“हजुरलाइ एकदम हावा लाग्न सक्छ तर नहास्नु है| आज मलाई पुर्याइदिने साथीको नाम अमृता हो| हाम्रो लभ परेको धेरै भएको छैन….|” मिस कफीले यति भनेकी मात्र के थिइन्, म अवाक| उनलाई केहि थप बोल्न नदिएर म आफै बोले|
“तिमी लेस्बियन हो?” केटिसंग लभ परेको भनेपछि, पक्कै पनि उनि तेस्रो लिंगी हो तर उनले बोइफ़्रेन्ड छ भनेको थिइन्| म झन् धेरै अल्झनमा परे|
“ह्या हैन के! कस्तो होला| जे पायो त्यहि| पहिले पुरै कुरा सुन्नु मेरो| मेरो अनि अंकितको लभ परेको धेरै भएको छैन| ६ ७ महिना भयो| अमृताको बर्थडे थियो शनिबार| अरु दिन भएको भए कलेजबाट नै कहिँ जान्थियौ तर शनिबार भएर दिउसो सबै मैतिदेबी भेट्ने प्लान बन्यो| मैतिदेबी भनेपछी, पेप्सीकोलाबाट दुइ वटा गाडी| सुरुमा गौशाला पुगे अनि त्यहाँबाट टेम्पु चढे| मैतिदेबी पुग्नुको सबै भन्दा ठुलो झन्झट नै यहि हो| दिउसोको समय, टेम्पुमा मान्छे धेरै थिएनन्| मसंगै एउटा केटा पनि चढ्यो|
हातमा हेल्मेट थियो उसको| पुरै कुनै पार्टीमा जान लागेको जस्तो थियो| हेल्मेट लिएर चढेको मतलब बाइक बिग्रिएको होला या कहिँ बाइक लिन जादैथियो| हजुरको पनि बाइक रैछ| हजुरलाइ पनि थाहा नहोला| मान्नुस हजुरलाइ मैतिदेबी ओर्लिनु छ भने, हजुरले भाडा ओर्लिने बेलामा दिएपनि हुन्छ यदि हजुरसंग खुजुरा पैसा छ भने| तर छैन भने, अलि अगाडी नै भाडा दिनुपर्छ| टेम्पोको दिलाइ फिर्ता पैसा दिन सजिलो हुन्छ| नत्र ट्राफिकले धेरै बेर टेम्पो रोक्न पनि दिदैन फेरी|
अंकित पहिलो पटक चढ्दै थियो सायद टेम्पुमा| मैतिदेबी झर्ने बेलामा पैसा दियो टेम्पुको दिदिलाई| झर्ने बेला त्यो पनि १००० को नोट, दिदिलाइ धौ धौ पर्यो| दिदि रिसाउनु पनि भयो| एकछिन चर्काचर्की जस्तै भयो| जाबो १५ रुपैयाको कुरा लिएर नैतिकता, बिबेक र औकात सम्मको कुरामा पुग्यो| मैले नै अंकितको पैसा पनि तिरिदिए| उसले thank you भन्यो र कफीको अफर दियो| नाइँ नै भने| सबै साथिहरु पुगीसकेका थिए, कहाँ कफी पिउन जानु| त्यो पनि नचिनेको मान्छेसंग| अमृताको घर पुगे|
एकछिन ढिला पुगेको, मैले मान्छे नै मारे जस्तो गरे| सबै साथि मिलेर भुत घर गयौ| भोक लागेपछि क्लासिक म:म: पुगियो| जमलबाट सबै छुट्टिने भनेको कसैले मानेनन्| जमलबाट भएको भए एउटा गाडीमा घर पुग्थिए| अरु दिन भएको भए अमृताले नै सिनामंगलसम्म पुर्याईदिन्थी तर आज त्यसको बर्थडे, दुइटा गाडी नै गर्नु पर्ने भयो|
साझको बेला, मैतीदेवी चौकमा टेम्पु पर्खिएर बसेको थिए| टेम्पु कुनै पनि खालि थिएन| एउटा बाइक टक्क आएर अगाडी रोकियो| त्यहि दिउसो टेम्पुको केटा (अंकित)| उसले हेल्मेटको सिसा माथि लगेपछी थाहापाए| कहाँ जान लागेको सबै सोध्यो उसले| “आउ बस, म पुर्याइदिन्छु|”” भन्यो| सुरुमा नाइँ भने तर उ पनि काडाघारी बस्ने रैछ| बाटो उही, उसको बाइकमा बसे| उसले पुर्याइदियो| बाटोमा थोरै गफ| “के गर्छौ, कहाँबाट” सबै सोध्यो उसले| मैले जवाफ दिएर फेरी उसलाई पनि त्यहि प्रश्न सोधे|
