गफ गर्दै स्कुल पुगियो तर अचम्म आज बाटोमा कोहि साथि भेटिएनन् |सायद हामि ढिला भाको होला भनेर हतारमा क्लास पसियो | यो पल चाही मेरो जिबनको बिर्सन नसक्ने पलहरु मध्य एक हो | मेरो जन्मदिनको लागि भनेर दुइटा केक ल्याएको रैछन साथिहरुले, एउटा चाही म पस्ने बितिकै मुखमा दल्ने र अर्को काट्ने भनेर |फेरी यो कुरा बिचरा अभिलाई भनेनन् छन्, अभिले थाहापाउनु भनेको मैले थाहापाउनु हो उनीहरुले बुझेका थिए | भाग्य भन्नु कि दुर्भाग्य, म अघि थिए अभिभन्दा क्लास पस्दा,अगाडी बाट एउटाले मुखमा केक हान्न लागेको थियो र म भने यो कुराबाट अनविज्ञ |
जुत्ताको फित्ता फुस्केको देखे र तल झुकेको मात्र के थिए,केक पुरै अभिको मुख भरि | अभि फस्यो बिनाकाममा ,एकछिन सबै हासे र सबैले एकै स्वोरमा सुभकामना दिए |कस्सम यो बेला आखाबाट खुसिको आशु नै खस्यो,मैले सोचे भन्दा पनि निकै राम्रो भयो बर्थडे |सपनामा सोच्न सक्दिन थिए,मेरो लागि साथी हरुले यति गर्छन भनेर | फेरी स्कुलको अन्तिम वर्ष भएर,यो माया,यो आफ्नुपन, यो आत्मियता मलाई निकै मुल्यबान लाग्दै थियो | सोझो भाषामा भन्नु पर्दा,हिन्दि सिनेमाको एउटा संबाद याद आयो “दिल गार्डेन गार्डेन हो गया |” अभ पालो थियो केक काट्ने,फेरी सबैले एकै स्वरमा“ह्याप्पी बर्थडे टु यु” भने र मैले पनि निकै खुसि हुदै केक काटे | केकको पहिलो टुक्रा सबैभन्दा मिल्नेलाई दिनु पर्ने,र त्यो टुक्राको हकदार अभि नै थियो | कहानी केहि फरक पनि हुन सक्थियो होला यदि बर्षाले मेरो मनको कुरा बुझेकी भए | साथि त हुन्,कहाँ त्यसै छोड्छन्,मुखमा केक लगाईदिहाले | एकछिन को मनोरन्जन पछी म र अभि दुवै मुख पखाल्न गयौ |
मुख सफा गरेर आएपछि सबैको सामू गएर चक्लेट दिदै थिए | आज मन भित्रबाट नै खुसि थिए म,हड्डी हासेको यसलाई नै भन्छन होला ,आजको दिनमा मिठास बेग्लै थियो | धेरै मिठासले अमन्न हुन्छ, केहि अमिलो नि चाहिन्छ |त्यो कमि बर्षाले पुरा गरिदिन् | हासेर उसलाइ चक्लेट दिदै थिए,उसले हात अघि ल्यायिन |उसकै छेउमा बस्ने साथिले बर्षालाई कोट्याई,अनि मात्र बर्षाले हात अघि ल्यायिन् | त्यो पनि करले ल्याएको,मुन्टो तल निहुरिएको थियो उसको| यहि एउटा पलले केहि खिन्न भो |तर परिसाले भनेर बर्षाले चकलेट त लिन् | त्यतिमै खुसि थिए म | १२ बज्यो, सारिकलाई भेट्न जानु पर्ने | अभ कसरि निक्लिनु चाडै?
पेट दुखेको बहाना बनाएर निक्लिए स्कुलबाट र बिरामी मान्छे एक्लै जान नसक्ने अनि घर सम्म पुर्याइदिने बहानामा अभिलाई पनि संगै लगे | लुगा अभिको घरमा थियो,त्यसैले अभिलाई नि लानै पर्ने थियो स्कुलबाट | लुगा फेरे र धेरै प्रसन्न हुदै सरिकलाई फोन गरे |उनी पनि पुग्नै लागेकी रैछे | म पनि उनी झर्ने ठाउँमा पुगेर उस्को गाडी पर्खिन लागे | एउटा बस अघिबाट …
To be continue …
