न बस्नु पर्थियो|
“तिम्रो नाम रोजिता हैन, भन्दिन हुनु पर्ने! जे सोध्दा पनि भन्दिन|” आफ्नो कुण्ठा पोखे उनि सामु| उनीमा भर पर्छ, मेरो निराशालाइ उनले कसरि सम्हाल्छिन|
“अनि किन भन्नु? सबै भन्नु पर्छ र?” फोन गर्दा पनि केहि नभन्ने, भेट्दा पनि केहि नभन्ने| त्यसो भए किन फोन गर्नु, किन भेट्नु| नमुना नमुना मान्छे भेट्छु मैले पनि|
“सब रे? अहिले सम्म के भनेको छौ? जे पनि भन्दिन नै भन्छु|” थोरै रुखो हुदै जवाफ दिए|
“कफी पिउनु, सेलाउछ|” निकै सरल जवाफ आयो उनिबाट| उनले मेरो प्रश्नबाट बच्न खोजेको हो कि मेरो प्रश्नलाइ बेवास्ता गरेकी? बिचरा मेरो प्रश्नले न्याय पाएन, हेला भयो यस माथि| यसरि मेरो प्रश्नलाइ बेवास्ता गरिन्, जसरि ऋणीले साउको फोनलाइ बेवास्ता गर्छ, जसरि भगवानले मेरो गुहारलाइ बेवास्ता गर्नु हुन्छ, जसरि नेताले जनताको माग बेवास्ता गर्छ, जसरि मैले आफ्नो बर्तमानलाइ बेवास्ता गर्दै छु|
“कफी चिसिए पनि पिउन मिल्छ तर सम्बन्ध चिसिए भने बेकार हुन्छ| दुवै चिसिन समय लाग्दैन|” मेरो धैर्यताले झ्यालबाट हामफालेर आत्महत्या गर्यो| थोरै निराश र रिसको भावमा जवाफ दिए|
“रिसाउनु भएको? जिस्किएको के म| जे मन छ सोध्नु, i will answer all of them|” बल्ल उनि र म बराबर भयौ| अघि सम्म जब म नम्र थिए, उनले मेरो प्रश्न छल्दै थिइन्| जब रुखो भए, तब अटल भए र उनि बाध भइन्, मेरो सामु झुक्नलाइ|
“तिम्रो आवाज किन बेग्लै? रेडियोमा अर्कै थियो अहिले अर्कै|” रुखो स्वरमा नै प्रश्न सोधे| त्यति मिहिनेत गरेर रुखो भएको थिए, थोरै पनि नम्र भएभने, सबै खेर जान्थियो| खैर, अब उनिबाट मैले चाहेको जवाफ आउछ| गलत भने मैले, मैले चाहेको हैन, सत्य जवाफ आउछ|
“म सुरुबाट सुरु गर्छु है| एकदिन घरमा लाइन थिएन| बिहान गएको लाइन, बेलुका सम्म पनि आएन| चार्ज नसकिदा सम्म मोबाइल चलाएर बसे| मोबाइलको चार्ज सकियो, ल्यापटप चलाउन लागे| it was around 8:30, खाना खाएर छतमा बस्दै थिए| १२ बजे यता कहिले निन्द्रा नलाग्ने मलाई, त्यो दिन गर्ने केहि पाइन| मोबाइल ल्यापटपमा चार्ज छैन| गित सुन्न पनि नमिल्ने| कोठा गए वाक्क भएर| गर्ने केहि नभएपछी, झ्यालमा बसेर गित गुनगुनाउन लागे| आख स्पिकरमा गयो| तर स्पिकरको के काम, मोबाइलमा चार्ज छैन कनेक्ट गर्नलाइ| बरु दिउसो wifi नचलाएको भए, अहिले गित सुन्न त हुन्थियो| स्पिकरमा एफ.एम.. छ भनेको जस्तो लाग्थियो| नभन्दै एकछिन चलाएपछी, fm बज्यो र एउटा सुमधुर गित बज्यो| स्पिकरको आवाज सबै भन्दा कम जति हुन्छ, त्यति बनाए| चार्ज बचाउनु थियो| गित पछी समाचार भयो| दिउसो भरि बुवाबाट गाउ छिमेकको समाचार सुन्दा सुन्दा वाक्क भएको, fm बाट यहि torture सहन सकिन र अर्को च्यानेल लगाए| च्यानेल नै भन्छ है? खै, जे भनोस्| मिलाएर बुझ्नु है|
Channel चेन्ज गर्दै थिए, सबैमा समाचार बज्दै थियो| मैले नजानेको हो कि के थाहापाइन| त्यतिकैमा हजुरको आवाजले मेरो attention तान्यो| “अब को एक घण्टा रेडियो छुन मिल्दैन हजुरहरुले| अबको एक घण्टा, मसंग|” यस्तै केहि भन्दै हुनुहुन्थियो हजुर| हजुरको त्यति स्वर सुनेपछी attract भए हजुर तिर| साचिकै एक घण्टा नै हजुरप्रोग्राम सुनेर बसे| लगभग हफ्ता दिन यसरि नै चल्यो| हजुरको बोल्ने शैली, हजुरको स्वर, एकछिन मै हसाउने, एकछिन मै संसार भारको पिडाको कुरा गर्ने, हजुरको fan भए म| हजुर जतिको intellectual मान्छे देखेको थिन मैले|
हजुरसंग जोडिन मन लाग्यो| सबै तिर खोजे, कहिँ भेटिन| हजुरको फेसबुक आइडी खोज्ने प्रयास यति गरे, हाहा| हजुरसंग जोडिने एउटा मात्र माध्यम, हजुरलाइ हजुर कै प्रोग्राममा फोन गर्ने| डर लाग्यो, हिम्मत नै आएन फोन गर्ने| डर भन्दा पनि अप्ठेरो लागेको थियो| then i came up with an idea. हाम्रो घर मुनि एउटा बहिनि बस्छिन भाडामा| we are like best friend, we share each and everything| उनलाई फोन गर्न लगाए| फेरी फोन लाग्न कस्तो गाह्रो, भाग्य चाहिने| ४ वटा नम्बरबाट फोन गर्थियौ एकै पटक| धन्न फोन लाग्यो|
हजुरलाइ के सोध्ने भनि, हजुरसंग के बोल्ने भनि, सबै सिकाए मैले बहिनिलाइ| त्यो three idiots मा भन्छ नि “बोल वो रहे है पर शब्द हमारे है”| बोल्दै बहिनि थिइन्, तर शब्द मेरो थियो| यसरि हजुरसंग कुरा हुन लाग्यो| मैले नबोले पनि, मेरो मनले बोल्दै थियो हजुरसंग| अरु केहि प्रश्न छ?” उनले सारांस दिईन् मलाई| बल्ल उनिबाट चित्त बुझ्ने जवाफ पाए|
“मतलब तिमिले मेरो कार्यक्रम सुन्न लागेको भर्खर हो?” अर्को प्रश्न गरे|
“हैन, ६ महिना हुन लाग्यो| यसको पनि अर्कै कहानी छ|” उनले अघि जे जे भनिन्, मुस्किलले हफ्ता दिनको अन्तरालमा सबै सकिएको हुनुपर्छ सोचेको तर उनको जवाफ सुन्दा अचम्मित भए| अनि यसमा अर्को कहानी के छ?
“के कहानी?” फेरी प्रश्न गरे|
“नम्वर…