नभन्दै उसको बाइक बिग्रिएको रैछ बिहान| उसको दिल्लीबजारमा aquarium पसल रैछ| बिहान गौशालाबाट client लाइ भेटेर फर्किदा, बाइक बिग्रिएछ| यसरी बिहान टेम्पोमा भेट भएको रैछ| केहि दिन पछी फेरी उसले मलाई पेप्सीकोलामा देख्यो बिहानै| मलाई कलेजसम्म पुर्याईदियो| त्यो दिन नम्बर एक्सेन्ज भयो| अब बाकि के भनौ| बोल्दै गयौ, नजिकिदै गयौ| माया गर्छ मलाई, लभ पनि पर्यो|” आयुस्माले आफ्नो लभ स्टोरीको आरम्भ कसरि भयो, सबै बताइन् मलाई| थोरै पहिले पनि भनेकी थिइन् उनले तर आज बिस्तृत रुपमा थाहा पाए| मान्छे कसरि कहाँ भेट्छन् अनि सम्बन्ध सुरुवात हुन्छ, अचम्म है|
“Destiny यसलाई नै भन्छन होला है|” केहि प्रतिक्रिया दिनु पर्ने थियो मैले, यति भने|
“अब हजुरको पालि, भन्नु|” उनले यस्तै केहि भन्छिन् थाहा थियो मलाई| हुदै नभएको लभ स्टोरी कसरि सुनाउनु मैले? गफ के लगाउनु, फेरी पछीलाइ गाह्रो हुने| गर्लफ्रेन्ड नभएको बताए|
“त्यसो भए कसम खानु एउटा|” अब उनले कस्तो बाचाको बन्धि बनाउन खोजेकी हुन् मलाई|
“नाइँ, अहिले भर्खर म:म: खाएको, पेटमा ठाउ छैन|” बच्न खोजे कुनै पनि बाचा कसमबाट|
“त्यस्तो भनेर बच्न कहा पाइन्छ| हजुरले अब गर्लफ्रेन्ड बनाए भने, सुरुमा मलाई भन्नु पर्छ|” मैले उनको कसममा सहमति जनाएकै थिएन, उनले बाचा के हो भनि हालिन्| हुन्छ भन्न कर लाग्यो| त्यस्तो गाह्रो बाचा पनि हैन| बाधको सिंग ल्याउनु पर्ने थिएन, गोरुको दुध ल्याउनु पर्ने थिएन| फेरी बाचा कसम कस्तो हुन्छ भने| सधै संगै बाच्ने कसम खाएको व्यक्ति आफुसंग नभएपनि, त्यो कसम सधै भरि आफुभित्र रहन्छ| त्यहि कसमको लागि जिउछन् कोहि अनि कोहि… भयो यहाँ अरुको चरित्र हत्या गर्न जरुरि छैन|
घण्टाको सुइले चार छोईसकेको थियो| बाहिर उज्यालो छ कि अध्यारो केहि थाहा हुन्न यो क्याफेमा बस्दा| गफ सकिएको छैन, चुरोट ८ खिल्ली, कफी 5 कप, एउटा फेन्टा, एक प्लेट म:म:, सिजलर एक प्लेट अनि चार वटा ससेज सकिएछ|
“Black चुरोट पाइन्छ यहाँ?” अनेप्क्षित प्रश्न गरिन् उनले| उनले बेला मौकामा black चुरोट तान्ने रैछिन्| सुरुमा उनले यहि नै भनेकी थिइन् तर झुठ बोलेकी रैछिन्| म जस्तै उनि पनि चुरोटे रैछिन् तर black पर्ने रैछ उनको रोजाईमा| उनलाई नराम्रो भनेर होच्याएको हैन, तर … black चुरोट नपाएपछी उनलाई सूर्या लाइट सल्काउन दिए| सुरुमा नाइँ भनेपनि उनले चुरोट भने सल्काइन्| दुइ सर्को तानेपछि, उनलाई चित्त बुझेन र अन्तिममा पान हुक्का मगाइयो|
“फेरी मेरो बोइफ़्रेन्डलाइ थाहा छैन, अनि घरमा पनि|” उनले यो जानकारी मलाई दिनुको कारण उनलाई नै थाहा हो, सायद जरुरि थिएन मलाई यो जानकारी दिन| घरमा त मेरो पनि थाहा छैन कि छोराले चुरोट पिउछ भनि| घरमा भन्ने कुरा नै हैन| बोइफ्रेन्डलाइ नभन्नुको कारण चाही के रैछ| पक्कै पनि गालि गर्छ भनेर होला या बोइफ्रेन्डलाइ चुरोट मन पर्दैन| खैर, यो मेरो सरोकारको बिषय हैन, कमसेकम अहिले लाइ|
उनको फोन बज्यो| “मान्छे” लेखिएको थियो स्क्रिनमा| मान्छे भनेर नाम सेभ कसले गर्छ के| कसैले कसको फोन आयो भन्दा के भन्नु? “मान्छे को फोन आयो|” यहि भन्नु हो? सोध्ने मान्छेले के सोच्छ? अचम्मको नाम लाग्यो मान्छे|
“अमृताकोमा छु|” उनले पहिलो झुठ बोलिन्| थाहा छैन उनि कोसँग बोल्दै छिन् तर उनले यसरि झुठ किन बोलेकी? यो पहिलो झुठ थियो| त्यसपछि अझै दुइ तिन झुठ समाते मैले उनको| फोन राखिन् उनले|
“हजुरलाई
