दिउसो १ बजे भेट्ने निश्चित भयो| तैयार भएर १२:३० मा निक्लिए घरबाट| निश्चित समय भन्दा केहि ढिलो भयो, ठ्याक्क भन्दा १६ मिनेट ढिलो पुगे| अपेक्षा रिसाएर बसेकी होलिन्, उनलाई कसरि फकाउ भनि सोच्न लागि सकेको थिए, उनि म भन्दा ढिलो आइन्|
“हेरन हिड्ने बेला दाइको फोन आयो| अर्को महिना आउनु हुन्छ रे|” धेरै नै बाठी हो अपेक्षा, मैले किन ढिलो अभ्नी सोध्छु थाहा थियो उनलाई, मलाई सोध्न र रिसाउन कुनै बाटो नराखी उनले बोलिन्|
“तिमि र दाइ संगै यहि बस्ने हैन र?” अस्ति भर्खर मेरो फोन उनकै दाइले उठाएको हो, फेरी दाइ एक महिना पछी आउने भनिन् उनले, बुझ्न गाह्रो भयो र उनलाई सोधे|
“हैन नि, दाइ यहाँ बस्नु हुन्न| अस्ति त भेट्न आउनु भएको| यहाँ म साथिहरुसंग बस्ने हो|” उनले प्रस्ट्याइन्|
संगै बसेर हावा मिठाइ खादै थियौ हामि| उनले आफ्नै हातले मलाई खुवाए हुने नि| मेरो हिम्मत पनि हावा मिठाइ जस्तो भएको छ, उनको सामु पर्ने बित्तिकै गायब हुने| औला नि जिब्रो दुवै रातो भयो हावा मिठाइले| उनले अचानक भेट्ने प्लान बनाएकी हो, किन उनलाई मात्र थाहा छ| उनले भेट्न बोलाउदा आउन्न भन्नु मेरो मुर्खता हुने थियो| एकछिन सम्म त्यहि बेन्चमा बसेर गफ गर्दै गयौ|
“आज अचानक भेट्ने प्लान बनायौ|” सक्सक् लागि राखियो, सोधे उनलाई|
“भेट्नलाइ पनि कारण चाहिन्छ र?” जवाफ नदिएर प्रश्न दीइन्| अब यसको उतार के फर्काउने फेरी मैले|
“कारण बिना भेट्नलाइ त हक चाहिन्छ हैन?” हिजो उनले झपारेकी थिइन् तर म आज फेरी त्यस्तै कुरा गर्दै छु|
“हक? अनि तिमीमा मेरो हक लाग्दैन?” फेरी अर्को प्रश्न उनिबाट|
“तिम्रो मात्र लाग्छ| यस्तो चाही भन्न अलि नमिल्ला तर जति चाहन्छौ त्यति हक जताउन सक्छौ| तिमीमा मेरो हक लाग्छ?” मैले उनको प्रश्नको जवाफ दिए अनि मैले नि प्रश्न गरे| यसरि गरिन्छ बार्तालाप, कहाँ प्रश्न माथि प्रश्न गरेर हुन्छ बार्तालाप| गफ गर्दा मनमा केहि नराखी गर्नु पर्छ अनि ट्वाइलेट गर्दा पेटमा केहि नराखी, नत्र पछी आफैलाई गाह्रो हुन्छ|
“मैले लाग्दैन भनेको छु?” फेरी प्रश्न आयो उनीबाट|
“लाग्छ पनि भनेउ र?” म पनि के कम, उनि जसरि नि जवाफ फर्काउन लागे|
“लाग्छ| अब भने| भयो?” उनिबाट यति सुन्न म यति तड्पिएको थिए तर अहिले सम्म पनि उनले मेरो माया स्वीकारेकी थिइन|
“अनि हक लाग्ने मान्छेसंग जिद्दी गर्न पाइन्छ कि नाइँ? वाक्क दिक्क बनाउन पाइन्छ कि नाइँ?” मैले प्रश्न गरे|
“खै पाइन्छ होला|” उनको जवाफ|
“खै हैन, कि पाइन्छ भन कि पाइन्न भन|” पेन्डुलम जस्तो दुवै तिर डुल्ने जवाफ चाहिएको छैन मलाई, त्यसैले सटिक प्रश्न गरे|
“पाइन्छ|” उनको जवाफ एक शब्दमा आयो र मैले खोजेको जवाफ नै यहि थियो|
“त्यसो भए हिजो किन रिसाएकी?” मैले अघि पनि भने, पेन्डुलम हुनु छैन| त्यसैले मैले फेरी पनि हिजैको प्रसंग निकाल्दै छु|
“म एक्लै रिसाएकी हैन, तिमि पनि रिसाएको थियौ| अनि किन रिसाएको भनि तिमीलाई राम्ररि थाहा छ| अनि अब हिजो को कुरा नगर, मलाई माफी माग्न आउदैन| हिजै सरि भन्न खोजेको थिए तर आएन| त्यसैले आज भेट्न बोलाएको|” उनले मनको भावना बल्ल खुलेर व्यक्त गर्दै छिन्|
“ल हिजोको कुरा गर्दिन तर हक छ भन्छौ| हक जताउन पनि मिल्छ भन्छौ| तर जवाफ किन दिन्नौ?” मैले पिछा छाडिन|
अपेक्षा: “तिमि बुझ्दैनौ|”
म: “तिमीले बुझाउने कोशिश नै गर्दैनौ|”
अपेक्षा: “मलाई थाहा छ तिमि बुझ्दैनौ| त्यसैले यो कुरा नगरौ|”
म: “तिमीले पनि मलाई मन पराउछौ भनि मैले हिजो भन्दा तिमीले के भनेको थियौ याद छ? म बुझ्छु कि बुझ्दिन भनेर तिमीलाई के थाहा अनि कसरि थाहा?”
अपेक्षा: ”यहि कुरा गर्ने भए म जान्छु|”
म: “मबाट पर जान खोजेको कि हाम्रो मायाबाट? भावनाबाट भाग्न खोज्दै छौ कि प्रश्नबाट?”
अपेक्षा: “म तिमीलाई नाइँ भनेर , आफुबाट पर बनाउन सक्दिन|”
म: “त्यसो भए आफुसंगै मन भित्र राख|”
अपेक्षा: “म त्यसो गर्न पनि सक्दिन|”
म: “एउटा कुरा बुझ, तिमीले नाइँ भने पछी म तिमीसंग नबोल्ने, तिमिबाट पर जाने हुन्न| हामि साथि हौ र रही रहन्छौ तर तिमीले मलाई माया गर्छौ कि नाइँ भन्नै पर्छ|”
अपेक्षा: “i love you but,…. म तिम्रो माया स्वीकार्न सक्दिन| तिमि राम्रो मान्छे छौ| मसंग पनि जहिले राम्रो व्यवहार गर्छौ, तर म तिम्रो लायक छैन र हाम्रो भबिस्य पनि छैन| मेरो अतित,मा जे जे भयो त्यसले म तिमीलाई स्वीकार्न सक्दिन किन कि न तिमि खुसि हुनेछौ, अनि तिमिलाइ दुखि बनाएर म कसरि खुसि हुन सक्छु….”
उनि अझै बोल्दै गइन्| उनले मलाई माया नगर्ने हैन तर उनि आफै अन्योलमा छिन्| यो अन्योलता किन र कस्तो भने थाहा छैन| उनले जति जे भनेपनि अर्थ मैले अघिनै बुझी सकेको छु| उनलाई मेरो माया र साथ मात्र हैन, भरोसाको पनि जरुरत छ| उनलाई भरोसा दिलाउनु छ कि हामि संगै हुन्छौ, खुसि हुन्छौ र माया सधै भरिलाइ हुन्छ| उनलाई थप केहि बोल्न नदिएर मैले आफ्नो ओठ उनको ओठमा जोडे र उनको शब्दमा रोक लाग्यो|
