फरक यति थियो कि मैले एउटा बिष मेट्न अर्को बिषको सहारा लिदै थिए | एकको मिठा याद मेट्न अर्कोसंग सुन्दर पलको सृजना गर्दै थिए |सायद तरिका गलत थियो होला र उदेश्य पनि तर कथाले जे माग्यो त्यसमै भिज्दै गए म |
फेरी सारिकापनि कति खुसि भएकी मेरो रिप्लाई सुनेर,लाग्दै थियो उसको खुसीको कुनै सिमा थिएन |सायद बर्षाले पनि मलाई हुन्छ भनेकी भए,म पनि यतिकै नै खुसि हुन्थिए र मेरो खुसीको पनि सिमा हुन्थेन |तर भयो अभ,पुराना कुरा सम्झेर केहि फाइदा छैन, अहिले जन्म दाग मेटाउन मिल्ने संसारमा मैले उसको याद मेट्न ठुलो कुरा पक्कै पनि हैन | फरक यति थियो कि,मेरो जिबनको सूर्यलाई बर्षाको यादको बादलले छोपेको थियो र म निर मायाको किरण पुग्न सकेको थिएन,अचानक सारिका नामको एउटा सानु बतास चल्यो ,यो बतासले बर्षा नामको बादललाई सुर्यबाट पर पुर्याइदियो र अन्त्यमा मैले मायाको किरणको अनुभूति गर्न पाए |
यति भएपछि हाम्रो कुराकानी एकछिन चल्यो | बोल्ने शैलीमा केहि परिवर्तन आएको थियो हाम्रो,हाम्रो समबन्ध नया भएपछि बोल्ने शैली परिबर्तन हुनु कुनै ठुलो थिएन | बोलियो एकछिन सम्म र फोनमा छुट्टिने बेला पनि भयो | अन्तिममा फोन राख्ने समयमा उसले एकै सासमा भनिन “lआइ लब यु , उम्माह”. बोल्ने शैलीमा केहि मात्र परिवर्तन भनेको त पुरै परिवर्तन भएछ | उसको यो सम्बोधनले म लाजले रातै भए | उसले भनेको यी अन्तिम शब्द सम्झिदै कुन बेला निदाएछु निदाएछु |
निदाएको भन्नु मात्र हो,एकछिन आखा लागेको मात्र के थियो, बर्षाको फोन आयो र बिउझिन पुगे म | भर्खरै सारिकासंग १ घण्टा बोलेर एकछिन सुतेको थिए,फेरी बर्षाको फोन आउदा मलाई अनौठो लाग्यो | फेरी निकै रात परिसकेको थियो,यति राति फोन गर्ने कहिले गर्थिनन बर्षाले| निन्द्राको सुरमै फोन रिसिव गरे र हेल्लो भन्न मात्र के लागेको थिए ,बर्षाले आफै ठुलो स्वर बनाएर एकै सासमा कराइन् :
“ हैन थाहा छ,कति भो मैले तिमीलाई फोन गरेको ? एक मिनेट हैन,दुइ मिनेट हैन, एक घण्टा देखि फोन बिजी भन्छ, के ताल हो के तिम्रो ?”
एउटा कुरा चाही सबै केटिहरुमा मिल्ने ,जे कुरामा पनि एकहोरो झपार्ने,कुरै नबुझी नानाथरी भन्ने, र आफ्नु गल्ति कहिले नदेख्ने,जहिले आफु र आफ्नै कुरा माथि हुनु पर्ने | फेरी म जो संग बोले पनि के भयो त बर्षालाई,उनी त मेरो साथि मात्र त हो, मलाई त्यसरी झपार्ने र प्रश्न गर्ने अधिकार त छैन नि उनीसंग | अधिकार छैन भन्दापनि ,त्यो हक उनकै होस् भन्ने चाहेको थिए मैले तर उनीले आफैले त मेरो प्रेम प्रस्तावलाई हुन्न भनेकी हुन् नि,त्यो पनि एकपल्ट हैन,२ पल्ट | फेरी अहिले आएर यसरि हक चाही कसरि जताउन सकिन उसले |

“म जो संग बोलेपनि तिमीलाई के भयो र ? हैन तिमि को हो र म संग यसरि सोध्न लाई ? तिमीले मलाई यसरि सोध्न मिल्छ त ? यसरि झर्किएर बोल्ने हैन आज देखी मसंग, बरु बोल्न मन छैन भने सिधै नबोले हुन्छ|” यति भने बर्षालाई|