Part 23

“हेल्लो! करण? बेवाना प्रहरी चौकीबाट बोल्दै छु|” फोन गर्ने मान्छेले सुरुमै यति भन्यो|
“हजुर,म करण| हजुर को बोल्दै हुनुहुन्छ?” मैले बुझ्नु पर्नेथियो| यसरि फोन गर्ने प्रहरी नै हुन्छन|
“इन्स्पेक्टर रमेश…” परिचय खुल्यो| प्रहरी चौकीबाट फोन, त्यो पनि मध्यरातमा| घरको माहोल फेरियो| कहिँ अघिको झगडाको कारणले फोन आएको हैन नि? पिटाइ खाने म| मायामा अरुको मुटु टुट्छ, मेरो खुट्टा टुट्यो| टाउको मेरो फुटेको छ| पिडा सहने म| प्रहरीमा उजुरी दिनु पर्ने मैले हो| प्रहरी चौकीबाट फोन आउनुको कारण केहि अरु हुन सक्छ| सोचेर बसे भने कारण धेरै निक्लिन्छन्| बास्तविक कारण ननिक्लिए पनि, मन ग्रंठे कारण चाही पक्कै निक्लिन्छन्| इन्स्पेक्टर साहबलाइ नै कारण सोधे|
नभन्दै उजुरी परेको थियो मेरो नाममा| उजुरी गर्ने अरु कोहि नभएर, अपेक्षा नै रैछिन्| उजुरीमा के छ भनि सोध्दा जवाफमा “यहि आउनु पर्छ, एक पटक आउनुस|” भन्ने जवाफ आयो| प्रहरीले कारण नभनेपछी झनै गाह्रो बनायो मलाई| आखिर अपेक्षाले किन यस्तो गरिन्| घरमा यो घटना बम बिस्फोट भन्दा कम थिएन| बुवातनाबमा अनि आमा चिन्तित|
“अहिले नै आउनु पर्छ सर?” बुवाले मोबाइल लिएर आफै बोल्न लाग्नु भयो|
“अहिले आए राम्रो| अहिले आउन नमिल्ने केहि कारण छ र?” प्रहरीको छवी कस्तो छ हजुरको दिमागमा? घुस लिने, निकै सख्त, बोल्ने तमिच नभएको र हामीले भनेको केहि नसुन्ने| यहि चार शब्द आयो मेरो दिमागमा| तर अहिले फोनमा जो इन्स्पेक्टर बोल्दै हुनुहुन्छ, उहाँ निकै नम्र हुनु हुन्थियो| सोच बिचार गरेर बोल्दै हुनु हुन्थियो| बुझक्की पनि लाग्यो| नत्र यसरि नम्र भएर, कुनै अपशब्द बिना, रवाफ नदिएर, बोल्दै हुनु हुन्थियो|
“करणको खुट्टा भाचिएको छ, टाउको पनि फुटेको छ| अहिले हस्पिटल लग्न थालेको यसलाई|” बुवाले अर्थाउनु भयो इन्स्पेक्टरलाइ| इन्स्पेक्टर पनि राजि हुनु भयो|
“भोलि बिहान चाही जसरि पनि आउनु| यदि हस्पिटलमै admit गर्नु परे भने, हामीलाइ inform भने गर्नु है|” यसरि टुंगियो त्यो बार्तालाप|
टाउकोको चोट गहिरो थिएन| दुइ तांका लगाउनु पर्यो| खुट्टा fracture भएको थियो| प्लास्टर गर्नु परेन तर ध्यान पुरै दिनु पर्ने| अहिलेलाइ ब्यान्डेज लगाइएको छ| यति सुधार आएन भने, हफ्ता दिन पछी प्लास्टर गर्ने भनिएको छ| हफ्ता दिन पछी फेरी पनि हस्पिटल जानु पर्ने भयो| यो घटना पछी हस्पिटल अनि भट्टीको नियमित ग्राहक नै भए म|
त्यो रात, एक पल पनि निन्द्रा लागेन| पिडाले नै हो निन्द्रा नलागेको| मनको पिडाको कारण, शरीरको हैन| अपेक्षाले मसंग केहि अरु बाचा गरेकी थिइन्| हाम्रो निर्णय त्यहि बाचामा निर्भर थियो| जब उनले गरेको बाचाको नै अपमान गरिन्, अभ निर्णय पनि मान्य हुने छैन| तर उनिमायो परिवर्तन किन आयो? केहि घण्टामा नै मलाई मनको राजाबाट, गल्लिको “राधे भाइ” बनाइन्|
सोचको सहरमा , आशको किरणलाइ आफ्नो ढाड देखाएर भौतारिदै थिए| रुमीले भने झैँ त्यो ठाउ खोज्दै थिए, जुन सहि र गलत भन्दा पर छ| खोजे तर भेटिन| यहाँ आमाको पाठेघर देखि आर्याघाट सम्म, सबै सहि र गलतको तराजुमा तौलिन्छ| मैले यति सजिलै रुमीले भनेको ठाउ भेट्छु| सहि र गलतबाट पर जाने कोशिशमा, म आफु नै सहि र गलतमा यसरि अल्झीए, म आफुलाई नै सहि पाउदै थिए, अनि गलत पनि|
आमाको नित्य आरतिबाट घन्टी बजेको आवाज आयो| त्यहि घन्टी माध्यम बन्यो, मलाई सोचबाट बाहिर ल्याउने| आमा आरतिको थालि लिएर मेरो कोठामा पस्नु भयो|
“उठी सकिस्?” आमाले सोध्नुभयो| हासेर जवाफ दिए|
“तेरो मामा आउदै हुनु हुन्छ| त पनि तैयार हो|” प्रहरी चौकी जान तैयार किन हुनु? बिहेको लागि जान लागेको हो र| मामा किन आउन लाग्नु भएको भनि मैले अड्कल लगाई सकेको थिए| मामाको पहुँच अलि पुगेको थियो| धेरै माथिसम्म हैन तर जिल्ला भरि चाही नाम चलेको हो मामाको| मामा पनि आउनु भयो|
प्रहरी चौकी पुगेउ हामि| म, मामा अनि बुवा| FIR दर्ता गरिएको रैछ मेरो खिलाफ| अपेक्षाले दर्ता गराएकि FIR| FIR मा जे लेखिएको थियो, त्यो हुबहु यहाँ लेख्न मिल्दैन| प्रहरी चौकीमा के भयो त्यो पनि हुबहु उतार्न मिल्दैन यहाँ| प्रहरीले मलाई सम्झाए, मलाई थर्काए, बुवा र मामालाइ के भने, त्यो सबै हजुरहरुको कल्पनामा छाडे मैले| FRI को सार चाही उल्लेख गर्न चाहे मैले|
“करण नाम गरेको केटाले, बितेका केहि दिन देखि मलाई पछ्याउदै छ| मेरै कलेजमा पढ्छ| सुरु सुरुमा कलेजमा जिस्काउने गर्थियो| त्यसपछि पछ्याउन सुरु गर्यो| घर सम्म पनि पछ्याउथियो| कहिँ जादा पछी आउथियो| मैले केहि भनिन सुरुसुरुमा| डर थियो, मलाई केहि गर्ने हो कि भनि| उसले पछ्याउदै गयो,मैले ignore गर्दै गए| कहिले काही झापड लगाईदिउ जस्तो लाग्थियो तर उसले अहिले सम्म मलाई केहि हानि गरेको थिएन| मैले हात हाल्नु भनेको उसलाई प्रेरणा दिनु हुन्थियो भनि म चुप नै बसे| तर अचानक उसले एक दिन मेरो हात समात्यो| डरले झन्डै मेरो सास गएको| एक्लो ठाउमा कुनै केटाले हात समाउदा मुटु हातमा आएको थियो| त्यो दिन मैले केहि भनिन, यदि भनेको भए आजको दिन हेर्नु पर्थिएन| हात समाउने, अनुहार छुने, अरु अंग पनि छुन लाग्यो| मैले दाइलाइ भन्छु भन्दा उल्टै मलाई धम्काउन थाल्यो| भनिस् भने, मार्दिन्छु भन्ने| सक्दो सहे, तर दाइले देख्नु भयो हिजो उसले मलाई हातपात गर्न लागेको| दाइले उसलाई सम्झाउन खोज्दा, उसले आफ्नो साथिहरुलै बोलाएर दाइलाइ पनि मार्न खोज्यो| धन्न दाइलाइ बेलैमा अरुले मदत गरे र दाइको ज्यान बच्यो| अब फेरी पनि उसले यस्तै केहि गर्न सक्छ| त्यसैले प्रहरी चौकी पुगेको म मदतको गुहारमा|” fir को शब्द यहि थिएन तर भाव र उल्लेख घटना भने यहि थियो| पहिलो पटक यस्तो परिस्थितिमा थिए म| प्रतिक्रिया के दिने| कसरि दिने| दिमागले सोच्न मानेन|
“सर, अब के गर्नु पर्छ?” बुवाले नै सोध्नु भयो|
“अब कारबाही हुन्छ, केस पनि हुन सक्छ| harrasment को मुद्दा हालेको छ, मिलाउन मुश्किल छ|” प्रहरीको जवाफ| आशको किरण नै थिएन त्यो जवाफमा| बुवाले बिन्ति गर्न लाग्नु भयो| त्यहि पनि प्रहरीबाट कुनै मदत वा छुट पाइन्छ जस्तो लागेन|
“म बुझ्छु| हजुरको छोराको हालत देखेर, त्यो नानिको आखामा अरु केहि थियो, तर शब्द अरु केहि थियो| त्यो शब्द उनको पनि थिएन नत्र त्यस्तो भावुक हुनु पर्थेन उनि complain लेखाउदा| तर मैले बुझेर हुन्न| मेरो आखा छ तर कानुन अन्धो छ अनि मुटु ढुंगाको छ कानुनको| कानुनले बुझ्ने भाषा भनेको सबुतको हो| सबुत केहि छैन तर जब केटीले यस्तो आरोप लगाउछन, गल्ति केटाकोने मानिन्छ| चाहे, १० मध्य ८ निर्दोष किन नहोस् तर ९ ले सजाय पाउछन अनि एक जना छुट्छ| कोहि पैसाले छुट्छन्, कोहि पावर लगाएर छुट्छन् अनि कसैलाई भाग्यले सहयोग गर्छ|” प्रहरीले बुवालाइ सबै बेलीबिस्तार लगायो|
अब सुरु भयो मामाको भूमिका| दुइ तिन ठाउमा फोन लगाउनु भयो| मामा गान्धी प्रेमी मान्छे| हिँसा मन नपर्ने भएर हैन| गान्धीको फोटो झुन्ड्याइएको अफिसमा काम गर्ने धेरै मान्छेलाइ घनिष्ट बनाउनु भएको थियो| त्यहि नै काम लाग्यो| त्यतिले थोरै पुगेन| मामा गान्धी प्रेमी मान्छे, प्रहरी दाइलाई पनि गान्धीसंग भेटाउनु भयो| १० वटा गान्धीको फोटो पाएपछी, प्रहरी पनि अन्धो भए, कानुन जसरि| अन्तिम चेतावनी भन्दै मलाई त्यहाँबाट निकालियो|
अमन्न| सायद यहि शब्द सहि हुनेछ| मलाई उनि अमन्न भइन्| यो सबै हुनु अगाडी अपेक्षाले मलाई भन्न सक्थिन्| मान्छु उनलाई दबाब थियो तर उसले गर्दा मेरो परिवार नै मुछिनु पर्यो| जब यति चाडै साथ छोड्नु थियो भनि आश किन देखाउनु झुठो बाचा दिएर| भयो म शब्दको अपमान गर्दिन, उनलै उल्लेख गरेर| आजको दिन देखि उनि अनि उनि, मलाई पुग्यो|
कलेजको प्रोग्राम छ सोमबार| जान मन थियो, सकिन| फोन आयो अपेक्षाको| मैले उठाइन| यो सुरुवात थियो| उनले लाखौ पटक फोन गरिन् होला यो तिन बर्षमा, मैले एक पटक पनि उठाइन| मलाई उनिसंग कुनै सम्बन्ध नै राख्नु छैन| म यति कठोर भइ सके, घाउ छिटै लाग्दैन| अनि अब म लाटो पनि छैन| अनि म बच्चा पनि हैन| कसैले मिठाइ देखाउदै भुलाउन चाहेमा भुलिन्न म| माया मेरो लागि मिठाइ नै भएको छ, अमन्न भइसके| कलेजमा पनि उनले बोल्न खोजेकी हो तर मैले उनलाई अनदेखा गरे| मन त थियो उनलाई मन भरिको बचन लगाउन तर चुप नै बसे म| जब उनको लागि मेरो मुटुमा स्थान नै छैन भने, किन चोट दिनु उनलाई| अहिले बोल्न हिम्मत गर्ने मान्छेले, त्यो दिन हिम्मत गरेको भए, आज निकै फरक हुने थियो|
कलेजको अन्तिम बर्ष पनि आयो| अन्तिम बर्ष अनि अन्तिम महिना पनि| त्यो घटना देखि अहिलेको पल सम्म, मैले कति पटक उनलाई अनदेखा गरे भनि लेखा जोखा छैन| हाम्रो लागि बिदाइ कार्यक्रम गरिदै छ| मलाई पनि एउटा कविता भन्न अनुरोध गरियो| यति बर्ष देखि मनमा जे जे थेगेर बसेको थिए, आज मैले कागजमा निकाले| त्यहि कागज लिएर सबैको सामु पुगे| मेरो अगाडी धेरै मान्छे थिए तर मैले अपेक्षालाइ मात्र देखे| आखिर यो कबिता उनकै लागि त हो| आखा थोरै रसायो, बोलि थोरै दबियो, सुरु भयो मेरो कबिता:
“” Kabhi haatho me haath uska tha,
Aaj haatho me jaam hai,
Nasha to bewafai ka hai,
Shraab to yun hi badnaam hai…

Usne to wafa ki,
Kisi aur ke saath hi sahi,
Kuch to kami hogi,
Jo mere saath vo nahi…

Aajkal to me,
Khud se bhi khafa hoon,
Vo to sachi thi,
Me hi Bewafa hoon..“”

<<समाप्त>>

Previous article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts