Part 14

(Sorry, dherai din paxi katha haldai xu. abh daily aauxa)
बिहान उठे, चिटिक्क परे, अनि कलेज पुगे| अपेक्षा मेरो अघि नै थिइन्, म भन्दा केहि पाइलाको दुरीमा अनि मेरो मनबाट तिन शब्दको दुरीमा| उनलाई धेरै दिन पछी भेट्दै छु, यति समय पछी भेट्दै छु कि लाग्दै छ आज पहिलो पटक भेट्दै छु| तर यति धेरै समय पछी भेटेको पनि हैन| प्रेमीलाइ अनायसै बदनाम गरेका छन् मानिसहरुले, असली दोषी त समय हो, कोहि संग हुदा छिटो बितिदिन्छ अनि कसैको अभावमा ढिलो|
टाँगा तान्ने घोडाको आखा छेउमा यसरि मिलाइएको हुन्छ कि उसले छेउ छाउको केहि देख्दैन, मात्र अगाडी देख्छ अनि सिधा कुद्छ| म पनि त्यहि घोडा जस्तै भएको थिए, वरी परि छेउ छाउ को छन् , के छ भनि मलाई थाहा थिएन, थाहा थियो त के थाहा थियो कि उनि मेरी सामु छिन् अनि मेरो गन्तब्य नै उनि हुन्| म घोडा जस्तो भएको थिए तर घोडा नै भएको थिइन, त्यसैले कल्पनाबाट बाहिर निक्लिए| मिल्थियो भने उनलाई, अहिले, यहि पल, फलानो कोहिको मतलब नगरी अन्गाल्थिए|
उनलाई अंगाल्न मन छ, केहि बेरको लागि सास रोकियोस्, सास रोकिन रोकियोस् तर धड्कनको गति दोब्बर होस्, मिल्छ भने तेब्बर नै होस्, वरी परि सबै शान्त होस् अनि त्यो सन्नाटालाइ हाम्रो धडकनको ध्वनिले चीरोस, उनको शिर मेरो छातीमा होस्, मेरो छातीबाट निक्लिएको धड्कनको ध्वनिलाइ संगीत सम्झी उनि त्यसमै रमाउन्, हाम्रो हात एक अर्काको शरीरमा यसरि कस्सियोस जसरि जुगा छालामा तासिन्छ, धड्कन संगै हाम्रो सास पनि भारि होस्, धड्कनको ध्वनिमाथि सासले जित हासिल गरोस् अनि फलानोले के सोचला भन्ने डर माथि हाम्रो मायाको बिजय होस्| अनि यो पल केहि सेकेन्ड वा केहि मिनेटको नभएर, सास रहुन्जेलको होस्, मुटु नरोकिन्जेलको होस्| बिडम्बना, यथार्थ मेरो कल्पना जस्तो छैन|
आजको दिन कलेज आउने बिधार्थीलाइ भिन्न भिन्न वर्गमा छुट्ट्याउन सकिन्छ: पढ्न भनेर नै आएका, घर बस्न अल्छी लागेर आएका, साथि भेट्न आएका अनि कोहि प्रियसी भेट्न| म त्यो बर्गमा पर्छु जुन यहाँ उल्लेख छैन तर मैले आफै बनाए, त्यो बर्ग जो प्रियसी भेट्न आएको छ तर त्यो प्रियसी उसको साथि मात्र हो| यति दिन पछी भेटेको, पढ्ने मन न उसलाई थियो, म पढ्ने मान्छे नै हैन| आजको दिन क्लास भनेको नै क्यान्टिन भयो, बिहान देखि, कलेज नसकिने समय सम्म, क्यान्टिनमा गफ गरेर नै बसी रहयौ हामि|
त्यो दिन पहिलो दिन थियो, जब हामि क्लास bunk गरेर बाहिर गफ गरेर बसेका थियौ| म सधै जस्तो एउटा दुइटा क्लास bunk गर्थिए नै, उठौना नै भएको थियो, उनको पहिलो पटक हो| त्यो दिन सुरुवात थियो, त्यसपछि कहिले एउटा क्लास bunk अनि कहिले दुइटा भने कहिले सबै| खोलाले बाटो पायो, अब रोक्ने कसले? पहिले भन्दा धेरै समय बिताउन लागियो संगै| हामि बीचको सम्बन्ध अहिलेलाइ साथिको मात्र छ तर यो अन्याय हो, हामि माथि पनि अनि सम्बन्ध माथि पनि|
हामिलाइ चिन्ने कलेजमा जो जो थिए, चिन्ने भन्दा पनि, हामीलाई देख्ने कलेजमा जो जो थिए, उनीहरु सबैको लागि म र अपेक्षा सम्बन्धमा थियौ| म र अपेक्षालाइ देख्ने जो कोहिले पनि यहि नै ठान्छ| गल्ति उनीहरुको हैन, अनि गल्ति हाम्रो पनि हैन| यदि म तेस्रो व्यक्ति भएर हामीलाई हेर्दो हो भने, मैले पनि त्यहि नै सोच्थिए होला| अपेक्षालाइ पनि थाहा छ कि म उनलाई आफ्नो साथि मात्र ठान्दिन अनि हाम्रो सम्बन्ध साथीको मात्र हैन| यहि कुरा मलाई पनि थाहा छ, उनलाई मैले आफ्नो मानि सकेको थिए अनि साथि त केवल एउटा झुठ हो, सत्य हो त प्रेम| जब उनलाई थाहा छ कि म उनलाई माया गर्छु, मलाई पनि थाहा छ उनि पनि मलाई माया गर्छिन्, त्यसो भए किन हाम्रो सम्बन्धले मायाको इजाजत पाएको छैन? किन जहिले भावनालाइ लुकाएर बोल्नु पर्ने, किन जहिले चाहनालाइ संकोचको पर्दा पछाडी लुकाउनु पर्ने, किन हास्दा पनि बाधिएर हास्नु पर्ने|
सबै चिजको सहि समय हुन्छ भन्छन, त्यहि सहि समय पर्खेर बस्न रुचाएको हो मैले| अहिले सम्बन्धमा नहुदा त यति खुसि थिए म, यदि सम्बन्धको खुसि मेरो मनले सम्हाल्न सकेन भने| सम्बन्धसंग धेरै जिम्मेवारी पनि आउछ| केहि जिम्मेवारी अहिले अपनी बहन गर्दै छु तर सतर्क हुनु नै सबभन्दा ठुलो जिम्मेवारी हो जसको लागि सायद म तैयार थिइन| कलेज खुले पछी जुन एक महिना हामीले संगै बितायौ, हामीले यो एक महिनामा बिताएको समयले मलाई काबिल बनायो सबै जिम्मेवारीको लागि| अब सहि समय हो, सम्बन्धमा गासिने| फुल पनि फक्रिए पछी सुन्दर देखिन्छ, कोपिला चुताए पाप लाग्छ, पारिजातलाइ कसैले पनि बोटबाट नै टिप्दैन, माया पनि यस्तै नै हो|
कलेजको साथिहरु घुम्न जाने भइयो| जहिले क्यान्टिन, बास्केटबल कोर्ट र कप्यूटर ल्याबलाइ कति dating spot बनाउनु| Rose garden पुगियो सबै साथिहरु, सबै भन्नाले ४ जोडी, म र अपेक्षा लगायत| आज जसरि भए पनि अपेक्षालाइ प्रेम प्रस्ताभ राख्छु भनि ठानेको थिए, योजना सफल हुन्छ कि हुन्न केहि बेरमा थाहा हुन्छ|

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts