“Huh?” लेखि पठाए| यस्तो मेसेज कसले लेख्छ के? “नबुझेपछी, “मैले बुझिन, के भनेको?” भनि सोध्नु पर्ने हो| मेरो बोल्ने सोमत हाराउदै छ अचेल| आयुस्माको रिप्लाई आयो फेरी|
“फोन उठाउन मिल्दैन, यहि रिप्लाई गर्नु|” आयुस्माको रिप्लाई आयो| मेसेज पठाउने बित्तिकै झुक्किएर कल बटन थिचिएको थियो| हरियो बटन थिचिने बित्तिकै रातो बटन थिचे भनि आफुलाइ स्याबासी दिएको पनि थिए तर उता घन्टी बज्न भ्याईसकेछ|
“कहाँ छौ र?” उनलाई प्रश्न गरे| उनले अघि लेखेको “coffee date?” को अर्थ बल्ल बुझे, त्यसैले प्रश्न बदलिए मैले| जाबो दुइ शब्दको अर्थ बुझ्न नसक्ने मेरो दिमाग पनि कस्तो होला| कफी मतलब पिउने कफी, date मतलब भेट्नु| कफीको बहानाले भेट्ने हो सोधेकी हो उनले|
“कलेजमा, हजुरले भ्याउनुहुन्छ?” उनको रिप्लाई आयो| आज अफिस बिदा, नभ्याउने कुनै कारण नै देखिन| तर उनले केहि बिर्सिन् जस्तो लाग्यो| हामि भर्खर भर्खर बोल्न लागेका साथि हौ| मलाई उनको नाम थाहा छ, अनि उनको बारे थोरै मात्र थाहा छ| उनि कुन कलेजमा पढ्छिन, के पढ्छिन, उनको कलेजको नाम के हो, ठेगाना के हो, मलाई यो केहि थाहा छैन| उनले आफै सम्झिनु पर्ने हो यो त|
“तिम्रो कलेज कहाँ छ?” मजबुर भएर सोधे उनलाई| मेसेजको अन्तिममा जिब्रो निकालेको एमोजी राख्न भने छुटाईन|
“Ascol” उनको रिप्लाई हेर्दा टाउको फुटाउन मन लाग्यो, उनको टाउको| के लेखेर पठाएको? ठाउको नाम भनौ भने अहिले सम्म सुनेको छैन, कलेजको नाम भनौ भने कस्तो अचम्मको नाम| गुगल दाइलाइ दुख दिनु नै पर्यो| गुगलमा जे देखे, त्यसपछी आफ्नो टाउको फुटाउन मन लाग्यो| अमृत साइन्स कलेज भनेकी रैछिन्| नाम सुनेको कलेज हो, Ascol भन्छ भनेर पनि थाहा थियो तर दिमागले यहि बेला सोच्न बन्द गर्छ भनि मलाई के थाहा|
समय सोधे उनलाई| १ बजे बिदा हुने जवाफ आयो| भेट्ने स्थान सोधे| जहाँ भेटे पनि हुन्छ भनि जवाफ आयो| खाना खान जादा “जे भए पनि हुन्छ|”, कहाँ भेट्ने भन्दा “जहाँ भेटे पनि हुन्छ”, के भयो भनि सोध्दा “केहि हैन|” यो तिन वाक्य देखि निकै गुनासो छ मेरो| यो वाक्यले सहज हैन मुस्किल बनाएको हुन्छ परिस्थिति| चाहबेल र सोर्हखुत्ते, दुवै ठाउबाट नजिक हुने स्थान रोजियो| मैतिदेबी भेट्ने निधो गरियो| कारण, उनको साथीले उनलाई त्यहाँसम्म स्कुटरमा पुर्याईदिन्छ| त्यहाँबाट मैले उनलाई सिनामंगल सम्म पुर्याईदिए भने, उनले पेप्सीकोलाको गाडी पाउने छिन्| १:३० मा भेट्ने पक्का भयो|
मैतीदेवीको “८०’s क्याफेमा” पुगे करिब १:१५ मा| “80’s cafe” लेखि उनलाई मेसेज गरे| यो क्याफेमा मलाई मन पर्ने अनि मन नपर्ने, दुवै पक्ष छन्| मन पर्नुको कारण, शान्त माहोल संगै एकान्त जस्तो लाग्छ| थोरै अध्यारो, सानो आवाजमा गित बजेको हुन्छ अनि वरिपरी पेंटिंग र अरु कलाहरु छन| मन नपर्नुको एक मात्र कारण भनेको महँगो छ| निकै महँगो त हैन तर सामान्य भन्दा भाउ धेरै नै छ| त्यसमा 10% सर्भिस चार्ज र १३% vat जोडेपछी, काठमाण्डौमा घर आउछ कि जस्तो लाग्ने| एउटा चुरोट र एक कप कफी सक्याईसकेको थिए, अर्को चुरोट बाल्ने तरखरमा थिए, कसैले धन्यबाद भन्यो|
मासु नभएको, हड्डी र छालाले मात्र बनेको ज्यान| उचाई मुस्किलले 5 फित 5 इन्च| घाटी भन्दा थोरै माथि र कानबाट थोरै मुनि, उनको कपालको लम्बाई त्यहि कतै बिचसमको थियो| आखाँमा गोलो चस्मा जसले उनको आखा भन्दा, गालाको धेरै भाग छोपेको थियो| निधारमा गाजलको कालो टिका, गालामा एउटा पिम्पल, ओठको दाया तर्फ एउटा कोठी अनि फैलिएको निधार| यस्तै थियो उनको ढांचा| खै कस्तो केटि हो नसोच्नु| मलाई बिस्वास गर्नुस्, बिस्वास लागेन भने म कसम खाएर भन्छु, आफ्नै जीवन पनि दाउमा राख्न तैयार छु, निकै राम्री देखिएकी थिइन् उनि| निकै नै राम्री| भन्दा भन्दै धेरै बोले जस्तो हुन्छ तर अहिले सम्म भेटेको राम्री केटिहरु मध्य, उनि एक हुन्| त्यति राम्री र सुन्दर देखिएको थियो उनलाई|
“किन धन्यबाद?” उनको प्रशंशा गर्न नमिल्ने उनको अगाडी, त्यसैले प्रश्न गरे|
“हजुरले गर्दा मैले धेरै अक्सिजन लिन पाएकी छु|” उनले मेरो चुरोट तान्ने बानिलाइ सटायर हानेर बार्तालापको सुरुवात गरिन्|
“धन्न तिमीले चाही मेरो योगदान बुझेउ र यसको सम्मान गरेउ|” हासी हासी स्वीकारे उनको त्यो धब्य्बादलाइ या भनौ मजाकलाइ|
“कसरी चिनेउ?” लगतै प्रश्न गरे|
“टेबुलमा espresso को खालि कप, चुरोटको चिहान, के नै गाह्रो छ र हजुरलाइ चिन्न|” उनको यो सटिक बयानले मलाई सोच्न बाध्य बनायो| के मेरो परिचय यहि हो त? कसैले कसरि चिन्नु हजुरलाइ भन्दा, “रित्तिएकोको espresso कपको छेउमा चुरोटको चिहान, अनि त्यसको मलामी म| यहि हो मेरो परिचय, यसरि चिनिन्छ मलाई|” भनिदिए पुग्छ होला|
“है, मैले त चिन्न सक्थिन तिमीलाई|” मसंग भएको जवाफ दिए|
“असली हिरालाइ कहाँ सबैले चिन्न सक्छन र!” उनले यसरि नै जवाफ दिन लागिन् भने, केहि समय पछी, मसंग शब्दको हाहाकार हुने निश्चित छ|
नचाहेर पनि उनलाई हेर्दै थिए म र चाहेर पनि उनलाई लुकी लुकी हेर्नबाट आफुलाइ रोक्न सकीरहेको थिन| उनीमा के खास छ भनि थाहा छैन सायद उनि नै खास छिन्| सुरु भयो गफ अनि सुरु भयो यात्रा, एक अर्कालाइ चिन्ने यात्रा| उनले कलेजको एक एक सबै बताएपछी, आफ्नो लभ स्टोरी सुनाउन लागिन्|
“हजुरलाइ एकदम हावा लाग्न सक्छ तर नहास्नु है…
