Part 42

“मलाई थाहा छ हजुर रिसाउनु भएको छ| सरि|” उनको मेसेज आयो| उनको यस्तै केहि मेसेज आउछ मलाई पहिले नै बोध थियो| जहिले म रिसाउदा, उनिबाट यस्तै केहि आउ छ| आज पनि केहि भिन्न भएन| म रिसाउछु भन्ने थाहा हुदा हुदै गल्ति किन दोहोर्याउनु के? मैले उनलाई माफी दिएको हो, फेरी गल्ति गर्ने अनुमति हैन| उनको गल्ति छैन भन्नु होला तर मेरो लागि त्यो गलत नै हो| उनले मेरो रुची र समयको पनि खयाल गर्नु पर्ने हो| मेरो जिम्मेवारी र मेरो कर्तब्यबाट उनि बेखबर हुन मिल्दैन| म झोले हैन, जहिले उनको वरीपरि हुनलाइ| उनलाई मनमा राखेको हो तर जहिले उनको हिसाबले मेरो जीवन चलाउनु पर्छ भन्ने छैन| कस्सम भन्छु, जसलाई भबिस्यमा कल्पिएको थिए, अहिले उनलाई बर्तमानमा कल्पना गर्न सकेको छैन|

म रिसाएको हैन, निराश छु| निराश छु, कसरि उनले त्यहि गल्ति दोहोर्याउछिन्| म निराश छु, कसरि उनले जहिले बुझेर पनि नबुझेको जस्तै गर्छिन्| म निराश छु, कसरि उनलाई हाम्रो सम्बन्ध भन्दा उनको इच्छाको धेरै मतलब छ| म निराश छु, कसरि उनलाई मैले त्यहि एउटा कुरा हजार पटक बुझाउनु पर्छ| म निराश छु, कसरि उनले मलाई निराश बनाएपछी मात्र महसुस गर्छिन् कि म निराश छु| उनले पहिले नै थाहा पाउनु पर्ने हो, कि उनको त्यो कार्यले मलाई निराश बनाउछ| म निराश छु, उनिसंग हैन आफुसंग, आखिर कसरि म उनलाई हरेक पटक माफी दिन्छु| म निराश छु, उनिसंग हैन आफुसंग, कसरि उनले गल्ति दोहोर्याउदीन भन्दा मैले बिस्वास गर्छु| म निराश छु, उनिसंग हैन आफुसंग, कसरि मैले उनलाई अहिले सम्म पनि म के महसुस गर्छु भनि जताउन सकेको छैन| म निराश छु, उनिसंग हैन आफुसंग, निराश पनि हैन ताजुब छु म, कसरि यति हुदा पनि फेरी पनि मैले उनलाई माफी दिए| यदि सम्बन्धमा कुनै व्यक्तिले त्यहि गल्ति दोहोर्याउदै छ भने, त्यो गल्ति हैन मनपर्दी हो| आफ्नै खुसिलाइ फासी दिएर अरुलाई माफी दिनु जरुरि छैन| म पनि आफ्नै खुसिलाइ फासी दिदै थिए|

बिडम्बना सुन्नु हुन्छ? म यहाँ आफ्नो सम्बन्धबाट खुसि छैन| म त्यहि एउटा गल्ति गर्ने मान्छेले पटक पटक माफी दिदै छु तर आयुस्माले म माथि बिस्वास गर्दै छिन्| उनले बिस्वास गरेर नै मसंग सुझाब लिदै छिन् उनको सम्बन्धको निम्ति| मलाइ आफ्नै सम्बन्धमा के हुदै छ, के हुने वाला छ केहि थाहा छैन अनि म यहाँ आयुस्मालाइ सम्बन्धको ज्ञान दिदै छु| रतन्धो भएको व्यक्तिले, औसीको रातमा उज्यालो कसरि ल्याउला र? मैले सक्दो प्रयास गरे| मलाई दुख पर्दै छ भने उनलाई पनि पर्नु पर्छ भन्ने छैन| मेरो लागि उचित सम्बन्ध के हो र कस्तो सम्बन्ध रुचाउछु सबै बताए उनलाई| उनको र मेरो बिचार कस्तो मिल्ने| मेरो सम्बन्धको परिभाषामा जुन मुर्तिको सिर्जना हुन्छ, त्यो मुर्तिको प्रतिबिम्ब आयुस्मामा देख्दै थिए| खैर, अहिलेको प्राथमिकता उनलाई निर्णय लिन मदत गर्नु हो| त्यहि नै गरे|

