Part 41

फेरी कस्तो बिडम्बना, आफ्नो सम्बन्ध सम्हाल्न गाह्रो भएको मलाई| आयुष्मालाइ चाही सम्बन्धको सुझाव दिदै छु| इज्जत जोगाउने कट्टु च्यातिएको छ, मान्छेको ध्यान टोपीमा छ| ठ्याक्कै मेरो हालत यहि हो| भयो, उनले मलाई आफ्नो मानेर सुझाव मागेकी थिइन्, उनले समाधान पनि पाइन्, सकियो त| किन लम्बाउनु यस बिषयलाइ| त्यो दिन पछी, आयुस्मा गायब नै भइन्| उनको समस्या समाधान भयो कि उनलाई फेरी यहि बिषयमा छलफल गर्न मन थिएन| आयुस्मालाइ बचन लगाएर बदनाम गर्न खोजेको हैन तर… नेताहरुले भोट चाहिदा मात्र सम्झिन्छन, साथीहरु नोट चाहिदा मात्र सम्झिन्छन्, मुटु टुक्रिएकाहरु साथ चाहिए भने मात्र सम्झिन्छन अनि बाटो हराएकाहरु, पाथ चाहिए मात्र सम्झिन्छन| फेरी भावनामा बगे| यसरि भावनामा बग्दा दुइ झापड लगाउन मन लाग्छ आफैलाई|

यसै बीच रोजिताको बर्थडे पनि नजिकिदै छ| कति छिटो समय बितेको है, महिना बितेको पत्तो नहुने| मंगलबार हो उनको बर्थडे| मंगलबार बिदा लिनु पर्ला| उनको बर्थडे, संगै हुनु पर्छ म| दिनभर उनिसंग समय बिताउने इच्छा थियो| मंगलबारको लागि बिदा लिए| रोजितालाइ भनेको छैन, उनलाई सरप्राइज दिने हो| सोमबार बिहानको निन्द्रा रोजिताको फोनले उठ्यो| मोबाइलको भाइब्रेसन पनि कहिले भूकम्प जस्तो लाग्ने, तर्सेर उठेको थिए|

रोजिताले यति बिहान फोन गर्दा तर्सिनु पर्ने कारण नै थियो| कहिँ मैले उनको बर्थडे बिर्सिएकी जस्तो भयो| हत्तपत्त आज कुन बार हेरे| सोमबार नै हो| आज राति चाही १२ बजे नै उनलाई बर्थडेको शुभकामना दिनु पर्ने हो| तर औंले यति बिहान फोन किन गर्दैछिन्? कहिँ म झुक्किएको त हैन नि उनको बर्थडेमा? हैन होला|

“स्विमिंग कस्ट्युम लिएर अफिस जानु है आज|” बिहान फोन गर्दा कमसेकम गुड मर्निंग त भन्नु पर्छ, सिधै आदेश आयो रोजिताबाट|

“किन? आज बाढी आउन लागेको छ? कि म भावनामा डुब्नु पर्ने हो?” उनले बार्तालापमा मिठास नभरे पनि, मैले आफ्नो भागको मिहिनेत गरे|

“जे पनि है| आज हामि सबै बाहिर जानु पर्छ|” उनले उनको बर्थडेको प्लान बनाइसकेको थिइन्| बर्थडे गर्ल हो, ल उनले भनेको मान्नु पर्छ तर एकचोटी सोध्नु चाही पर्ने हो मसंग| मेरो नमिल्ने भएको भए के गर्थींइन् उनले? यस्तो केहि निर्णय लिनु अघि, केहो योजना बनाउनु अघि, मलाई सोध्नु जरुरि ठान्नु पर्ने हो उनले| खैर, मैले पहिले बिदा लीइ सकेको थिए| त्यसैले केहि आपत्ति जनाइन मैले| मार्खु जाने योजना बनाएकी थिइन् उनले| भोलिको बिदाले मात्र नहुने| आज पनि चाडै निक्लिनु पर्ने भयो| 5 बजे बानेस्वरमा भेट्ने योजना बनेको थियो| 5 बजे भेटे भने, बल्खु 5:२० तिर पुगिन्छ होला| फार्फिंगको बाटो हुदै गयो भएन, ७ बजे सम्म सजिलै पुग्नु पर्ने हो मार्खु| त्यसरी नै पुगियो मार्खु|

को को जान लागेको भने मैले? रोजिताले “हामि” बाहिर जानु पर्छ भनेको भए उनि र म मात्र हुन्थियौ| उनले “हामि सबै” भनेको थिइन्| यसको मतलब म, उनि अनि उनको साथिहरु| उनको बर्थडे, हामि सबै रम्दै नै थियौ| भोलि बिदा, रक्सि सम्हालिएर पिउनु पर्दैन थियो| बर्थडेको केक काट्ने बेला भयो| सुरुमा उनले मलाई नै केक खुवाइन्| त्यसपछि बाकि केक साथिहरुलाइ अनि त्यसपछि केहि केक उनको अनुहारले पनि भेट्यो| मुख धुन गएकी उनि, त्यहि फ्ल्याट भइछिन्| वासरुमबाट उनलाई कोठा पुर्याउन कम गाह्रो भएको हैन| बर्बराउने अनि हात खुट्टा फ्यालेर जिउ खुल्ला छाडेकी, के भन्नु| उनीसंग कोठा पुगेको, त्यहाँबाट बाहिर निक्लिन मन लागेन| म पनि कोठामा नै बसे|

“सन्चै?” आयुस्माको मेसेज पो आयो| “सन्चै छु|” भनि रिप्लाई दिए|

“के गर्दै हुनुहुन्छ?” अर्को मेसेज आयो| “

“सुत्न लागेको| कहाँ गायब यति दिन?” मेसेज टाइप गरि पठाए|

मेसेजको रिप्लाईमा उनले फोन नै गरिन्| जुन दिन उनको झगडा भएको थियो, त्यो दिन मसंग बोलेर सुत्न गए पछी फेरी उनलाई फोन आएको रैछ| फेरी झगडा परेको रैछ| केटाले रक्सिको नशामा फोन गरेर सुरुमा माफी मागेछ तर पछी मुख छाडेछ| रिसको तालमा आयुस्माले आफ्नो फोन फुटाइछिन्| त्यसैले यति दिन गायब भएको थिइन् उनि| अनि आज मात्र मोबाइल किनेर मलाई मेसेज गरेकी थिइन्| मैले त्यो दिन पछी उनलाई आफै फोन नगरेर ठिक गरेछु| नत्र फोन अफ भएकोले, चिन्ता लिएर बस्ने थिए|

“यति दिन मोबाइल बिना कसरि बसेउ?” अक्सिजन जस्तै भइसकेको छ मोबाइल पनि| यति दिन मोबाइल बिना बस्नु भनेको अचम्म नै हो| त्यसैले सोधे उनलाई}

“मोबाइल बिना हैन टेन्सन बिना बसे| यति दिन न कसैको फोन यो, न कोहिसंग झगडा भयो|” मोबाइल बिना बस्नु, उनको रहर र कर दुवै भएको बताइन् उनले|

“मतलब यति दिन देखि कुरा भएको छैन?” अर्को प्रश्न गरे| कहिले काही कलेज जादा वा फर्किदा भेट हुने बताइन्| उनले समय लिदै थिइन्, त्यसैले पनि उनलाई मतलब लागेको रैनछ| सम्बन्धमा फर्किने कि नाइँ उनले अहिले सम्म निर्णय लिएकी रैनछिन्| आजको बार्तालाप यहि सकियो|

भोलि बिहानै फेरी पनि रोजिताले उठाइन् मलाई| दिउसो त्यहाँबाट फर्कियौ| उनलाई उनको घर सम्म छाडेर म बानेस्वर पुगे| करिब १ बजेको थियो| बानेस्वरमा सानो काम थियो, सकेर कोठा पुगे| ४ बजे तिर रोजिताको भिडियो कल आयो| उनको घरमा उनको बर्थडे मनाइदै थियो| त्यहि देखाउन फोन गरेकी उनले| त्यति देखाएर फोन राखिन् उनले| म पनि तैयार हुन लागे, रेडियो कार्यक्रममा पुग्नै पर्यो|

कार्यक्रम सकिने बित्तिकै फोन आयो रोजिताको| उनि रेडियो स्टेसन मुनि आएकी रैछिन्| उनि यहाँ किन अहिले? १२ घण्टा पनि भएको छैन उनलाई घर पुयाएर हामि छुट्टिएको| भेटेर फेरी पनि उनलाई बर्थडे विस गरे| उनि तैयार भएर आएकी थिइन्, लाग्छ कहिँ जना लागेकी छिन्|

“अहिले सम्म बर्थडेले छाडेको छैन तिमीलाई?” जिस्काए उनलाई|

“मेरो त सकियो, अब अर्चनाको सुरु|” उनि अर्चनाको बर्थडेमा जान तैयार भएर आएकी थिइन्| उनि जान लागेकी, मलाई भेट्न मात्र आएकी भनेर सोचेको, म गलत थिए|

मलाई पनि बर्थडेमा लग्न खोज्दै थिइन्| मेरो मिल्दैन कति भने तर नमान्ने उनि|| हैन, उन्को साथि| उनि जादा हुन्छ, तर म किन जानु? ल मिल्ने भए जान केहि आपती नहुन सक्छ तर मलाई जान मन पनि छैन अनि मिल्दैन पनि| भोलि बिहानै अफिस पुग्नु पर्ने हुन्छ| बर्थडेमा गए भने, बेलुका सुत्न कति बज्छ के थाहा| नाइँ भन्दा भनाइ पनि जानु पर्यो| उनको जिद्दीको अगाडी जित्न सकिन| जान त गए तर म रिसाएको थिए| अरुको अगाडी सामान्य व्यवहार देखाए पनि, मन भित्र रिसको ज्वालामुखी थियो| त्यो ज्वालामुखीलाइ व्हिस्कीले निभाउन खोजे आफै ढलेछु|

बिहान ६ बजे निन्द्रा खुल्यो| रोजिता निदाएकी थिइन्| उनलाई उठाउन जरुरि ठानिन| रिस मरेको थिएन| जहिले निर्णय मलाई नसोधेर लिने बानि उनको| यो पटक सजिलै फकिन्न भनि दृढ अठोट लिए| रोजिताले दिउसो जति फोन गरे पनि उठाइन| रेडियो स्टेसन पुग्नु अघि उनलाई फोन गरे र घर पुगेर फोन गर्ने बताए| यसो नगरेको भए, उनि फेरी रेडियो स्टेसन मुनि नै पुग्थींन्| कार्यक्रम सक्याएर धरै पछी आमाको पुगे| एक खिल्ली चुरोट, एक कप कफी र आमासंग थोरै गफ पछी, कोठा पुगे| कोठा पुग्ने बित्तिकै रोजितालाइ कोठा पुगे भनेर मेसेज गरे|

“मलाई थाहा छ…

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts