Part 18

“मतलब तिमिले मेरो कार्यक्रम सुन्न लागेको भर्खर हो?” अर्को प्रश्न गरे|

“हैन, ६ महिना हुन लाग्यो| यसको पनि अर्कै कहानी छ|” उनले अघि जे जे भनिन्, मुस्किलले हफ्ता दिनको अन्तरालमा सबै सकिएको हुनुपर्छ सोचेको तर उनको जवाफ सुन्दा अचम्मित भए| अनि यसमा अर्को कहानी के छ?

“के कहानी?” फेरी प्रश्न गरे|

“नम्वर खोज्न गाह्रो भएन| नम्बर जहिले हजुरले प्रोग्राममा नै भन्नु हुन्छ| नम्बर भेटे, फोन गर्न डर लाग्यो भनि मैले अघि नै भने| तर फोन मात्र गरेर के गर्नु? म झुठ बोल्दिन, कुरा लुकाउन्न, मलाई हजुर मन पर्नु हुन्छ| मैले यो सबै किन भन्दै छु मलाइ नि थाहा छैन तर मेरो मनमा के छ हजुरलाइ अहिले भन्दिन खोजेको| मलाई हजुर मन पर्नु भयो तर मन परेको सबै पाइन्छ भन्ने छ र? ल पाइयो रे, तर मन परेको सबै चाहिने नहुन नि सक्छ? ल चाहिने होला , अनि पाइयो पनि, तर के उचित होला जे मैले चाहेको छु? यहि नै सोच्न लागे|

सुरु भयो मिसन प्रयास| wanted to meet you and हजुरसंग नजिक हुन मन थियो| यो सबै हुनु मनको प्रश्नको जवाफ खोज्न मन थियो| हजुरलाइ फेसबुकमा खोजे| तर कहिँ भेटिन| फेसबुक मात्र हो र, सबै social media मा हेरे खोजे तर कहिँ हुनुहुन्थिएन हजुर| हजुरको account नै नभएको, कि हजुरले लुकाएको, त्यो हजुरले पछी भन्नु होला तर मैले भेटिन| एक घण्टा हैन, एक दिन हैन, एक हफ्ता हैन, एक महिना नै हजुरलाइ social मेडियामा खोज्दै गयो| यहाँ सम्म गरेकी, रेडियोको फेसबुक पेजमा गएर, त्यहाँ लाइक कमेन्ट गर्ने सबैको प्रोफाइल पनि हेरे| कति पटक त लाइक कमेन्ट गर्ने मान्छेको फोटोमा लाइक कमेन्ट गर्ने मान्छेको पनि प्रोफाइल हेरे| हजुरलाइ भेटिन| हुन त हजुर हराउनु भएकै हैन, मैले हजुरको सहि स्थान थाहा नभएको| social mediaबाट केहि प्रगति नभएपछी, आश मर्यो र हजुरको कार्यक्रम सुनेर मात्र बस्ने गरेको थिए|

कति पटक फोन गर्न खोजेको पनि हो तर घन्टी जान नपाउदै फोन काट्ने मैले| फोन गरेर के भन्नु मैले? हजुरलाइ फोन गर्ने कति धेरै हुन्छन? मलाई अरु जस्तै श्रोता हुनु थिएन, लाखौमा एक हुनु थियो जसलाई हजुरले notice गर्नु होस्| जब हजुरको खास हुनु थियो, त्यसै फोन गर्न मनले दिएन| त्यसैले हजुरको प्रोग्राम नै सुनेर बसे फेरी कति दिन| हजुरसंग नजिकिने इच्छा पर हुदै गयो| केहि त उपाय होला नि भनि सोच्न लागे| उपाय भन्दा नि, i though of something|

नजिकिएर पछी मान्छे मन नपरेर फेरी पर हुनु भन्दा पहिले, हजुरलाइ बुझ्छु अनि हजुरको बारे जान्छु भनि सोचे| हजुरसंग नजिकिनु अघि, हजुरलाइ कसरि चिन्नु अनि हजुरको बारे कसरि थाहा पाउनु? गाह्रो काम हो तर यसको उपाय छ मसंग| सधै जस्तो हजुरको रेडियो स्टेसन अगाडी पुग्न लागे, बेलुका हजुरको कार्यक्रम सकिनु अघि| कारण हजुरलाइ चिन्न| हजुरको कार्यक्रम सकिएको केहि बेरमा को को निक्लिन्छ, त्यस मध्ये एक जना must be you भनि पक्का थिए| एक जना हैन, धेरै मान्छे निक्लिने रैछन त्यो समयमा| हजुरलाइ एकदिन मै चिन्न कहाँ सकिन्छ र, समय लाग्ने पक्का थियो| फेरी मान्छेको चरित्र हैन अनुहार चिन्न भनेको| सबै मिलाएर बुझ्नु है| हजुरको चरित्र नियाल्ने second phase मा हो|

एक दिन, दुइ दिन, कति दिन याद छैन| तर साझमा मात्र हैन, कति दिन बिहान बाटै पनि रेडियो स्टेसन अगाडी बस्न लागे| धेरै दिनको प्रयास पछी, ३ जना मध्य, एक जना तपाइँ हो भन्ने पक्का भए| ३ जना पछी, शंख्या घटेर दुइमा आयो| अब दुइ जना मध्य हजुर कुन भनि छुत्त्याउन मुस्किल पर्यो| जहिले कार्यक्रम सकेर, बाइकमा दुइ जना निक्लिने, त्यो दुइ जना मध्य एक जना हजुर हो भनि पक्का भए तर दुइ जना मध्य हजुर कुन भनि छुट्याउन सजिलो थिएन| फेरी दुइ जना मध्य एक जना दिउसो नै रेडियो स्टेसन पुग्ने अनि एक जना कार्यक्रम सुरु हुनु भन्दा केहि समय अगाडी| यहाँबाट i could guess, कार्यक्रम सुरु हुनु केहि समय अगाडी आउने मान्छे नै तपाइँ हो| guess गरेर हुन्न, i need to be sure.

त्यसैले हजुरको पिछा गर्न थाले| यदि हजुर हो भने, हजुरको पिछा गर्नु ठिक हो| यदि हजुर होइन भने पनि मेरो प्रयास खेर जादैन| यदि त्यो मान्छे हजुर हैन भने, अर्को मान्छे हजुर हो नि| म के बोल्दै छु भएको छ है? तर यहि नै सत्यता हो| त्यो दिन हजुरहरुको पिछा गर्दै, एयरपोर्ट पुगे अनि हजुरको घर अगाडी| हजुरहरु जहिले यहि नै गर्ने हुने रैछ| पहिले दाइलाइ हस्पिटल अगाडी छाडेर, आफु कफी पिउन यहाँ आउनु हुने रैछ| यहि हुदा पक्का भए कि प्रयास हजुर नै हो भनि| हजुर आमासंग बोल्दा, हजुरको आवाजले चिने मैले हजुरलाइ| हजुरको अनुहार चिने, अब हजुरलाइ चिन्ने पालो| दुइटा उपाय छ यसको पनि| कि हजुरसंग बोलेर, हजुरलाइ चिन्ने कि हजुरलाइ observe गरि हजुरलाई चिन्ने| मैले दोस्रो उपाय रोजे| दोस्रो तरिका time consuming थियो तर त्यहि उपाय उचित लाग्यो|

त्यसैले बिहान हुन नपाइ हजुरको घर पुगे| त्यहाँ कोहि संग हजुरको बारे बुझ्न मन थियो तर कसैलाई केहि थाहा होला जस्तो लागेन| बिहान निक्लिएको मान्छे हजुर, राति मात्र घर आउने| मुख सुक्यो मेरो, थाके पनि|” चुप भइन् उनि| हुन पनि हो, अघि देखि उनि बोलेको बोलेई छिन्| पानिको बोतललाइ ओठ सम्म लगिन्, अनि ओठ र घाटीको सिंचाई गरिन्|

“बाकि भोलि भन्छु है| आज अबेला पनि भयो|” उनले यति भन्दा नाइँ भन्न नमिल्ने| उनको कथामा चाख लाग्दै थियो तर त्यो मैले दर्शाउन चाहिन| इच्छा र स्तन उस्तै हो, जति दबाइन्छ त्यति उत्तेजना बढ्दै जान्छ| उत्तेजना, सत्यलाइ नंगाउने अनि सत्य भित्र भिज्ने| त्यहि नै भयो| इच्छा दबाए तर….

इच्छा दबाए, तर कति बेरको लागि| उनि हिड्नु अगाडी, “नम्बर देउ न त| फोनमा सुनाउनु बाकि|” भनि हाले|

“नाइँ , दिन्न,|” उनको यस्तो जवाफको अपेक्षा गरेको थिइन् मैले| नसोचेको जवाफले अवाक भए म|

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts