“म जो संग बोलेपनि तिमीलाई के भयो र ? हैन तिमि को हो र म संग यसरि सोध्न लाई ? तिमीले मलाई यसरि सोध्न मिल्छ त ? यसरि झर्किएर बोल्ने हैन आज देखी मसंग, बरु बोल्न मन छैन भने सिधै नबोले हुन्छ|” यति भने बर्षालाई तर मन मनै | मनमनै भएपनि बर्षालाई मज्जाले गालि गरे मैले | साचिकै त यति त कहिले नि भन्न सक्दिन उसलाई,कसरि भन्नु नि,जे भए पनि,मेरो मनको कुनै कुनामा उनकै लागि माया लुकेको छ,त्यो माया त मेरो अन्तिम सास सम्म नि रहनेछ | मनमनै उनीलाई जे भनेपनि,उसंग साचिकै बोल्दा चाही म नून खाएको कुखुरा भन्दा कम थिन|
“गाउवाट हजुरबुबाको फोन आको थियो |” सबैभन्दा सजिलो बहाना यहि थियो र यहि भने मैले | उसले नि सजिलै संग मेरो झुठोलाई सत्य ठानिन |
“एउटा कुरा थाहा छ ?” उसले के भन्न लागेकी कसरि थाहा हुनु के मलाई |
“ नाई,के भनन “ थाहा नभएपनि थाहा पाउन मन लाग्यो |
“तिमीले आज देको मुनामदन पुरै पढे नि मैले,मुना लेखेको सबै ठाउमा मेरो नाम पो लेखेको रैछौ है तिमीले|” किताबमा अरुको नाम काटेर उनको नाम लेख्दा त्यस्तो अचम्म परेकी थिन् उनी | मैले आफ्नै मुटुमा चाही उसको नाम लेखको उसलाई मतलब लागेन |फेरी केहि समय अघि,मैले आफ्नु मुटुबाट उसको नाम काटेर सारिकाको नाम लेखिसकेको थिए |आफु लेखक परियो ,लेख्ने र मेट्ने त मेरो प्रकृति नै हो |
“कस्तो लाग्यो त ?” मेरो जिज्ञासा ब्यक्त गरे |
“कस्तो राम्रो के,मलाई त क्या मन पर्यो ” त्यसतो राम्रो बुक, मन नपर्ने कुरै हुन्न|
“सबैभन्दा चाही के मन पर्यो?” मेरो जिज्ञासा अझै बढ्यो |
“मेरो नाम नि,मेरो नाम कहाँ कहाँ छ,खोज्दै बसेको म |” म गर्छु मुडाको कुरा,उनी गर्छिन घुडाको कुरा,किताब कस्तो लाग्यो सोध्दा,उसलाई चाही उसकै नामको चासो |
“हाहाहा हो र |” अरु केहि भन्न जानिन मैले |
“एउटा कुरा भन्छु,भनु म ?” कहिले चाही मैले हुन्न भनेको जस्तो |उसले बोलेको सुन्न म जहिले तैयार,त्यसैले मैले पनि हुन्छ भने |
