“ म मुना बन्छु,अनि तिमि मदन,अनि हाम्रो प्रेम कथा नि मुनामदन जस्तै अमर बनाउने नि| आइ लब यु |” यो केटीलाई के भाको,बेला बेलामा नराम्ररी झट्का दिने | कहिले आफै मेरो मायालाइ हुन्न भन्छे र कहिले आफै माया गर्छु भन्छे | उनको माया हो कि नेपालको बत्ति,बेला बेला आउने र बेला बेला जाने |
“तिम्रो बर्थडे भन्दैमा यसरि जिस्किन पाईन्छ र?” फेरी उनी जिस्केको हो कि जस्तो नि लाग्यो |
“म यस्तो कुरामा जिस्किन्छु होला त ?” मेरो प्रश्नको उत्तर उनले अर्को प्रश्नले दिन | तर त्यो प्रश्नमा आफैमा उत्तर थियो |
“हुन त हो तर अचानक कहाँ बाट आयो तिम्रो मनमा यो कुरा ?” म पूर्ण रुपमा बिश्वस्त हुन चाहन्थिए कि उ जिस्केकी हैनन् भनेर |
“मन हो,कहाँ बात आयो आयो,अभ मनलाई नै सोध्नु पर्छ |” कस्तो सरल उत्तर दिदै थिन् उनी |
“त्यसो भए मनलाई सोधन त |” म चाही त्यहि कुरामा लिदेधिप्पी गर्दै थिए |
“ह्या तिमि के भाको के,के के भन्छौ भन्छौ |” मेरो एकहोरो प्रश्नले सायद उनी बिच्किन |
“तर अचानक कसरि आयो यो कुरा के मनमा |” म फेरी पनि त्यहि कुरामा अड्केको थिए,कतिसम्मको मुर्खता गर्न सकेको होला मैले पनि |
“अभ पुरै साइत हेराएर आउनु पर्यो हैन त मनमा कुरा पनि ?” उनको सहनशीलताको रेखा मेटिन लागेको थिए |
“जिस्केको के लाटी,त्यति नि बुझ्दिनौ |” बल्ल मेरो मस्तिस्कले काम गर्न थाल्यो र मैले बुझे,अभ थप प्रश्न र उनको रिस चरम सिमामा पुग्ने थियो |
“तिमि चाही जहिले नि जिस्केर बस |” रिसाकी उनी ,फेरी सामान्य भईन् |
“ नरिसाउन त अभ ,तिमीलाई थाहा छ त,म यस्तै छु |” मैले तर्क दिनै पर्यो |
“ओके ओके, खोइ त मेरो लब यु को रिप्लाई दिएको |” अभ उनको लिदेधिप्पी सुरु भो |
“के को ?” याद नभएको जस्तै गरे मैले|
“ह्या,अभ चाही नजिस्क है|” तर उसले जसरि नि त्यहि कुरामा पुर्याइन,त्यो पनि क्रोधित मुद्रामा |
“मैले हुन्छ भने भने के गर्छौ?” सकेसम्म सामान्य रुपमा अघि बढाउदै थिए मैले, हाम्रो बार्तालाप |
“केहि गर्दिन, तिमीले हुन्छ भनेउ भने,म भन्दा खुसि त तिमि आफै हुन्छौ |” उसले कति सजिलै भनि,हुन त हो उसले भनेको पनि,उ भन्दा म नै खुसि हुन्थिये होला,तर अहिले ढिला भैसक्यो |अहिले उसले भने बिपरित म खुसि नभई,मानसिक तनाबमा अल्झिएको थिए |
“अनि मैले हुन्न भने भने नि ?” सम्भावित प्रतिक्रिया बुझ्न चाहे मैले | “त्यो त तिमीले भन्नै सक्दिनौ |” कस्तो आत्मबिश्वासको साथ् भन्न सकेकी उनीले,म चाही यहाँ पानी पानी भइसकेको थिए |
“त्यहि पनि मैले हुन्न भने भने नि ?” जति सक्दो कुरा लम्ब्याउनु थियो मैले|
