Part 18

उनलाई थप केहि बोल्न नदिएर मैले आफ्नो ओठ उनको ओठमा जोडे र उनको शब्दमा रोक लाग्यो| ओठ माध्यम बन्यो| ओठ हुदै एक अर्का प्रतिको भावना, एक अर्कामा साटासाट सुरु भयो| त्यो पलको आयु कति थियो भनि नसोध्नु मलाई| म त्यो पलमा बाच्दै थिए| एउटा भिन्न दुनियामा बाच्दै थिए| अनि त्यो दुनियामा समयको आविस्कार नै भएको छैन| आविस्कार भएको भए पनि त्यो प्रयोगमा आएको छैन| किनको समयले लगाम लगाउन खोज्छ| मायामा लगाम लगाएको कसैलाई मन पर्दैन| तो दुनिया र त्यो दुनियामा धेरै अन्तर छ| त्यो दुनियाबाट फर्किएर फेरी यो दुनियामा आउनु पर्ने| फर्कियौ दुवै|
आखा बोल्दै थियो, हामि चुप थियौ| शब्द जरुरि भएन भावना साट्न| सुरुको केहि पल निकै असजिलो भयो| कहिँ केहि गल्ति गरिएन नि? कहिँ यो सुरुवात त हैन सम्बन्धको अन्त्य को? हत्या भएको त हैन नि? हत्या त्यो सम्बन्धको जुन पाठेघरमा नै थियो| तर जब सुरुवात आखाले गर्यो| सुरुवात भावना साट्ने| त्यसपछि सबै ग्लानिको पाइला मेटिदै गयो, जस्तै हाम्रो सम्बन्ध डुंगा हो| उनि मेरो काधमा अडेस लागेर बसेकी छिन्| आफ्नो औलाहरुलाइ मेरो हत्केलाको भ्रमणमा लग्दै थिइन् उनि| कुनै बखत फेरी आफ्नो औला बीच मेरो औला राखेर कसेर समात्ने उनले| उनले आफ्नो भावना जिकिर गर्ने खोज्दै थिइन्| माध्यम पाएकी थिइन उनले|
यो पल कहिले नसकियोस् भन्ने सोच न आएको हैन मेरो दिमागमा| तर त्यो दुनिया र यो दुनिया फरक छ| यो दुनियामा समय छ र समय महत्वपूर्ण छ मान्छेको जीवनमा| ६ बज्यो| उज्यालोले हार मानेको थिएन तर अन्धकारले आफ्नो पकड बलियो बनाउदै थियो| केहि मिनेट, अनि अन्धकारको जित हुनेछ|
“अब घर जानु पर्छ|” मोबाइलमा टाइम हेर्दै उनले भनिन्|
थोरै हासे| उनको निधारमा सानो चुम्बन अनि उनको आखामा हेर्दै, आखाले नै सहमति जनाए| मैले नबोलेपनी उनले मेरो आखाको इशारा बुझिन्| उनि जुरुक्क उठिन्| मेरो हात समाइन्, थोरै बल लगाएर मलाई पनि तानीन् अनि उठाइन्| पार्कबाट सुरुमा उनको घर अनि त्यसपछि मेरो|
दैनिकी फेरियो हाम्रो| जहिले मेरो extra क्लास सुरु भयो| साच्चिकै हैन| घरमा यहि भनेको थिए| अनि यो समयमा उनको साथिको घरमा हुन्थियौ हामि| हामि दुइ संगै हुने अनि बाकि साथिहरु कहिले को अनि कहिले को| पढ्नलाइ यस्तो गरेको हो| पढ्न उनलाई मन थियो| म भमरा, फुलको पछी लागेको मात्र हो म| सम्बन्धमा केहि बदलिएको छैन| हक अहिले पनि लाग्छ मेरो उनीमा| एक अर्कालाइ समय, साथ्, अनि माया दिदै छौ तर सम्बन्धलाइ एउटा नाम दिएको छैनौ|
एकदिनको प्रसंग हो| ७ बजेको थियो| हैन ७ त| ७:१५ मा मा साथीकोमा पुगेको थिए| त्यहाँ गएको एक घण्टा चाही पक्का भएको थियो| लगभग दुइ घण्टा नै भने पनि हुन्छ| सायद ९ बजेको हुनुपर्छ| ६:३० तिर साथीको फोन आयो| “आज मेरो बर्थडे पार्टी छ| चाडै आइज|” साथीले यति भनेपछि म साथीको पुगेको थिए| त्यहाँ जानु अघि उनलाई मेसेज गरे| सबै भने|
“धेरै नखाउ है|” उनले यति भन्दै इजाजत दिएकी थिइन्|
७:१५ देखि ९ बजे सम्म कति पेग पिए याद छैन| याद गर्न कसले पिउछ र| पिउछु भुल्नलाइ अनि रम्नलाइ| त्यहि नै गर्दै थिए| उनले थोरै मात्र भनेकी थिइन्, मैले हुन्छ पनि भनेको थिए| खाएको थोरै जस्तो लाग्छ तर नशाले तिरीमिरि बनाइ सकेको थियो| झ्याप भएको बेला, गफ अनेक थरि| गफ म तिर मोडियो|
“अहिले सम्म पनि yes भनेको छैन तलाइ?” “यसरि झुल्नु हुन्न| कुरा fix गर|” साथीले भुट्नु भुटे र उनीहरुको शब्द मेरो मनमा बिझ्यो| अपेक्षालाइ फोन गरे| साथीहरु पनि छेउमा थिए| जति रक्सि धोके पनि, के गर्नु हुन्छ के गर्नु हुन्न थाहा थियो उनीहरुलाई| मलाई लाउड स्पिकरमा फोन गर्न लगाएर उनिहरु चुप भए|
“”I love you.. आज तिमीले love you too भन्नै पर्छ|” जिद्दी गर्न लागे फोन गरेर|
“यस्तो कुरा फोनमा हैन, भेटेर गर्नु पर्छ| भोलि भेटेर कुरा गरौ न है|” उनि पन्छिन खोज्दै थिइन्|
“अहिले भेट्न जा, बैक छदै छ नि|” साथिहरुले चढाउन लागे| उनीहरुले सहयोग गर्न खोजेको हुन्| तर रक्सिको मातमा कुनै निर्णय सहि हुन्न अनि कुनै निर्णय गलत|
“म अहिले भेट्न आउदै छु| कहाँ छौ भन|” साथिहरुको लै लैमा लागे म|
अपेक्षाले सुरुमा हुन्न नै भनेकी हो” “यस्तो हालतमा आउनु पर्दैन|” पनि भनेकी हो उनले| तर मैले माने पो| मैले माने पनि रक्सिले नमान्ने, अनि रक्सि खाएको साथिले झन् कहाँ मान्थिए र| उनले मलको नाम भन्नु नै पर्यो| त्यहि भेट्ने भइयो|
साथिको बाइक स्टार्ट गरे| हेल्मेट लाउनु पर्छ भनि चेतना बाकि नै रैछ| उनलाई भेट्ने उत्सुकता| आफुलाई सम्हाल्न गाह्रो भएको बखतमा बाइक चलाउदै थिए| गति ६० को वरी परि हुनुपर्छ| अगाडी speed breaker| गति ६०| ब्रेक लगाउनु पर्ने| चेतना भएन ब्रेक लगाउने| handle समातेकोले म खासै उफ्रिन तर साथि भने ३ फिट माथि उडेको हुनुपर्छ| “ऐया” उसले यति भन्यो, र उसलाई हेर्न पछाडी फर्किए| उ बाइकमा नै थियो र म ढुक्क भए| ढुक्क हुदै अगाडी हेरेको मात्र के थिए| बाइक सडकबाट तल पुगीसकेको| सम्हाल्न सकिन र अगाडी खाल्डोमा परेर बाइकअनियन्त्रित भयो| बाइक एक तर्फा हामि एक तर्फ| गति धन्न गह्टर ३५ ४० तिर पुगेको थियो|
उठ्न सकेको छैन| खुट्टा हेर्छु, खुट्टामा//

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts