यो दुइ महिनामा एक पटक पनि भेट भएको थिएन रोजितासंग| बोलचाल सधै हुन्थियो तर भावना बिनाको| उनले भनेको सुनिदिन्थिए, उनले सोधेको भानिदिन्थिए| यसरि नो जाडिया थियो| उनले भेट्न खोजिन्| नाइँ भन्न सकिन| म पनि माया गर्छु नि| माया मरेको हैन, असन्तुस्टी बढेको हो तर…. तर भेट्ने बित्तिकै झगडा पर्यो|
बौधको रोड हाउस क्याफेमा भेटिएको थियो| रूफटप छ यो ठाउमा| त्यहाँबाट बौधको सौन्दर्यताको हरेक सम्भव आनन्द उठाउन सक्नु हुन्छ| बौधको सौन्दर्यता, बौध सौन्दर्यताको लुप्त उठाउन आएका मान्छे, पर्यटकको हावभाव, पर्यटकलाइ पछ्याउदै गरेका सडक बालक, हात समाएर हिडी रहेका जोडीहरु, बौधलाइ तस्बिरमा समेट्न खोजिरहेका व्यक्तिहरु… यस्तै धेरै दृश्य नियाल्दै थिए| रोजिताको आगमन भयो| आउने बित्तिकै उनले मलाइ अँगालोमा हालिन्| मैले रोजेको टेबुलमा जम्मा दुइ जना बस्न मिल्थ्यो, आमुने सामुने भएर| उनलाई अँगालोमा राख्नु भन्दा, उनलाई आखाको सामु राख्न सहज माने| त्यसैले जानी जानी मैले यस्तो टेबुल रोजेको थिए| हामीले २ घण्टा संगै बितायौ होला| दुइ घण्टा मध्य, ९० मिनेट त उनले मलाई हेरेर नै बसी रहिन्| उनको आवाज बदलिएको थियो, उनि बद्लिएकी थिइन्| बोलेको बोलेई गर्ने मान्छे उनि, अहिले हेरेको हेरेइ छिन्| शब्द पनि छनोट गरेर मात्र बोल्दै थिइन्| बोलेको हरेक शब्दमा पिडा थियो, दुख थियो, अधुरो थिए शब्द, हरेक शब्दमा भाव थिए, यस्तो भाव, जसले चिच्याइ चिच्याई भन्दै थियो, के हामि पहिले जस्तो हुन सक्दैनौ? के सबै पहिले जस्तै हुन सक्दैन? उनको अनुहारमा म पहिले भन्दा धेरै माया पाउदै थिए|
छुट्टिने बेला हुन लाग्यो| वेटरले बिल ल्याइदिने प्रतिक्षामा थियौ| “एउटा सेल्फी?” उनले सेल्फी खिच्न आग्रह गरिन्| उनको मोबाइलमा चार्ज थिएन| मेरो मोबाइलबाट नै 5 -६ वटा तस्बिर लिइयो| धेरै पछी मोबाइलको क्यामेराको प्रयोग गरे मैले| मेरो लागि मोबाइलमा क्यामेरको काम भिडियो कल गर्न मात्र थियो|
“कस्तो आएछ. हेरौ न|” उनलाई आफ्नो मोबाइल दिए| उनले फोटो स्वाइप गर्दै गइन्| हाम्रो फोटो स्वाइप गर्दै जादा, हाम्रो 5 वटा फोटो सकिने बित्तिकै, छैठो फोटो आयुस्मा र मेरो आयो| त्यो फोटोमा आमालाई केहि आपत्ति थिएन तर रोजिताले आपत्ति जनाइन्|
“को हो उनि?” शंका भरिएको प्रश्न गरिन् रोजिताले|
“साथि हो|” दुइ शब्दको जवाफ दिए|
“अनि कसले नचिनेको संग यसरी टासिएर फोटो खिच्छ र?” उनको हरेक शब्दमा असन्तुस्टी थियो| उनले आफ्नो असन्तुस्टी लुकाउने सानो प्रयास पनि गरिनन्|
“साथिसंग खिचेको फोटोमा के गलत छ र?” मैले आफ्नो बचावमा… हैन, मेरो मनमा जे थियो, त्यहि नै व्यक्त गरे| त्यो फोटो खिच्दा न मेरो मनमा केहि नकारात्मक सोच थियो न अहिले छ| सफाइ दिन जरुरि मानिन मैले र भएको जवाफ दिए|
“अनि कम्मरमा हात हालेर कसले फोटो खिच्छ? ओठ निर रातो के हो?” उनको यो प्रश्न संगै मैले रिस थाम्न सकिन| थाहा नभएर मेरो हात आयुस्माको कम्मरमा पुगेको थियो र फोटोमा त्यहि देखिएको थियो तर मेरो यो हात र म दुवै निर्दोष छ| उनले यसरि शंका गर्नु पर्ने कारण नै देख्दिन| ओठ निर रातो छ रे मेरो? मान्छु, मैले मन दुखाउछु होला, कहिले झर्किन्छु होला तर धोका दिन्न कसैलाई| त्यो दिन आयुस्मा र मैले पिजा नि खाएको थियौ, त्यसकै सास लागेको हुन सक्छ| क्यामेराले ससलाइ लिपिस्टिकको दाग देखाईदियो| आज तैले पराइ नारि चुमिस् भन्न सक्नेले, पछी पराइ नारिसंग शरीर जोडीस् भन्न पछी पर्दैनन्| यसमा मेरो गल्ति| यसमा रोजिताको गल्ति छैन चाही नभन्नु| यदि यसमा रोजिताको गल्ति पाउनु हुन्न भने, यहाँ भन्दा उता नपढ़नु| रोजिता गलत छिन्, कमसेकम मेरो लागि| उनले मेरो जवाफ सुन्नु पर्ने हो तर नसुनेर शंका मात्र गरिन्| शंका गर्नु जायज तर मलाई पनि सफाईको मौका दिनु पर्छ नि? खै त त्यो मौका? जब उनले मात्र निर्णय लिने, उनले मात्र सोचेको सत्य हुने भए, उनिलाइ भगवान भनेर पुञ्ज गरे भएन? मलाई उनिसंग यति वाक्क लाग्यो कि, मानौ उनि भगवान बनि भने, म नास्तिक बनिदिन्छु|
उनको आखा फोटो खिचिएको मितिमा पुग्यो| “हजुर आमाको पसल नआएर साथिको मा गएको थियौ हैन यो दिन? त्यो साथि यिनी पो हुन्| त्यसैले फोनहरु केहि नलागेको है|” उनले आफ्नो सिमा पार गरिन्| नभन्दै उनले मेरो चरित्रमा यत्रो ठुलो आरोप, त्यो पनि कुनै आधार बिना| मलाई पुग्यो अब उनि| म उनलाई हेर्न पनि चाहन्न अब| समय दिए अब थप समय दिन सक्दिन उनलाई| पुग्यो| पुग्नी उनि पनि अनि उन्को माया पनि| त्यहाँबाट उठेर हिड्न मात्र लागेको थिए, उनि आफै बतासिएर हिडीन्| मलाई मतलब छैन उनि कहाँ जादै छिन्, किन जादै छिन्| अब मलाई उनीसंग मतलब नै छैन|
रोजितालाइ मैले सफाई दिनु जरुरि थिएन तर मेरो रिस मरेको थिएन| मेरो र आयुस्माको फोटो पठाईदिए र “राम्ररि हेर, अरु के के देक्छौ त्यो पनि भन|” पनि लेखे फोटो सहित| उनले फेसबुकमा मेसेज गर्लिन भनि उनलाई इग्नोर लिस्टमा हालिदिए| ब्लक गर्न मनले मानेन| तर बोलचाल ठप्प थियो| सुरुका केहि दिन दुवै एक अर्कासंग रिसाएका थियौ| उनको रिस मर्दै गयो सायद| उनको मेसेज आयो चौथो दिनमा| बोलचाल सुरुभयो फेरी| उनले बोल्न खोज्दा, म नबोली बस्ने निस्ठुरी हैन| रिस आफ्नो ठाउमा छ अनि बोलचाल आफ्नो ठाउमा| फेरी उनिमा बदलाव देख्दै थिए| बदलावको दोस्रो चरण|
“उनको संसारमा अटाउनको लागि गुलाफ बनिदिए| दुइ दिनको खुसि पछी, मेरो स्थान अर्को गुलाबले पायो| उनि पुष्प प्रेमी हैन, सौन्दर्य र सुगन्धको भोगी रैछिन्|” कही पढेको थिए यो वाक्य| रोजितासंग यहि होस् भन्ने चाहन्न म| म भोगी हैन तर उनिमा जस्तो बदलाव देख्दै छु, त्यो बदलावसंग डर लाग्यो मलाई| डर मेरो लागि हैन उनको लागि| सम्बन्धमा बदलाव जरुरि छ तर आफ्नो अस्तित्व बिलिन हुने बदलाव डरलाग्दो हुन्छ| फेरी उनको बदलाव मेरो लागि हो तर मैले त्यसको जरुरत छैन भने नि? मन हो हो मेरो, नोकिया फोन हैन, जे गरे पनि नटुट्ने| भन्नेले भन्छन, निर्जीव धरहरा त फेरी ठडियो सम्बन्ध पनि त्यस्तै हो| तर उनलाई बुझाउ कसरि, धरहरा सुरु देखी नै निर्जीव थियो तर हाम्रो सम्बन्धलाइ निर्जीव बनाइएको हो|
मैले उनीमा आएको बदलाव डरलाग्दो छ मात्र भने तर बदलाव के थियो भन्न बाकि छ……..
