Part 29

९ कक्षा सकेर १० मा पनि पुगियो, एस.एल.सी को भार अझै थपिदै थियो तर म भने निकै उत्सुक थिए | मेरो जन्मदिन पो आउदै थियो | आफु मान्छे जहिले हसिलो,जो संग नि मिल्न खोज्ने,त्यसैले होला जन्म बसन्त ऋतुमा भएको | बैसाखको २५ गते कहिले आउछ भनेर म निरन्तर प्रतिक्षा गर्दै थिए | सारिका र म भेट्ने भनेर योजना नि बनाइसकेको थिएउ | त्यसैले पनि होला,म अझै आतुर भएको आफ्नु जन्मदिनको लागि | ९ कक्षाको परिक्षाको नतिजा पनि निकै राम्रो आएको थियो,बुबा औधि खुसि हुनु हुन्थियो| यसले गर्दा बर्थडेको लागि ठुलो बजेट पारित हुन्छ भन्ने कुरामा म निर्धक्क थिए | १० मा आएपछि पढाईको प्रेसर केहि बढेको अनुभव हुदै थियो तर पनि जिबन रमाइलो नै थियो | बिहान उठ्ने बितिकै सारिका संगको मिठो कुराकानी,दिउसो भर पढाईको व्यस्तता,साझमा फेरी गृहकार्यको चटारो र बेला बेलामा सारिका संगको मिठा गफ | यसभन्दा के नै माग्न र चाहाना राख्नु मैले जिबनबाट |

गफै गफमा धेरै ठुला-ठुला सपना बुन्दै थिएउ हामि तर जब जब म उनको मायाको आकाशमा उडान भर्न खोज्थिए,मेरो मायाको हवाई जहाजलाई मैले बोलेको झुठको कुहिरोले धेर्थियो र मेरो मायाको हवाइजहाज कुहिरोबिच फस्दै जान्छ र अन्त्यमा भयको पहाडमा ठोकिएर खस्छ |जहाज संगै सबै खुसि,मनको तरंग,बुनेको सपना पनि खरानी हुन्थिए | सधै मनमा डर हुन्थियो,सारिकाले मेरो झुठ समातिन् भने ! एउटा झुठो लुकाउन हजार अरु बोल्नु पर्छ रे नि त ,त्यहि घटना आज फेरी दोहोरियो |

“ओइ मलाई एउटा नयाँ सिम ल्याईदेउन मेरो मोबाइलको |” नया सिम फेरी किन चाहिएको होला उसलाई |
“नया सिम किन नि ?” एउटा छदै छ,अर्को किन चाहिएको होला यो केटिलाई |

“यो सिममा नचाहिने फोन धेरै आउन लाग्यो,त्यसैले |” राम्री पनि असाध्य थिन्,कल किन न आओस त,फेरी किन नम्बर दिनु पर्ने अरुलाई |
“धेरैलाई नम्बर दिए पछि त्यस्तै हो “ केहि क्रोधित भए म |
“त्यस्तो हैन के,ल्याइदिने कि नाई भन |” कहाँबाट ल्याउनु मैले फेरी,नागरिकता पो चाहिन्छ सिमको लागि,मसंग फेरी कहाबाट आओस नागरिकता,16 वर्ष पुगेको छैन |

“म संग नागरिकता छैन |” भएको कुरा भने उसलाई |
“लाइसेन्स त छ नि |” उसले यति भनेपछि झलास्स याद आयो,मैले उसलाई यो कुरामा पनि झुठो बोलेको छु,उमेर ढाटेको कुराले अर्को बोझ थप्यो,कुन दिन त पक्का फस्छु म |

“हुन्छ म भेट्न आउदा लिदै आउला |” हुन्छ भन्नु पर्ने बाध्यता | भने नि एउटा झुठो लुकाउन हजार बोल्नु पर्छ | 

अभ सिम कसरि निकाल्ने फेरी मैले ,एक त यसै ब्यस्त हुन्छु,त्यसमाथि सिम लाई चाहिने केहि कागज छैन म संग , अभ यो कुराले झन् गाह्रो पर्यो मलाई | सोच्दा सोच्दै साझ बित्यो र रात पनि |

दिनहरु पनि कति चाडै बितेको,हेर्दा हेर्दै बर्थडेको दिन पनि आउनै लाग्यो |भोलि छाडी पर्सि बर्थडे,मनमा खुसीको विभिन्न तरंगहरु पैदा हुदै थियो | हरेक बेला मुहारमा मुस्कान थियो मेरो,लाग्दै थियो मेरो मुटुमा खुसिको मुहान थियो | अहिले सम्मको सबैभन्दा राम्रो बर्थडे यहि हुने निश्चित थियो,त्यसैले होला हर पल म २५ गतेको पर्खाईमा बस्दैथिए | बुबालाई भनेर बर्थडेको लागि १००० पनि लिसकेको थिए | अभ बाकि थियो त केवल साथिहरुको लागि चक्लेट किन्न र २५ गते आउन |

ढिला किन गर्नु भनेर पसल गए र १०० वटा चोको-फन पनि किने | त्यो बेला सबैलाई मन पर्ने चक्लेट भनेको नै चोको-फन | सबैलाई चोको-फन दिए भने त म क्लासको हिरो नै हुन्छु त्यो दिन | अभ बाकि रहयो ५०० रुपैया |मिल्ने साथि भनेको ६ जना जति थिए,एक-एक प्लेट मोमो त खुवानै पर्यो तिनीहरुलाई | एक प्लेटको ३० रुपैया पो पर्छ,२१० यहाँ पनि जाने भयो | अभ सारिकालाई भेट्न जान त जम्मा २९० बाकि हुने भयो |कहाँ पुग्नु जम्मा यतिले,धन्न बेलैमा खाजा खाने पैसा अलि अलि जम्मा गरेर अर्को हजार जम्मा गरेको थिए |बेलैमा दिमाग नालागको भए , बिजोग नै हुने रैछ नि |पैसाको टेन्सन सकियो,अभ अर्को एउटा काम त सिंगै बाकि थियो | 

Previous article
Next article

Latest Posts