“अभ भेट्दा जवाफ संगै भेट्नु पर्छ है|” उनलाई घुमाउरो तरिकाले समय तोकिदिए र त्यो दिन यसरि नै छुट्टियौ हामि|
मैले ३ दिन भनि उनलाई भने तर उत्सुक मन मेरो, आफ्नु मनलाई कहिले सम्हाल्न काबिल भइन म| घर पुगेको ३ घण्टा भएको थिएन, कहिले तिन दिन बित्छभनि सोच्न लागे| चुलबुले म, चन्चले मेरो मन, चक चक नगरी कहाँ मान्छ| अपेक्षाले सहमति जताएकी थिइन, तर मलाई उनको सहमति लिनु पर्छ भन्ने पनि बोध थिएन|
अपेक्षाले हुन्छ भन्छिन्, त्यसपछि सुरु हुन्छ हाम्रो सम्बन्ध| बिदा पछी कलेजमा हाम्रो भेट हुन्छ, उनले मलाई हेरेर मुस्कुराइन् अनि त्यसपछि मैले मुस्कुराए| म धेरै नै मस्किए छु सायद, “धेरै मस्किनु पर्दैन” उनले भनिन्| मस्किनु केहि थिएन मेरो खुसिको सामु, म यति खुसि थिए, यति खुसि, चाउचाउमा दुइटा मसला पर्दा पनि त्यति खुसि भएको थिइन| यति मख्ख थिए कि, खुट्टा भुइँमा छैन भन्दा गलत हुन्न, दुबै हात खल्तीमा हालेर मस्किदै उनको छेउमा हिड्दै थिए| कलेज सकिए पछी हामि फेरी पनि rose garden गयौ| तर यो सबै मेरो कल्पना हो| आफ्नो कोठामा झ्याल तिर हेर्दै टोलाउदै रैछु अनि कल्पनामा हराएको रैछु|
“केहि सोचेउ?” आफुलाई थाम्न सकिन र उनलाई मेसेज गरे| उनको फोन आयो|
“मैले के सोच्नु पर्ने छ र?” उनले सोधिन्|
“ मैले अघि तिमीलाई के भनेको थिए? त्यसको जवाफ सोचेउ?” मैले लाज पचाएर नै सिधा शब्दमा प्रश्न गरे|
“तिमीले मलाई प्रश्न सोधेको हो र जवाफ सोच्नलाइ?” उनको जवाफ, रुखो हो कि हैन भनि ठम्याउन गाह्रो पर्यो| उनले अहिले जवाफ दिन्नन भनि बुझे र अरु कुनै बिषयमा गफ अघि लगे| तिन दिनको बिदामा हामि दुबैले के के गर्छौ भनि हामि दुबैले एक अर्कालाई बतायौ| आज कलेजमा, उनको क्लासमा, के के भयो भनि उनले सबै बताईन्| फोनमा कुराकानी यहि सकियो तर जब जब फोन हुन्थियो हामी बीच, यहाँ मेसेज भए पनि, मैले उनलाई सोधी हाल्ने “सोचेउ” भनेर|
उनले सुरुको ५ ६ चोटी सम्म जिस्केर नै कुरा अर्कै तिर मोडिन्| तर उनको सहन शक्तिको सिमा कट्यो सायद या उनलाई मैले वाक्क बनाए, “सोचेउ” भनि सोधेको मात्र के थिए, यति नमज्जाको जवाफ भेटे मैले, म चुप नै भए त्यसपछि| “के सोचेउ सोचेउ हरेक बेला? हरेक एक घण्टामा मेसेज गर्छौ, फोन गर्छौ, अनि सोध्छौ सोचेउ भनेर| म चाही मख्ख हुन्छु बोल पाइने भयो भनेर अनि उ चाही जुन बेला पनि त्यहि सोचेउ सोचेउ भनि| त्यस बाहेको अरु कुरा छैन? अरु गफ गर्न आउदैन? ल मैले सोचेको छैन रे| सोच्दिन रे| के गर्छौ भन?….” अरु पनि के के भनि भनि उनले| उनको यो रुप पहिलो पटक देखेको हो मैले र अन्तिम पनि होस्| अब त जिन्दगि उनलाई रिस उठाउन्न नत्र काचै निल्छिंन् उनले, कर्याप पारेर| उनले यति भनेपछी, केहि बेरको लागि मौनता छायो, उनले बोल्नु बोलेकी थिइन् र मसंग बोल्नलाइ शब्द र आट, दुवै मध्य केहि थिएन|
“के भयो? किन चुप?” आफैले त्यति झपारिन्, अनि आफैले प्रश्न गर्दै छिन् किन चुप भनि| त्यति बचन सुनेर केहि शब्द कसरि अओस् मेरो ओठमा| त्यति झपारेर पनि पुगेन उनलाई, यो प्रश्न झनै रुखो स्वरमा सोधेकी थिइन् उनले|
“केहि हैन, केहि भाको छैन|” कनि कनी यति शब्द बोल्न सके|
“भन अनि|” दुइ सेकेन्ड अघिसम्म त्यस्तो रुखो उनको बोलि, अहिले फेरी यस्तो मिठास, उनलाई बुझ्न गाह्रो नै छ|
“के भनु, केहि छैन|” म केहि सोच्न सक्ने स्थितिमा नै थिइन, उनले झपारेको झझल्को आउदै छ आखा अगाडी|
“केहि भन्ने कुरा छैन भने फोन राख|”उनिसंग बोल्नु भनेको इमिली बम्ब भन्ने चकलेट खानु जस्तै हो, कुन बेला कस्तो झट्का लाग्छ थाहा छैन| फेरी एक्कासी रुखो भइन् उनि| मलाई पनि झनक्क भयो र फोन राखिदिए|
त्यो रात कुरा भएन| न मैले मेसेज गरे न उनले| न मैले फोन गरे न उनले| उनको फोन न आए पनि, याद चाही रात भर नै आइ रहयो| मैले उनलाई अनायासै रिसाउन बाध्य बनाएको हो| थोरै पनि बुद्धि रैनछ मेरो| के चुल मचेको मलाई र हरेक बेला त्यहि प्रश्न सोधेर उनलाई बिच्काउनु पर्ने| निदाए त्यो रात|
भोलि पल्ट बिहान निन्द्रा खुल्यो, अनि आखा खोल्ने बित्तिकै मोबाइल चलाउने बानि| अनलक गर्ने बित्तिकै अपेक्षाको मेसेज देखे र खोले| “sorry, मेरो mood off थियो हिजो| तिमीलाई त्यसरी भन्न हुन्थिएन| आज भेट्ने हो?” यहि लेखिएको थियो मेसेजमा|
दिउसो १ बजे भेट्ने निश्चित भयो| तैयार भएर १२:३० मा निक्लिए घरबाट..
