सुत्ने राखरमा थिए नै, मेसेज आयो| मोबाइल चार्जमा अठियो, उठेर मोबाइल ल्याउन थोरै पनि जागर थिएन तर कसैको जरुरि मेसेज हुन सक्छ| रोजिताले नै केहि भन्न खोजेकी हुन सक्छिन्| उनको त भर पनि छैन, यहि मुनि आएर “म मुनि छु” भनि मेसेज पनि गरेको हुन सक्छिन| उठेर मोबाइल ल्याए, चार्ज ४० % भएको थियो| मेसेज खोले, मेसेज आयुस्माको|
“हेल्लो, के छ?” यति मात्र लेखिएको थियो|
“ठिक छ, long time no see” लेखेर पठाए| साचिकै धेरै पछी नै बोल्दै थियौ हामि| धेरै नै पछी|
“उम्म.|” यति मात्र आयो उनको मेसेजमा| अब यसको जवाफ के दिनु मैले? यति राति खाना खायौ भनि के सोध्नु? के गर्दै छौ भैं सोध्नु पनि खासै उचित लागेन|
“कहाँ गायब यति दिन?” गायब म पनि थिए उनि पनि| तर जसले पहिले यो प्रश्न गर्छ, उ बच्छ| त्यसैले उनलाई मैले नै प्रश्न गरे|
“केहिँ हैन|” लगभग दुइ मिनेट पछी मेसेजको रिप्लाई आयो| रिप्लाई मेसेन्जरमा आयो|
“के गर्दै छौ?” यो एउटा मात्र प्रश्न बाकि भयो मसंग|
“केहि हैन|” उनले अघिकै जवाफ कप पेस्ट गरिन्|
केहि ठिक त पक्कै छैन| उनले नभने पनि मैले बुझ्नु पर्छ| मरो मनले नै चिच्याई चिच्याई भन्दै छ, आयुस्मा ठिक छैनन्| यति पछी यति राति मेसेज गरेकी थिइन्| बोल्ने, भन्ने, सुनाउने, कुरा धेरै हुनु[पर्ने हो तर उनि मौन छिन्| उनको मनको ढोका बन्द छ| त्यसैले उनको मनको भावनाहरु मेसेजको रुपमा परिणत हुन सकेन| कसलाई सुनाउ कसलाई सुनाउ भएर मलाई मेसेज गरेकी हुन् उनले तर उनले अप्ठेरो मानेको हुनुपर्छ| त्यसैले त सबै प्रश्नको जवाफमा अकेही हैन आउदै छ|
“झुठ नबोल, केहि त भएको छ|” यति लेखि पठाए| मेसेन्जरमा टाइपिंग भनेर देखायो| त्यो मेसेजको मुनि रहेको तिनता बिन्दु नाच्न लागे| धेरै बेर नै नाचे त ति बिन्दु| लामै मेसेज लेख्न लागिन् उनले| सायद सबै कुरा एउटा मेसेजमा अटाउन खोज्दै थिइन्| 5 मिनेटको टाईपिंग पछी, उनको मेसेज आयो| मेसेज थियो “केहि हैन|” कस्तो अचम्म| जाबो यति लेख्न 5 मिनेट लाग्छ र? 5 मिनेटमा यस्तो ५०० चोटी लेखना भ्याइन्छ होला| उनले लेखेकी यति मात्र हैन| उनको मेसेज लामो थियो, उनले मनको सबै भावनामा मेसेजमा लेखेकी थिइन् तर… तर मेसेज लेखि सकेपछी, उनले सेन्ड बटनको प्रयोग नगरी ब्याक्स्पेस बटनको प्रयोग गरिन्| यो backspace बटनले अनगिन्ती शब्द र भावनाहरुको घाटी थिचेर हत्या गरेको छ| उनले मेसेजमा केहि भन्दिन पक्का भए म| फोन गर्नु नै सर्बोतम उपाय सोचे र फोन गरे|
ब्याक्स्पेस बटन खिच्न सक्नेले, फोन आउदाको रातो बटन थिच्न नसक्ने हुन्न| फोन काटिन् उनले| केहि गडबड छ भनि शंका लागेको थियो, उनले प्रमाणित गरिन्| म पनि जिद्दी, दुइ तिन पटक फो गरे| अनि त्यसपछि मेसेज गरे “फोन उठाउ|” भनेर|
“अहिले मिल्दैन|” यति भनेर उनले पन्छिन खोजिन्|
“बोल्न नमिले पनि सुन्न मिल्छ होला नि?” जसरि पनि उनीसंग फोनमा बोल्नु छ| मलाई थाहा थियो, मिल्दैन भन्नु उनको बहाना हो|
“एक जना बोल्ने अर्कोले टाइप गर्नु भन्दा, दुवै मेसेज नै गरौ|” उनले अर्को बहाना खोजि भ्याएकी रैछिन्|
“मलाई थाहाछैन| फोन रिसिभ गर| नत्र मसंग कहिले बोल्नु पर्दैन|” यति मेसेज पठाउने बित्तिकै फोन अग्रे| उनले फोन रिसिभ गरिन्|
“के भयो भन्नु?” फोनमा मैले उनले सास फेरेको मात्र सुन्दै थिए अनि उनले यता मेसेज गरिन्| साचिकै बोल्न नमिल्ने हो कि के हो उनको?
“मलाई केहि भएको छैन| तिमीलाई के भयो भन|” मैले मेसेज टाइप गर्नु पर्थिएन, मैले फोनमा नै प्रश्न गरे|
“केहि पनि त भएको छैन|” उनको मेसेज आयो| उनले मेसेज टाइप गरेको भाइब्रेसन पनि सुन्न सक्थिए म| कति धेरै शान्त हो|
“घरमा कसैले केहि भन्यो हो?” उनले नभने पछी आफैले प्रश्न गर्नु पर्यो| उनको जवाफ फेरी पनि “हैन, केहि पनि भएको छैन|” आयो|
“कलेजमा केहि भयो?” अर्को आकलन गरे| उनको जवाफ फेरी पनि “हैन, केहि पनि भएको छैन|” आयो|
“Boyfriend संग झगडा भयो?” मेरो अर्को अनुमान| उनको जवाफ फेरी पनि “हैन, केहि पनि भएको छैन|” आयो|
“बाटोमा अरु कसैले केहि भन्यो हो?” मेरो सोचले यति मात्र सोच्न सक्यो| उनको जवाफ फेरी पनि “हैन, केहि पनि भएको छैन|” आयो|
“अरे बाबा, त्यसो भए के भयो? कसैले पिट्यो हो त्यसो भए?” केहि सिप लागेन, दिमागले थप केहि सोच्न पनि सकेन, जे आयो दिमागमा, त्यहि भने| रिप्लाई आएन उनको| मतलब मेरो यो अनुमान मिल्यो? तर उनलाई कसले पिट्छ र? घरमा हुनै सक्दैन| कलेजमा सरले हात लगाउन नै मिल्दैन| कलेजमा कोहिसंग झगडा पर्यो कि? यो भने हुन सक्छ|
“ल भन, को संग झगडा पर्यो|” मेरो यो प्रश्नको जवाफ उनले पक्कै पनि दिन्छिन भनि म ढुक्क थिए| जवाफ त आएन तर उनि रोएको आवाज सुन्दै छु म| बिहान भर्खर रोजितालाइ सम्झाएको, अहिले आयुस्मा रुदै छिन्| आज रोएको मान्छेलाइ फकाउने दिवस परेछ क्या हो|
उनि बोल्ने हैन, रोएको रोएई| कति सोधे “के भयो ओइ? ओइ भन न! ओइ के भयो भन न| प्लिज भन न| नरोउ न प्लिज के|….” कति सम्झाउन खोजे, कति फकाउन खोजे तर मानिन उनले| त्यति सजिलै मान्ने वाला थिइन उनि| १ घन्टाको प्रयास पछी मात्र, उनि थामिन्|
“आज म अनि उ भेटेको थियौ| अनामनगरको बोतामा खाजा खान गएको थियौ| झगडा पर्यो|” झगडा पर्दैमा रुनुपर्छ र? यस्तो झगडा पहिले पनि कति परेको छ उनको| तर झगडा परेर मात्र रोएकी हैन उनि| केहि अरु पनि छ|
“झगडा पर्दैमा रुनु पर्छ र?” प्रश्न गरे फेरी पनि|
“झगडा मात्र हैन| उसले मलाई पेस्प्सिकोलामा …
