“अभ अझै ल्यांग नगर है ,नत्र म बोल्दिन,हुन्छ कि हुन्न भन छिटो |” उ झन् रुखो भइन् |
अभ म संग दुइटा उपाय मात्र थियो |कि त रोजेकोलाई छान्नु पर्यो कि त खोजेकोलाई आफ्नु मान्नु पर्यो | मनले रोजेको वर्षा नै थिन् तर फेरी म भर्खरै सारीकाको साथमा बाधिएको थिए,सारिकलाई के भन्नु फेरी मैले | मैले दुवै मध्ये जुनै बाटो रोजे नि,दुवै बाटो कठिन थिए,दुवैमा मैले त्याग गर्नु पर्ने कुरा धेरै थियो |फरक यति थियो,सारिकलाई अप्नाएमा,जिबन भर बर्षालाई गुमाउनु परेको पिडामा तड्पिनु पर्थियो मैले | यदि मैले बर्षालाई अपनाए भने,जिबन भर प्रस्चातापको आगोमा जल्थिए म ,सारिकको मुटु दुखाको प्रस्चाताप | पिडामा तद्पिने कि प्रस्चातापमा जल्ने,यो मध्य एउटा छान्नु पर्ने थियो मैले |
सजिलो हुन्न यस्तो निर्णय लिन,र झनै गारो हुन्छ जब निर्णय लिनलाई पर्याप्त समय हुन्न |तर मैले निर्णय लिनै पर्ने थियो र मैले निर्णय लिए पनि ,निर्णय लिए भन्नु पर्दा पनि ,जसरि पनि मर्नु थियो,मर्ने सजिलो उपाए चुने मैले | चाहेको भए दुवै डुंगामा खुट्टा राखेर अघि बढ्न पनि सक्थिए होला तर पछीको दुर्घटनामा तिनै जना घायल हुनु भन्दा मैले अहिले केवल आफै घायल हुनु उचित ठाने |
भाग्यमा जे लेखिएको छ,त्यहि हुन्छ भन्छन तर यहाँ आफ्नु भाग्य म आफै लेख्दै थिए | मेरो वर्तमान र भबिस्य दुवै मेरो हातमा थियो,मैले जे लेखे त्यहि हुने ,जे चाहे त्यहि हुने | हरेकको माया, पिडा, घृणा, मिलन, बिछोड, प्रस्चाताप, सुख वा दुखमा आफ्नु कथाको नया पात्र भेट्ने गर्थिए मैले,तर आज यो लेखक आफै कथाको एउटा पात्र भयो, जसको हातमा हेर्दा सबै छ तर उ सधै कथाकै चक्रब्युमा सिमित हुने भयो| बर्षाको मायालाई म मेलमचिको पानि जस्तै थान्थिए, आउने र पाउने आश त थियो तर मिति थाहा थिएन | तर के थाहा मलाई,मेलमचिको पानि मेरो घरको दैलोमा आउनु र मैले आफ्नु घरमा कुवा खन्नु संग-संगै हुन्छ भनेर |थाहा भएको भए त मैले कहिले कुवा नै खन्थिन |
“ओइ के भो,कता हराको ?” सोचको संसारमा हराएको थिए,बर्षाको स्वरले फेरी बिपनामा तान्यो |
“ओइ के भो,कता हराको ?” सोचको संसारमा हराएको थिए,बर्षाको स्वरले फेरी बिपनामा तान्यो |
“अबको ४ महिना पछि हामी १० मा पुग्छौ,थाहा छ ?” सिधै हुन्न भनेर एउटा मिल्ने साथि गुमाउन चाहन्थिन मैले |
“अनि के भो त ?” कस्तो नबुझेकी उस्ले,उसले आफै बुझे मलाई सजिलो हुने थियो भनेको |
“अनि एस.एल.सी हो नि त्यसपछी |” उसलाई हुन्न भन्न अप्ठ्यारो महसुस गर्दै थिए मैले |
“त्यो त मलाई नि थाहा छ,मैले भनेको कुराको जवाफ देउ,नानाथरी कुरा नगर |” जवाभ दिन त खोज्दै थिए मैले पनि,उसले नबुझेकी मात्र हो |
“तिमीले भनेको कुराले गर्दा हाम्रो एस.एल.सी बिग्रिन सक्छ,त्यसैले एस.एल.सी सम्म हामि जस्तो छौ ठिकै छौ,केहि परिबर्तन नहोस् के हामि बीच |” मैले झुठो बोलेको हैन,केवल सत्य लुकाएर उसको जवाफ दिए |
“तिमि म संग जिस्केको कि मेरो मन चोर्न खोजेको ? नजिस्कन के धेरै |” अभ फेरी उसलाई पत्त्यार लागेन छ,हुन त हो,कसैलाई पनि पत्यार नलाग्न सक्छ मेरो यो निर्णय |तर जिबन सोचे जस्तो हुन्न नि,त्यसैले यो जिबन हो |
“मैले साचि भनेको हो,जिस्केको हैन,हामि एस.एल.सी नसकिने बेला सम्म साथि भन्दा माथि जान सक्दिनौ |” आखा रसाएको थियो मेरो,तर मैले यो कुरा बोलीमा आउन दिन |त्यसैले होला एकान्त र अध्यारोमा खसेको आसुको मूल्य हुदैन |
“अनि पहिले आफै माया गर्छु भन्थिएउ त,त्यो बेला चाही पढाई बिग्रिन्थीएन र हाम्रो?” उसको आवाजमा आएको परिबर्तन मैले सजिलै महसुस गर्न सक्थिये,सायद उनी भित्रबाट टुक्रिदै थिन |
“त्यो बेला त हामि सानो थियौ नि,अहिले पो बुझ्ने भयौ |” उसलाई सम्झाउने र फकाउने निरन्तर कोशिस गर्दै थिए |
“अहिले चाही खुब ठुलो भयौ हैन त?सबै कुरा बुझ्ने भयौ हैन त ?तिमि कस्तो के,तिमि साची जिस्केको त हैन ?” उनिमा शक्ति बाकि थिएन मसंग तर्क गर्नलाई,त्यसैले होला सबै शक्ति बटुलेर रुन्चे स्वरमा,आशुको सहारा लिदै, उनीले मेरो मुख बाट हुन्छ सुन्न खोज्दै थिन् | अभ यो बार्तालाप जसरि पनि सक्याउनु पर्ने थियो तर उनीलाई के भन्ने दोधार भने मेटिएको थिएन |
