“ तिम्रो र मेरो भेट हुने दिन आउन लाग्यो है| पर्सिबाट कलेज, अनि भेट हुन्छ| really wanna meet you, ल अब मेसेज रिप्लाई नगर| Good night.” उनले फेरी पनि मेसेज गरिन्| मैले एउटा मेसेजको रिप्लाई नगर्दा, उनले लगातार तिन वटा मेसेज गरिन्| उनको मेसेजको सिलसिलाले यो प्रस्ट भयो कि, जुन आगो यता लागेको छ त्यो आगो त्यता पनि लागेको छ| मलाई मात्र हैन, उनलाई पनि गाह्रो हुने रैछ जब हाम्रो गफ पर्याप्त हुन्न| छटपटी उनको मनमा पनि हुदो रैछ| मायाको तृष्णा दुवैमा छ| मुर्ख म, यति सोच्न सके तर आफ्नो रिसलाइ काबु गर्न असफल भए|
“Good night” रिसमा मुछ्छिएर नै यति मेसेज लेखेर पठाए| उनले यस भन्दा अघिको मेसेजमा सक्दो भावना र माया राखेर पठाएकी थिइन्, अनि मैले जवाफमा, रुखो हुदै मेसेज गरे| मलाई मुर्ख भने नि हुन्छ, पानि भने नि हुन्छ तर… मायामा मान्छे अन्धो हुन्छ अनि रिसले मान्छेलाइ अन्धो बनाउछ| मलाई रिसले अन्धो मात्र हैन, बहुला पनि बनायो सायद| अंग्रेजीमा एउटा भनाइ नै छ, “Anger is one letter short of danger” लगभग त्यहि नै भएको छ अहिलेको स्थिति|
“सुतेको छैनौ? मेसेज रिप्लाई गरिनौ, सुतेउ होला सोचेको मैले|” फेरी उनको मेसेज आयो, मन पगाल्ने मेसेज|
“तिम्रो छेउमा कोहि होला भनि रिप्लाई नदिएको|” फेरि रुखो भए| चिसिएको मुटुलाइ मायाको न्यानोपनले पगाल्न खोज्छ तर सकेन|
“कहाँ हरेक बेला मान्छे हुन्छ र! त्यहि मिलाएर मेसेज गरेको अहिले बोल्नलाई|” मैले सोचे भन्दा भिन्न जवाफ आउदै छ उनको| म रिसाएको छु भनि उनले थाहा नपाएकी हो?
“तिम्रो त हरेक बेला हुन्छ|” सक्दो जताउन खोज्दै थिए, म रिसाएको छु भनि|
“फोन गरौ? एकछिन बोलौ न|” यति दिन मेसेजमा कुरा गरेर चित्त बुझाएको थिए, उनले फोन गरौ सोध्छिन्| नाइँ भनौ भने मन छ, हुन्छ भनौ भने रिस मरेको छैन| केहि रिप्लाई गरिन मैले|
रिप्लाई नगरेको हैन, दुइ तिन मेसेज टाइप गरे तर मेटे| रिसको झोकमा नानाथरी लेखेर भोलि पल्ट टाउको समात्नु पर्ला भनि मेसेज नपठाएको| मोबाइल लक गरे, सिरानी छेउमा मोबाइल राखे, अर्को कोल्टो फेरे अनि मनमा कुरा खेलाउदै सुत्न खोज्दै थिए| निन्द्रा लागेन, मोबाइलमा इयरफोन जोडे, अनि कानमा इयरफोन ठुसे, संगीत पनि सम्भोग जस्तो लाग्न थाल्यो, गित पनि सुन्न सकिन|
यत्तिकैमा मोबाइलको लाइट बल्यो| अरु बेला भएको भए साउण्ड आउथियो, इयरफोन जोडेकाले आवाज आएन| मेसेज आएको थियो| मेसेज अपेक्षाको| पढिन मेसेज| खोल्दा पनि खोलिन| एकछिन पछी मोबाइलमा भाइब्रेसन् भयो| अपेक्षाले नै फोन गरेको| बोल्ने mood थिएन| मनमा भार थपिदै गयो र सायद जिउ थाक्यो यसै कारणले, निदाएछु|
रातको २ बजे निन्द्रा खुल्यो| रिस मरि सकेको थियो| अपेक्षाको मेसेज खोले|
“मलाई थाहा छ, अचेल हाम्रो कुरा पनि कम हुन्छ| के गर्नु, अचेल यस्तै हुदै छ| यता कस्तो हुन्छ के हुन्छ तिमीलाई कसरि बुझाउ मैले| नमिलेर, नचाही नचाही तिमिसंग टाढा भएको छु| टाढा भएको पनि हैन, टाढा लागेको मात्र हो| तिमीलाई कति miss गर्छु म, कुन बेला बोलौ हुन्छ, कहिले भेट्ने भइसक्यो| तर मिल्दैन के गर्नु? मिलेको बेला मेसेज गर्छु| मलाई कुन बेला सबै जना सुत्नु होस् जस्तो हुन्छ, अनि तिमीलाई मेसेज गरु जस्तो हुन्छ| मलाई फकाउन आउदैन, नरिसाउ| अभ पर्सि भेटि हालिन्छ नि| त्यो दिन सम्म नरिसाउ है|” उनलाई फकाउन साच्चिकै न आउने रैछ| तर कुरा के भने नि, फकाउने मान्छेले जसरि फकाए पनि रिस मर्छ| रिस मर्यो मेरो|
“म रिसाएको हैन, सन्चो थिएन| सरि, तिम्रो mood अफ गरे मैले|” यति लेखेर पठाए|
“के भयो? औसधि खायौ?” अपेक्षाको मेसेज आइहाल्यो| उनि अहिले सम्म पनि सुतेकी रैनछ| किन नासुतेकी रैछिन्| यहि सोधे उनलाई| मेरो मेसेज नआएर चिन्ता लागेछ, निन्द्रा त्यहि भएर नलागेको के उनलाई| एकछिन मेसेजमा बोलचाल र सबै समाधान भयो| फेरी पनि भावनाको कुरा हुन लाग्यो|
“ल सुत अभ| भोलि बेलुका मेसेज गर्छु|” यति भनेर उनि सुत्न गइन्| भोलिको दिन पनि त्यसरी नै बित्यो र कलेज पुग्ने दिन पनि आयो|
बिहान उठे, चिटिक्क परे, अनि कलेज पुगे| अपेक्षा मेरो अघि
