मैले उनीमा आएको बदलाव डरलाग्दो छ मात्र भने तर बदलाव के थियो भन्न बाकि छ| रोजितालाइ नै थाहा छैन, उनि के गर्दैछिन् अनि किन गर्दै छिन्|
एउटा अंग्रेजी फ्लिम छ “Yes man” भन्ने| त्यो चलचित्र भरि के हुन्छ भनि रहदीन| त्यो फ्लिमको गुदी मात्र राख्छु हजुरहरुको सामु| फ्लिमको मुख्य पात्रो, हाम्रो भाषामा भन्नुपर्दा फ्लिमको हिरो, हो उसकै वरिपरी घुम्छ कहानी| उ चाही सुरुमा “No man” हुन्छ|| साथिले कहिँ जाउ, केहि गरौ, भन्दा उसको जवाफ जहिले “नाइँ” नै हुन्थियो| यहाँसम्म साथीले सास फेरौ भनि भन्यो भने, हिरोले त्यो पनि नाइँ भन्ला| कारण परिस्थितिले गर्दा हिरोले आफुमा बदलाव ल्याउन खोज्छ| हिरोमा बदलाव आएको हैन, उसले बदलाव ल्याएको हो| त्यो पनि जबर्जस्ति| जबर्जती ल्याएको बदलावले हानि गर्छ| ठिक त्यो हिरोसंग पनि त्यहि भयो| सुरुसरुमा जेमा पनि नाइँ भन्ने मान्छे, अब जेलाइ पनि हुन्छ भन्ने भएको हुन्छ हिरो| “yes man” भएको थियो हिरो त्यहि कारणले हिरोले धेरै कठिनाइको सामुना गर्नु पर्छ| यहाँ सम्म कि बाटो हिड्ने मान्छेले केहि सोध्यो भने पनि हुन्छ नै भन्छ, त्यो पनि केहि नसोची| बदलावको असर नसोची ल्याएको बदलाव सबैको प्रिय नहुन सक्छ|
रोजिताको हालत पनि यस्तै छ| उनि मेरो लागि बदलिएको छिन् तर बदलावको असर उनलाई पनि थाहा छैन| उनले बोल्ने हरेक शब्द मेरो खुसिको लागि बोलिएको हुन्थियो| मलाई नराम्रो लाग्छ कि भनि उनि हरेक बखत सतर्क भएर मात्र बोल्थिइन्| उनिले आफुले चाहेको हैन, मैले सुन्न चाहेको मात्र बोल्ने| मेरो कानले चाख्न चाहेको शब्द मात्र उनले पस्किने, उनले आफ्नो स्वाद बिर्सी सकीन्| मेरो लागि उनले आफ्नो स्वतन्त्रताको बलि दिई सकिन्| मलाई उनि अनि उनको माया चाहिएको हो| थोरै मेरो कुरा बुझिदियोस्, थोरै म उनको कुरा भुझौ लागेको थियो| थोरै म उनको लागि फुलौ अनि थोरै उनि मेरो बासनामा रमौ| यस्तै थियो मेरो चाहना तर रोजिता कत्पुटली भएकी थिइन्| मेरो औलको इशारामा चल्न खोज्ने| मलाई पुतलासंग प्रेम गर्नु छैन| यदि रोजिता यस्तै रहीन् भने, केहि दिन पछी रोजिता नै रहने छैनन्| रोजिताको अस्तित्व मेटी सकेको हुन्छ र उनको ठाउ जिउदो लासले लिन्छ| त्यो लास, जुन हाम्रो सम्बन्धमा प्राण भर्दा भर्दै आफ्नै आत्मा गुमाएकी थिइन्|
रोजितालाइ सम्झाउन खोजे, उनीमा आएको बदलाव खतरनाक छ तर उनले यो बिषयमा कुरा गर्न नै नखोज्ने| जब म यो बिषयमा बोल्न खोज्थीए, उनि बिषयबाट पर भाग्ने| मलाई थाहा छ उनि यसरि खुसि छैन| उनले मन मारेकी छिन्| उनलाई खुसिको भ्रम होला तर उनि खुसि कदापि छैनन्| तर मैले चाहेर पनि उनलाई सम्झाउन सकेको थिन कि उनि जे गर्दै छिन् त्यो गलत हो| यसरि चल्दैन| आखिर कहिले सम्म चल्छ यसरि? यस्तो भन्दा भन्दै महिना जान लाग्यो| रोजितालाइ सम्झाउन सकिन| बिडम्बना, मलाई खुसि बनाउन उनले आफ्नो खुसिको बलिदान दीइन् तर अहिले न उनि खुसि छिन्, न म|
म अहिले जुन स्थानमा छु, आयुस्मा पनि त्यहि स्थानमा छिन्| उनको मान्छे पनि बदलिएको छ तर उनले चाहेको जसरि हैन| रोजिता र आयुस्माको बोइफ़्रेन्डको बदलाव उही रैछ| त्यसैले आयुस्मा पनि आफ्नो सम्बन्धमा खुसि छैनन् अनि म पनि रोजितासंगको सम्बन्धमा खुसि छैन| अचम्म, सम्बन्धमा खुसि न भए पनि, हामि चाही सम्बन्धमा छौ| एउटा अचम्मको कुरा| एउटा टुक्रिएको मुटुले अर्को टुक्रिएको मुटुको भावना बुझ्ने रैछ| दुइटा नांगिएको शरीर पनि सक्षम हुदो रैछ एक अर्कालाइ ताप दिन, चाहे त्यो हिउदे बर्षामा किन नहोस्| सम्बन्धको व्यथा एक अर्कासंग पोख्दा पोख्दै, हामि एक अर्कासंग नजिकिदै गयौ र हाम्रो प्रेमीबाट पर हुदै गयौ|
एक अर्कासंग सम्बन्धको सल्लाह लिने निहुले जहिले फोनमा घन्टौ गफ हुन्थियो मेरो र आयुस्माको| हामि एक अर्कासंग नजिकिदै थियौ तर साथिको भावनाले| किन कि हाम्रो मनमा एक अर्का प्रति केहि अरु खयाल थिएन| मैले चाही उनलाई यहि नै जताउदै थिए तर मन मनै सोच्थिए “उनि मलाई कति बुझ्छिन्| कास उनि नै मेर…|” तर मनको भावना मनमा नै राखे| भावनाले यो सम्बन्धको हत्या गरोस् भन्ने चाहना थिएन मेरो| उनले पनि धेरै दिन आफ्नो भावनालाइ बाधेर राख्न सकिनन् र भनिन् “तिमि मलाई कति धेरै बुझ्छौ|” उनले मलाई साथि मानेर भनेको हुनुपर्छ किन कि अहिले सम्म उनले यस बाहेक केहि भनेको थिइनन्| खैर हाम्रो अहिलेको ध्यान नया समबन्ध हैन| हाम्रो अहिलेको ध्यान भनेको तत्कालिन सम्बन्धमा हुनुपर्छ|
म र आयुस्मा दुवै आफ्नो आफ्नो सम्बन्धलाइ लिएर ठोस निर्णयमा पुग्न सकेका छैनौ| रोजितासंगको शब्द अघि लग्ने कि टुंग्याउने सोचमा थिए म अनि आयुस्मा पनि उनको सम्बन्ध बारे यहि सोच्दै थिइन्| भबिस्य देख्दिन तर आश मार्न मन छैन| टुंग्याउने भए पनि, सावधानीको साथ टुंग्याउनु पर्छ| अहिले नै फोन गरेर रोजितालाइ सम्बन्धको अन्त्य भयो भन्न सक्दिन म| डर लाग्छ| उनले केहि नचाहिने कदम लिने हो कि| फेरी डर लाग्छ, मैले गर्दा उनको मायाबाट बिस्वास उठ्ने हो कि| त्यसैले पनि निर्णय सोचेर लिनु पर्ने हुन्छ मैले| अनि यसरि सोचेर निर्णय आयुस्माले पनि लिनु पर्ने छ| दिमागमा एउटा उपाय आयो|
रोजितासंगको मेरो सम्बन्धको निर्णय म आफै लिदीन| यो निर्णय आयुस्माले लिनेछिन| मेरो भनाइको तात्पर्य, म र आयुस्मा लगभग उही स्थानमा छौ अनि हाम्रो सम्बन्धको समस्या पनि लगभग उही नै छ| त्यसैले उनि जे गर्छिन्, म पनि त्यहि नौ गर्ने हुने भए| यदि उनले आफ्नो सम्बन्ध अघि लगिन् भने मैले पनि रोजितासंगको सम्बन्ध अघि लग्ने भए र यदि उनले …. भयो बाकि तपाइँहौर पनि बुझ्नु हुन्छ| यति निर्णय लिएपछि मन निकै हलुङ्गो भयो र दिमाग खालि|
मैले त्यो निर्णय लिएको पनि १ महिना भइसकेछ| यता म आयुस्मासंग नजिकिदै छु, उनलाई मन पराउन लागेको छु र अर्को तर्फा रोजिताको दयनीय अवस्था देखेर आफिलाई आत्मग्लानी हुन्छ| आयुस्माको निर्णय पर्खिनु धेरै ढिला हुन्छ| रोजितालाइ म अझै यो हालतमा देख्न सक्दिन| मैले आफ्नो निर्णय लिए| उनलाई मेसेज अग्रे| “रोजिता, भोलि भेटौ है|”
“हुन्छ|” रोजिता कति बदली सकिन् उनको मेसेजले थाहापाउन सक्नु हुन्छ| भेटौ भनेर मेसेज मैले गर्नु पर्यो| अनि अर्को कुरा, उनले ठाउ स्थान केहि सोधिन| आफै मेसेज गरेर, उनलाई सातदोबाटो बोलाए| दिउसोको एक बजे| भोलि पटक १ बजे सातदोबाटो पुगे म| रोजिता म भन्दा अघि नै पुगी सकेकी थिइन्| मलाई देख्ने बित्तिकै मेरो बाइक पछाडी आएर बसिन् र त्यहाँबाट हामि चिडियाखाना पुगेउ| आज यहाँ आउने भनेर हिजै निर्णय भइसकेको थियो|
“कुन…