आयुस्मा र म उही बाटोमा छौ| सबै ठिक भयो जस्तो लाग्ने तर फेरी त्यहि बेहोरा दोहोरिने अनि घुमीफिर त्यहि पुग्ने, जहाँबाट सुरुवात भएको थियो| रोजिता सुरुका दुइ तीन कस्तो बदलिएको मानेको थिए तर त्यो भ्रम थियो या उनले नाटक गर्दै थिइन्| सुरुको दुइ तिन यति मजाको व्यवहार गर्ने, मानौ उ जति राम्रो मान्छे कोहि भेट्दिन म यो जुनीमा| यो जुनी मात्र हैन हरेक जुनीको लागि फेरी यो सबै भावना श्रावाने झरी जस्तै| एकछिन त खुसि हुन्छु तर अफेरी सम्झिन्छ, मेरो सपनाको घर खोलाको तिरमा छ| फेरी सबै बदलिन्छ अनि फेरी मेरो मन बदलिन्छ|

सम्बन्धमा एक अर्कालाइ आफ्नो संसारमा हाल्ने हो| उनलाई नै आफ्नो संसार मान्न पनि सकिन्छ तर उनको संसार नै मेरो संसार हुनुपर्छ भन्नु गलत हो| उनको साथिसंग मात्र बोल्नु| उनको साथिहरुको लागि मात्र समय दिनु| उनको साथि बाहेक मेरो कोहि साथि नै छैन| मेरो जीवन उनि आएपछी मात्र सुरु भएको| उनि बाहेक मैले यो संसारमा अरु कसैलाई चिनेको छैन जस्तो गर्छिन्| यस्तो त हैन नि| मेरो पनि साथि छन्’, परिवार हुनु हुन्छ, मेरो पनि निजि समय हुन्छ| उनि बाहेक मेरो अरु पनि कम हुन्छ| जाडो भयो भन्दैमा आगो माथि को बस्छ र? माया गर्दैमा हरेक बखत लिसो जस्तै टासिनु पर्दैन नि| अत्ति गर्नु तर अत्याचार नर्गनु| न उनि पृथ्वी हो, न म चन्द्रमा हो, त्यसो भए किन उनि मलाई जहिले आफ्नो वरीपरि घुमोस् भनि सोच्छिन|

जहिले घुमिफिरी त्यहि बिषयमा झगडा गर्न कसलाई मन लाग्छ? सम्बन्धमा मिठास मरेको थाहा नै हुन्न| त्यहि नै हुदै गयो| मेरो मन मरिसक्यो भन्दा पनि हुन्छ| किन कि मलाई थाहा छ, आज मिल्छ झगडा तर भोलि फेरी यो दोहोरिने छ| मायामा मिठास हुनुपर्छ, आनन्द हुनुपर्छ तर यहाँ म त्यो केहि पाउदिन| पाएकै छैन| आखिर कहिले सम्म| आयुस्मा नभएको भए, म यो सम्बन्धबाट धेरै पहिले निक्लिन्थिए| उनले नै सिकाइन् मलाई, सम्बन्धमा माया चाहिन्छ, अनि त्यहि मायाको कारणले म अहिले सम्म यो सम्बन्धमा छु| रोजिताले माया गर्छिन्, त्यसैले उनले जति मन दुखाए पनि उनलाई छाड्न सकेको छैन| आयुस्माले भनेको थिइन् “सम्बन्धमा समय दिनु पर्छ, चाहे त्यो मन मिल्दा होस् या झगडा हुदा| नत्र बिजोग हुन्छ|” आयुस्मा पनि त्यहि समय लिदै थिइन् अनि म पनि रोजितालाइ त्यहि समय दिदै थिए| समय भन्दा भन्दै २ महिना गइसक्यो|

यो दुइ महिनामा एक पटक पनि भेट भएको थिएन रोजितासंग| बोलचाल सधै हुन्थियो तर भावना बिनाको| उनले भनेको सुनिदिन्थिए, उनले सोधेको भानिदिन्थिए| यसरि नो जाडिया थियो| उनले भेट्न खोजिन्| नाइँ भन्न सकिन| म पनि माया गर्छु नि| माया मरेको हैन, असन्तुस्टी बढेको हो तर…. तर भेट्ने बित्तिकै झगडा पर्यो|

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts