खुट्टा हेर्छु, खुट्टामा कुनै चोट छैन| पाइन्ट च्यातिएको छैन| थोरै धुलो छ| पाइन्ट उठाए| बल्ल घाउ देखियो| पिल्सिएर निलो भएको थियो घुडा मुनि| केहि भागमा तछारिएको दाम अनि केहि ठाउमा कोरिएको जस्तो धाउ पनि देखे| तर त्यो घाउले त्यति तक्लिफ दिएको थिएन| दुखाइ घुडामा महसुस गर्दै थिए तर त्यहाँ कुनै चोट वा दाग देखिन| हड्डी भएकोले दुखेको हुनुपर्छ भन्ने आकलनमा जसो तसो उठे| साथि अलि पर थियो|
साथी अहिले सम्म उठेको थिएन| उसलाई धेरै चोट लाग्यो कि के? हेल्मेट मैले लगाएको थिए, उसले थिएन| कहिँ टाउकोमा चोट लागेर बेहोस भएन नि? हत्तारिएर उ तिर गए| दौडिन सकिन, सक्दो चाडै पाइला चलाए| उसको अघि पुगे| हास्दै छ उ| आफुलाई चिन्ता लागेको, उ हास्दै छ| धन्न केहि भएको रैनछ उसलाई| “भुंग भयो|” भनेर हास्दै छ| उसलाई उठाए, बाइक पनि| बाइकलाइ एक फेर हेरे, साइड लाइट भाचिएको, अनि केहि scratch हरु| ब्रेक पनि थोरै बांगीएको रैछ, चलाउदा थाहा भयो| मल पुगेउ हामि|
दोस्रो तल्लामा थिए अपेक्षा अनि उनको साथि| हिड्न गाह्रो भएको तर उनलाई देखाउन मिलेन| “केहि भन्ने हैन” साथिलाइ सम्झाए| अपेक्षालाइ देखे अनि उनको साथिलाइ पनि| अपेक्षाले परबाट नै हात हल्लाउदै हाइ भनि| मैले हाइ फर्काउदा उनि मेरो सामु थिइन्|
“हेल्लो” भन्दै उनको साथीले म तिर हात ल्याईन्| उनको साथिले हात मिलाउन खोजेकी| म नशामा लिप्त| अरुले के चाहेको छ कसरि बुझ्नु| मलाई के चाहिएको भनि मात्र थाहा थियो मलाई| उनले हात म तिर ल्याउदा, म पनि दुवै हात जोडी उनलाई नमस्ते भन्दै थिए| एक जनाले हात मिलाउन खोजेको अनि अर्कोले नमस्ते गर्दै छ| अहिले सम्झिदा आफै माथि हासो उठ्छ| सबैको मुहारमा अप्ठेरो प्रस्ट देखिन्थियो|
“न आउ भनेको मानेनौ है?” अपेक्षाले दोहोर्याइन्|
“अब आइहाले| हामि कहाँ जाने?” लाज पचाएर बोले मैले|
“खै मल पनि बन्द हुन लाग्यो|” उनले निर्णय लिने जिम्मा मलाई नै सुम्पिन्|
“ओला (OLA) मगाउ| अनि कहिँ जाम|” अपेक्षाको इजाजत लिने प्रयास मेरो|
अपेक्षाले हुन्छ भनि सहमति जनाउदै थिइन् तर उनको साथीले नाइँ भनेपछी| उनको साथीले नाइँ भनेपछि, हाम्रो योजना नै असफल भयो| उनको साथीलाई ढिला हुन्छ रे| २ घण्टामा फर्किन्छौ भनि भन्दा पनि नाइँ आयो जवाफ| सबै भन्दा सजिलो भनेको रेस्टुरेन्ट जाने| नजिकै कुनै राम्रो रेस्टुरेन्ट छ कि भनि गूगलमा हेरे| भेटे| पैसा छैन| साथीलाई ए. टि. एम. दिए र पैसा निकाल्न पठाए| अपेक्षालाइ थाहा हुन दिनु हुन्थिएन यो कुरा र थाहा भएन पनि|
रेस्टुरेन्ट पुगियो| उनले आइसक्रिम मगाईन्, मैले कोल्ड कफी| रक्सि अनि गुलियोको जोडी मतलब बिष जोडी| नशलाइ बढाउने काम गर्छ गुलियोले|
“तिमि किन आएको आउन चाही?” अपेक्षाले फेरी पनि सोधिन्
“”तलै भेट्न होला नि|” प्रश्न मलाई थियो तर जवाफ उनको साथीले दिइन्|
“मलाई जहिले भेटेको त हो नी|” अपेक्षाले स्पस्ट पारिन्|
“मैले भनि राख्नु पर्छ म किन आएको भनि?” जवाफको आशामा उनलाई प्रश्न गरे|
“तिमीले नभने कसरि बुझ्नु मैले?” अपेक्षालाइ थाहा थियो म किन त्यहाँ थिए भनि तर उनले सिधै जवाफ दिन चाहिन|
“तिमीले नबुझे कसले बुझ्छ?” उनको हात समाउदै, उनलाई प्रश्न गरे|
“नभनी कसरि बुझ्नु मैले? बुझ्नलाइ भन्नु पर्यो नि|” अरे बाबा, मैले अहिले सम्म नभनेको हो र? हजार चोटी भनि सके| झन् उनले आफै अघि यस्तो कुरा फोनमा हुन्न, भेटेर कुरा गर्नु पर्छ भनेपछी, म यहाँ आएको हो| फेरी सोध्दै थिइन् उनले| कसरि भनौ अब म उनलाई| नसुनेको भए हजार चोटी पनि भन्थिए| नबुझेको हो उनले, जति भनेपनि केहि लाग्दैन|
“कसरि भनौ तिमीलाई| आकाशमा ताराहरु सजाएर भनौ कि जमिनमा नदिहरुमा आफ्नो भावना बगाउ| हात काटी लेखिदिउ कि भाबिमा नै लेखिदिम? तिम्रो लागि म मिशाल बनौ कि हाम्रो मायाको मिशाल केहि बनाउ| सबैले सुन्ने गरि भनौ कि सबै बुझ्ने गरि? तिमि जसरि चाहन्छौ त्यसरी नै भन्छु| i love you|फेरी आज यो अन्तिम पटक भन्दै छु| धेरै पटक भने तर तिमीले कहिले जवाफ दिनौ| तिमीलाई पनि वाक्क लाग्यो हो त्यहि i love you सुन्दा सुन्दा| अब भन्दिन म अनि जिद्दी पनि गर्दिन| तिमिलाइ जे भन्न मन छ भन| तिम्रो जवाफ जे होस्, हामी कहिले बदलिने छैनौ| यदि तिमीलाई नया सम्बन्ध जोड्न मन छ भने पनि i am always ready, यदि तिमीलाई साथि मात्र बन्नु छ भने, i will have no complaints, यदि तिमीलाई मसंग कुनै सम्बन्ध नै चाहिएको छैन भने, i will respect your decision… मैले अहिले तिमीलाई यहि गर, मलाई हुन्छ नै भन भनेर जिद्दी गर्न खोजेको हैन but you should know what i feel for you| त्यसैले मात्र मैले आफ्नो मनको सबै भावना तिमि सामु राखे|” मनको भावनामा कुनै बाँध लगाइन| बग्न दिए मनको भावनालाइ| भावनाको बहाबले चाहनाको सहरलाइ बगर नबनाओस्| मेरो जीवनको जमिन बाजो थियो तर बगर भने हैन| अहिले यसमा मित्रताको फुल उम्रिदै छ| डर छ| डर यति छ, भावनाको बाढीले यो जीवनमा बालुवा थुपारेर नजाओस्|
“I love you too…” अपेक्षाले यति भनि| खुसिको बर्षात भयो म माथि| आफ्नो खुसिको बयान गर्न खोज्दा, सक्दिन बयान गर्न| जब बयान नै गर्न असफल हुन्छु भने बरु बयान नै गर्दिन| किन त्यो पल अनि खुसीको अपमान गर्नु| किन अन्याय गर्नु त्यो खुसीको, जब त्यो खुसीको कारण मेरो मायाले न्याय पायो भने| आफ्नो दुवै हातले उनको हात समाए अनि उनको हात चुमे|
त्यहाँबाट
