Part 22

फेरी को सहि अनि को गलत भनि सबैलेछुट्टयाउन लाग्छन| जब पार्कबाट घर फर्किने समय भयो, उनको फोन बज्यो| उत्सवको कल थियो| अपेक्षाले उठाउन चाहिन|
“Call receive गर|” हाम्रो निर्णय के थियो त्यो नभनेपनि, मेरो यो आदेशले हाम्रो निर्णयलाइ समर्थन गर्छ| उनि अझै पनि हिच्किचाहत बीच घेरिएकी थिइन्| सम्झाई बुझाइ फोन उठाउन राजि बनाए उनीलाई तर फोन नै कट्यो| उनको आखामा राहतको आवश देख्दै थिए| फेरी फोन बज्यो| फेरी पनि उत्सबले नै गरेको| अपेक्षालाइ फोन उठाउ भनि धेरै सम्झाउनु परेन|
“कहाँ छौ?” उत्सवले यस्तै केहि सोधेको थियो| लाउडस्पिकरमा नभएकोले, मैले पूर्ण तरिकाले सुन्न पाएको थिइन| टुटफुट संबाद सुनाउनुभन्दा, म संबादको सार सुनाउछु| उतसवले उनलाई भेट्न खोज्दै थियो| उनलाई भेट्ने इच्छा थिएन| उनले नाइँ भन्दै थिइन्| उत्सब जुगा भएको थियो, जसले उनलाई छाड्नै मानेन| मजबुरीमा मननभएपनि उनले भेट्नु पर्ने भयो उत्सबलाइ| नत्र घर पुग्छु भन्दै थियो| फेरी उनको दाइको साथि हो उत्सव, उनले केहि भन्न पनि नमिल्ने| उनले दाइलाइ पनि भन्न सक्दिनन्, भन्न नसक्ने हैन तर भनेर पनि केहि हुन्न| “दाइले बुझ्नु हुन्न” केहि बेर अघि उनले मलाई यहि भनेकी थिइन्| उनि भेट्न जानै पर्ने भयो|
“म पनि संगै जान्छु|” यति भने| उनले नाइँ भन्दा भन्दै पनि म उनिसंगै गए| अपेक्षाले उत्सवको बारेमा मलाई सतर्क पहिले पनि गरेकी थिइन्| साथीलाई फोन गरे, ३ ४ जना साथिलाइ तैयार बस्न भने| कहाँ भेट्ने टुंगो लागिसकेको थियो| साथिलाइ पनि त्यहि बोलाए| के नै गर्ला भनि पुगे त्यहाँ|
तामिली फ्लिम कस्ले कस्ले हेरेको छ? त्यहाँ हिरो वा भिलेनलाइ देखाउने पहिलो दृश्य, उनिहरुको entry कस्तो हुन्छ? गाडीमा आउछन्, गाडीमा गुडेर हैन उडेर आउछ, अनि स्लो मोसनमा निक्लिन्छन् गाडीबाट| ठ्याक्क यस्तै त हैन, तर उत्सवलाइ पहिलो पटक मैले यसरि नै देखे| SUVआएर आगाडी रोकियो| झाप्प ब्रेक ल्राग्यो र पछाडीको चक्का drift भएर कार घुम्यो| कारबाट उत्सब निक्लियो| निक्लिने बित्तिकै मलाई अनि अपेक्षालाइ हेर्यो| यसरि हेर्दै थियो कि, हामिले कुनै ठुलो गल्ति गरेका थियौ|
“तलाई भनेको लाग्दैन?” अपेक्षा तिर हेर्दै उत्सव चिच्यायो| उत्सवले यति भन्ने बित्तिकै, अपेक्षाले मेरो हातबाट आफ्नो हात छुट्टयाइन्| हात छुट्ट्याएर उनि उत्सब तिर गइन्| उनि उत्सबको अघि पुगिन्| उत्सबले उनलाई रिस भरिएको आखाले हेर्दै थियो| उनले उत्सबलाइ च्याप्प समाती अनि अंगालिन्|
उत्सबले म तिर हेर्यो| मलाई हेर्दै मुस्कुरायो| मलाई बुझ्न गाह्रो हुदै थियो, आखिर हुदै के छ| भर्खर जन्मिएको शिशुलाइ बाटोमा छाडेर गएपछी, जब त्यो शिशु हुर्किदै जान्छ, उसको मनमा पनि प्रश्नको महासागर हुदो हो| मेरो मनमा पनि त्यहि महासागर छ|अपेक्षा किन उत्सव निर गइन् अनि उत्सबले किन मलाई हेरेर हास्दै छ| अपेक्षालाइ आफ्नो हातमा लियो अनि अपेक्षालाइ हेरेर पनि मुस्कुरायो| दुइ सेकेन्डको अन्तराल, एक झापड अपेक्षालाइ| उत्सवले किन अपेक्षा माथि हात उठाएको?
“ओए” अपेक्षालाइ चोट पुर्याएको देख्न सकिन मैले| अपेक्षा अगाडी पुगे हत्तारिदै| साथिहरुनी मेरै पछी छन्| उत्सवको पनि ५ जना साथि थिए| म अगाडी पुग्ने बित्तिकै, उत्सवले गाडीबात ठुलो रड निकाल्यो र चलाउन लाग्यो| साचिकै यो मान्छे, अपेक्षाले भने जस्तै बहुला रैछ| उसले सिधै मेरो टाउकोमा प्रहार गर्यो, मैले छले| छलेर के हुने हो, म भुइमा लडे| दुइ पटक रडले हान्यो उत्सवले| उठ्न मुश्किल भयो| धन्न साथीले अर्को प्रहारबाट बचायो|
उत्सवसंग लड्नु भन्दा त्यहाँबाट पन्छिनु उचित लाग्यो| अपेक्षा रुदै थिइन्| उनको आशुले नबिझाउने हैन तर केहि बेर यहाँ रहे भने म, मलाई कुनै चिजले पनि बुझाउने छैन| भाग्दै थिए त्यहाँबाट, टाउकोमा अर्को प्रहार भयो| अपेक्षाले रोकीन् उत्सवलाइ अनि म भाग्न सफल भए|
हात्तीपाईले रोग लागेको जस्तो खुट्टा सुनिएको थियो| जसो तसो घर पुगे| खुट्टा पुरै तातो, मानौ कोइला बल्दै छ खुट्टामा| आमाले के भयो भनि सोध्नु भयो| लडेको भनि झुठ बोले| टाउकोमा चोट लागेको भनिन| आमाले तेल लगाई दि रहनु भएको छ| बुवा आउनुभयो घर|
“के भयो? मलाई थाहा थियो यस्तै केहि हुन्छ|” बुवाले आउने बित्तिकै यति भन्नु भयो| बुवाले मलाई अघि देख्नु भएको रैछ| के के भयो देख्नु भएको रैनछ तर सुरुमा भेला भएको बखत देख्नु भएको हो| त्यसपछि बुवालाइ सबै बेली बिस्तार लगाए| एक एक भने| बुवाले सम्झाउनु भयो अनि आमाले काखमा टाउको राखेर सुम्सुम्याउन लाग्नु भयो| आमाले टाउकोमा हात राख्दा टाउको दुख्यो| फुटेको रैछ टाउको| हस्पिटल जान तैयार भएका थियौ| मेरो मोबाइल बज्यो| साथिको फोन| के हुदैछ भनि सोध्यो| पछी फोन गर्छु भनि फोन राखे|
फेरी फोन बज्यो| उठाए|
“हेल्लो! करण? बेवाना प्रहरी चौकीबात बोल्दै छु|” फोन गर्ने मान्छेले सुरुमै यति भन्यो|

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts