Part 15

Rose garden, त्यसै बदनाम भएको हैन| यो पार्क भित्र खुट्टा टेक्ने बित्तिकै, केहि यस्तो दृश्य हेर्न पाइन्छ, जुन हाम्रो देश वा मानसिकता भन्दा निकै भिन्न छ| “SEX” यो देख्न पाइन्छ भनेको हैन तर यो यस्तो शब्द हो जसको मतलब सबैलाई थाहा छ तर अरुको सामु, अझै खुलेर भन्नु पर्दा, आफु भन्दा ठुला बडाको अगाडी भन्नु पर्दा, न उहाले भन्न सक्नु हुन्छ न हामीले| हामि यस्तो व्यवहार गर्छौ कि sex भन्ने शब्दको कुनै अस्तित्व नै छैन, बोले भने पाप लाग्छ र यो भ्रम हो| संकोच भन्ने कि सम्मान|
Rose garden पनि केहि यस्तै छ| दुइ भागमा छुट्टिएको छ यो ठाउ| कुनै सिमानाले छुट्ट्याएको हैन तर … कसले छुट्टयाओ भनि मैले भन्न जानिन, बुझ्ने जिम्मा हजुरहरुको| देखिने सिमाना कुनै छैन पार्क भित्र, छ त दुइ खालका मान्छेहरु, पहिलो जो परिवारसंग आएका छन् वा बनौ जोडी नै भए पनि केहि दुरी छ उनीहरु बीच, मनको दुरी हैन तनको दुरी| अर्को बर्ग यस्तो छ, जसमा जोडी मात्र छन्| मनको थाहा भएन, तर शारीरिक दुरी भने कहिँ देखिन उनिहरुमा| कोहि काखमा छन् भने कोहि अँगालोमा, कोहि अँगालोमा छन् भने कोहि चुम्बनमा| कहिले काही आखा नै छोप्नु पर्ने अवस्थामा पनि देखिन्छन् जोडी हरु|
हामि साथिहरु गएका थियौ, तर त्यहाँ गएपछी सबै एउटा एउटा ठाउ खोजेर भिन्न बस्न पुगेउ| बाकि ३ वटा प्रेम जोडी नै थियो, म र अपेक्षाले अहिले सम्म प्रेमको प्रमाण पत्र लिन बाकि थियो| प्रेमको प्रमाण पत्र नभए पनि, हामिलाइ कुनै आपत्ति थिएन, यहाँ आएर एक अर्कासंग एकान्तमा समय बिताउन| हामि बसेको ठाउबाट वरीपरि हेरे, अघि मैले जे जे उल्लेख गरेको थिए, त्यो सबै देखे| प्रेम देखाउने र भावना लुकाउने युग हो हजुर यो, मुटु ढिलो जोडिन्छ अनि ओठ पहिले, यस्तै हुन्छ यहाँ जहाँ जीवन बिताउने प्रियसी हैन, शुन्यता पन्छ्याउन प्रेमको सहयोग लीइन्छ|
तर हामि बीचको सम्बन्ध भिन्न छ| हामीले भावना लुकाएर नै हो प्रेम पनि लुकेको छ, मुटु जोडिएको छ, ओठ जोडिएको कल्पना गरेको छैन मैले, मलाई यस्तो प्रियसी चाहिएको हो, जसले मलाई पुरा मात्र हैन, मैले पनि उनलाई पुरा गरौ| हामि एक अर्काको प्रतिबिम्ब हैन, एक अर्काको पुरक हौ| एक अर्काको प्रभावले जति खुसि हुन्छौ, अवाभले त्यति नै सताओस्| अब धेरै भन्दिन, भावना धेरै बग्नु हुन्न, नत्र समाचार बनिन्छ|
अपेक्षा मेरो छेउमा छिन्, हामीले न एक अर्काको हात समाएका छौ न एक अर्काको अँगालोमा छौ| एक अर्काको आखामा पनि हेरेका छैनौ| थोरै लाज छ दुवैको अनुहारमा| यहाँ भेट्नु भन्दा कलेजमा भेटेको बै हुन्थियो सायद, यहाँ दुबैलाई अप्ठेरो महसुस हुदै छ| मलाई झन् धेरै अप्ठेरो महसुस हुदै छ| मेरो भावना म भित्र नै कैद छ, भावनाहरु नेपाल बायु सेवा भएको छ, आफ्नै हो तर उडान भर्न डर लाग्ने|
“कति धेरै मान्छे है?” किन थाहा छैन, तर मुखबात निक्ली हाल्यो|
“आज त अलि कम हुन्, अरु दिन झन् धेरै हुन्छन|” सोचेको भन्दा भिन्न जवाफ उनको|
“तिमि सधै आउने हो र?” मैले यस्तो जवाफ दिन नहुने थियो| कहिँ उनको चरित्र माथि प्रश्न गरेको सोचिन् भने उनले|
“सधै आउनलाइ के यो मन्दिर हो? मन्दिर त सधै जान्न|” उनले मेरो प्रश्नको जवाफ यसरि दिइन् जहाँ मैले जवाफ पाए पनि अनि पाइन पनि|
“के भएको भए चाही सधै आउथियौ नि यो ठाउ?” हामी बीचको गफ, chessy लाग्न सक्छ, तर मेरो लागि मिठास यसमै छ|
“यति भिड नहोस्, मान्छे थोरै हुन्, झिलीमिलि बत्ति होस्, अनि मज्जाले सजिएको होस्, मलाई मन पर्ने फुल नै फुल होस् अनि मात्र आउथिए होला|” अपेक्षाले यसरि भनिन् कि, यो कुनै पार्क नभएर बिहेको मण्डप होस्|
“तिमीले भनेको जस्तो सबै हुन्छ र? अनि यति सबै कसले गर्छ? ल यति गरे पनि आउथिए होला रे, आइनौ भने नि|” गफको सिलसिला अघि लगे मैले|
“यति गर्ने मान्छे भेटे भने त मान्छे मात्र भए पनि आउथिए होला|” अपेक्षाले जिस्किदै, भनिन् र आफ्नो टाउको मेरो काधमा हालिन्| एक चोटी चाही आंग नै सिरिङ्ग भयो|
“त्यसैले आज म संग आएको हो?” म यहि मौकाको खोजिमा थिए र मनको कुरा राखे उनि सामु|
“जे पायो त्यहि|” ५ सेकेन्ड भएको थियो उनले मेरो काधमा टाउको राखेको, हटाइ हालिन्|
“जे पायो त्यहि चाही किन? मैले के गलत बोले?” नबुझेको सोधे तर रुखो भए सायद|
“हामि साथि मात्र हौ, त्यस्तो केहि नसोच|” यति भन्दै, फेरी पनि मेरो काधमा टाउको राखिन् अनि आफ्नो दुवै हातले मेरो हात समाइन्| उनलाई बुझ्न नै सकिन मैले| यदि साथि मात्र हौ भने किन यसरि नजिकिनु अनि किन फेरी यसरि हात समाउनु अनि फेरी किन यसरि मेरो लागि समय निकाल्नु| उनले म बात अझै प्रयास हेर्न चाहेकी हुन् कि क भनि बुझ्न झनै गाह्रो|
“मैले साथि मात्र बन्न चाहिन भने नि?”
“चाहेको सबै कुरा पाइन्छ र?”
“मैले जिद्दी गरे भने नि?”
“हामि यति राम्रो साथि छौ, why do you want to ruin all of this?”
“ Ruin चाही कसरि हुन्छ? म तिमीलाई मन पराउछु| त्यो तिमीलाई पनि थाहा छ अनि अरु साथिहरुलाइ पनि| तिमि मलाई मन पराउदैनौ र?”
”मन पराउनु र माया गर्नुमा फरक छ!”
“मन नपराई माया हुन्छ र?”
“मन पराउने बित्तिकै माया हुन्छ र?”
“म माया गर्छु तिमीलाई, तिमीले पनि गर्छु थाहा छ, but why are you afraid to accept it?”
“मैले माया गर्छु भन्ने पनि तिमिले नै निर्णय लियौ अनि तिमीले माया गर्छौ भन्ने निर्णय पनि तिमीले आफै लियौ| सबै आफै गर्ने रैछौ, relation मा पनि आफैसंग बसन|”
“तिमि के हो के! भएको मायालाइ पनि नकार्न खोज्छु|”
“जबरदस्ती गर्दैमा माया हुन्छ र?”
“माया कुन बेला हुन्छ त्यसो भए?”
“मलाई पनि थाहा छैन|”
“जब केहि थाहा हुन्न नि, थाहा भएको मान्छेले भनेको मान्नु पर्छ|”
“त्यस्तो चाही कहाँ लेखेको छ?”
“मैले भने नि|”
“फेरी पनि तिमीले भन्दै छौ, मैले भनेको हो र?”
“त्यहि त, तिमीले केहि नभनेपछी मैले भन्नु परेन|”
हामि बीच भएको हरेक शब्द उल्लेख गर्ने हो भने, कथाको भाव हराउछ, जसरि हामि बीच भाव हराउदै थियो| मैले कोशिश गरे तर बुझ्न सकिन, आखिर उनले किन नकार्दै थिइन् हाम्रो सम्बन्धलाइ| तर म सफल चाही भए, तर प्रतिफल बिनाको सफलतालाइ सफलता भन्न मिल्छ कि नाइँ?
“ I love you but my life is way more complex than you think” उनले माया कबुल गरिन्|
“ We will overcome them, संगै हुन्छौ हामि अनि संगै सबै हल गर्नु पर्छ|” मैले उनलाई सम्हाल्न खोजे|
“यसरि हुन्न, i need some time|” उनले यति भन्दा नाइँ भन्न सकिन मैले र त्यो उचित पनि हुन्थिएन| समय मागिन् उनले तर कति दिन? हाम्रो कलेजमा बिदा थियो ३ दिनको|
“अभ भेट्दा जवाफ संगै भेट्नु पर्छ है|” उनलाई घुमाउरो तरिकाले समय तोकिदिए र त्यो दिन यसरि नै छुट्टियौ हामि|

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts