Part 40

“झगडा पर्दैमा रुनु पर्छ र?” प्रश्न गरे फेरी पनि|

“झगडा मात्र हैन| उसले मलाई पेस्प्सिकोलामा लिन आयो| त्यहाँबाट हामि फन पार्क गयौ| एक अर्कासंग समय बितायौ| त्यहाँबाट बसन्तपुर पुगेउ हामि| एकछिन त्यहाँ बसेर, न्युरोडमा गएर मोबाइलको कभर किनेउ| मेरो मोबाइलको कफर च्यातिएको थियो| त्यति धेरै घुमेको, भोक लागिसकेको थियो| बोता मम गयौ| अनामनगरमा बोता मम छ नि, त्यहिको बोता मम| म गेटमा ओर्लिए, उ बाइक पार्क गर्न अलि भित्र गयो| गेटमा पाले दाइ हुनु हुन्थियो| दाइले नै नानि भन्दै गफ सुरु गर्नु भएको थियो| एक मिनेट बोलेको थियौ, उ आयो|

“चिनेको हो तिमीले?” उसले सोध्यो मलाई| मैले चिनेको हैन नै भने|

“त्यसो भए किन बोलेको?” मैले बुझीसकेको थिए, उसलाई चित्त बुझेको थिएन, मैले दाइसंग त्यसरी बोलेको|

“दाइले मेरो घर कहाँ भनेर सोध्नु भयो, मैले जवाफ मात्र देको हो?” दाइले जे सोध्नु भएको थिए, त्यहि नै भने उनलाई|

“अनि त्यसरी मस्किनु पर्छ?” उसलाई शंका लागेछ| उसको शंका गर्ने बानि निकै नराम्रो| अनायसै शंका गर्छ| अब तिमि आफै भन, त्यो दाइसंग बोल्दा उसले त्यसरी रिसाउनु पर्ने केहि कारण छ? छैन नि| त्यहि पनि जहिले यस्तै गर्छ| मैले जे जवाफ दिए पनि उसको चित्त बुझ्दैन थाहा थियो मलाई| त्यसैले चुप नै थिए|

उसको अनुहारमा हेर्ने आट थिएन| उ रिसाएको बेला उसको अनुहार रातो निलो हुन्छ अनि मलाई त्यो देखेपछी डर लाग्छ| आशु नै आउछ आखाको डिलमा| त्यसैले निहुरेर भुइमा हेर्दै थिए| आट गरेर टेबुल सम्म हेरे तर त्यहाँ भन्दा उता जाने हिम्मत आएन| मेरो आखाम आशु आइसकेको थियो| अचानक मेरो दुवै काधमा उनको हात आयो र मलाई धकेल्यो त्यो हातले|

“किन जहिले यस्तो गर्छस् तैले?” रिसाएर उसले फेरो काधमा समाएर मलाई दुइ तिन पटक हल्लायो| उसले अहिले सम्म यस्तो गरेको थिएन| अहिले सम्म मलाई हात हालेको थिएन| जहिले रिसाउदा गालि गर्थियो तर यसरि कहिले गरेको थिएन| कहिले त पनि भनेको थिएन| मायाले “त” भनेको भए चित्त दुख्थिएन तर रिसाएर “त” भन्दा रिस उठ्छ| मलाई नराम्रो लागेको थियो नै तर डर पनि लाग्यो| रिस पनि उठ्यो| म खालि भए| केहि सोच्न सकिन|

त्यहाँबाट उठेर हिड्न खोजे| उसले हात समायो तर मैले उसको हातबाट आफ्नो हात छुटाए| बोताबाट बाहिर निक्लिए| आखा रसाएका थिए| चस्माको सहारा लिए आशु लुकाउन| उ बाहिर सम्म मेरो पछाडी आयो| त्यहाँबाट कहा जान्छु केहि सोचेको थिएन| बाहिर उभिएर गाडी पर्खिएर बसेको थिए, उ त्यहि आयो| त्यहि आएर माफी माग्दै थियो| उसलाई उसको गल्तिको महसुस भयो तर म अहिले पनि अघिको घटनाको सदमाबाट बाहिर निक्लिएको थिन| चाडै निक्लिंछु कि निक्लिन्न पनि थाहा छैन| उसले भोलि रिसको तालमा मेरो घाटी थिच्न पनि पछी पर्दैन होला|

उसको आवाजले पनि चिदाउदै थियो मलाई| त्यहाँबाट हिडे म| उ पनि मेरो पछाडी आउदै थियो| अलि पर सम्म पछाडी आयो तर त्यसपछि फर्कियो| बाइक लिन गएको रैछ| फेरी आयो| त्यहाँबाट म मदन भण्डारी कलेज पुगे अनि त्यहाँबाट हिड्दै मिड बानेस्वर| मदन भण्डारी सम्म उ मेरो पछाडी नै थियो तर हिले छैन| शान्तिनगर पुगे गाडी चढे अनि घर आए| हजुर आफै भन्नु, मेरो केहि गल्ति छ?” रुदै सुरु गरेकी थिइन्, बिचमा शान्त भएको थिइन् तर अफेरी रुन लागिन्| फेरी पनि सम्झाउनु पर्यो उनलाई| उनले भनेको पनि ठिक हो| सम्बन्धमा एक अर्कालाई मुटु मात्र हैन, सम्मान पनि दिनु पर्छ| उनलाई सम्झाए| दुइ जोडीको झगडा मिलाउन निकै मुस्किल हुन्छ| अर्कोलाइ गालि गर्यो भने पहिलोलाइ नै रिस उठ्ला भन्ने बिचार पुर्याउनु पर्छ| रोजितासंग धेरै पटक मेरो पनि झगडा भएको थियो, त्यहि अनुभव प्रयोग गरेर आयुस्मालाइ सम्झाए|

“उसलाई माया गर्छौ?” सोध्दा उसले “गर्छु” भनिन्|

“किन?” सोध्दा उनले थोरै पनि समय नलिएर “किन कि उसले पनि माया गर्छ मलाई|” भनिन्|

“जब माया दुबैले गर्छौ भने झगडा किन?” भनि सोधे| उनले जवाफमा “माया छ तर कति कुरा भिन्न छ| धेरै शंका गर्छ, कहिले बुझ्दै बुझ्दैन| जे भन्दा पनि रिसाउछ जे गर्दा पनि रिसाउछ| कहिले काही उ मैले चिनेको भन्दा भिन्न मान्छे बनिदिन्छ|”

“त्यसो भए किन संगै छौ? जब झगडा यति हुन्छ भने?” अर्को प्रश्न गरे| जवाफ मलाई चाहिएको हैन| उनको जवाफले उनलाई नै सहयोग गर्ने उदेश्य हो मेरो|

“एकछिनलाइ मात्र रिसाउछ| फेरी एकछिनमा सबै साम्य हुन्छ| फेरी पनि माया गर्छ, कुरा बुझ्छ…..” उसले सक्दो आफ्नो सम्बन्धको बयान गरिन्|

“तिमिलाइ त्यो एकछिनको झगडाले धेरै पोल्छ कि त्यो सधैको मायाले धेरै आनन्द दिन्छ?” मेरो प्रश्न जारि थियो|

“थाहा छैन मलाई|” उनले जवाफ दिन सकिनन्|

“यो प्रश्नको जवाफ खोज| तिमीले बाकी सबै चीजको जवाफ पाउने छौ|” उनलाई सम्झाउन सक्ने यति मात्र हो मैले|

“अब के गर्ने?” उनले उल्टै मलाई प्रश्न गरिन्|

“सम्बन्ध तिम्रो हो| निर्णय तिमीले लिने हो| मसंग सुझाव मात्र लिने हो|” मसंग भएको जवाफ यहि मात्र थियो|

“झन् हजुरले उपाय दिनु हुन्छ भनेर हजुरलाई भनेको|” उनले मलाई यो सबै बताउनु पछीको तात्पर्य खुलाइन्| मसंग सहयोगको अपेक्षा गरेकी थिइन् उनले|

“तिमीलाई के गर्न मन छ, पहिले त्यो भन|” सम्बन्ध उनको हो, मैले निर्णय लिनु हुन्न| निर्णय उनले नै लिने हो| त्यसैले उनलाई नै प्रश्न गरिन्|

“आजको उसको व्यवहार संझिएर फेरी कहिले बोल्न मन छैन तर फेरी उसको माया सम्झिन्छु अनि फेरी बोल्न मन लाग्छ| जहिले झगडा हुन्छ, जहिले यसरि नै मिल्छ| त्यसैले पनि झगडा मिल्छ र हामि सधै यसरि नै माया गर्छौ जस्तो लाग्छ|” उनलाई फेरी पनि माफी दिन मन थियो| उनि माफी दिन तैयार थिइन्|

“जे निर्णय लिन्छौ, राम्रो नराम्रो पक्ष दुवै सोचेर लेउ|” हतारिएर निर्णय लिनु उचित नहुने बताए उनलाई|

“मलाई अहिले निर्णय लिनु नै छैन|” उनको कुरा बुझ्ने गाह्रो|

अन्तिममा एउटा निर्णयमा पुगियो| उनले केहि समय लिनेछिन्| सहि गलत के हो बिस्तारै छुटाउने छिन्| हत्तारिएर कुनै पनि निर्णयमा नपुग्ने भइन् उनि| समयसंग सबै ठिक भयो भने भयो नत्र नया जीवन सुरुवात गर्ने सोचिन् उनले| यतिमा उनको र मेरो गफ टुंगियो|

फेरी कस्तो बिडम्बना…

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts