Part 11

“तिम्रो आवाज किन यति मिठो भयो भनेर बल्ल थाहापाए के मैले |” कुरा प्रस्ट बनाए मैले|“किन नि?” उनी फेरी एकपल्ट आश्चर्यमा परिन |

“कफिमा चिनी धेरै खाएर |” मैले जिस्किदै भने |

“जे पायो त्यहि |कस्तो चिजी के तिमि!” हास्दै र मख्ख हुदै उनले भनिन |

“ साची मेरो भ्वाइस त्यति मन पर्छ र? “ मैले केहि भन्न नपाउदै उनले सोधिन |

“एकदम मन पर्छ,म सुनेर बस्छु कति धेरै |” भएको कुरा उस्लाई भने ,उनी एकैपल्ट लजाई पनि र खुसि पनि भईन्| मतलब र बेमतलबको धेरै कुरा हुदै थियो र समय काटिदै थियो | यो पलको मिठास अलग्ग थियो,बिर्सन्न नसक्ने पल मध्ये यो नि एउटा हो ,समय रोकियोस् र यो पल कहिले नाबितोस लाग्दै थियो मलाई | केहि घण्टा अगाडी सम्म म जसको फ्यान थिए,अहिले उही संग बसेर मज्जाले गफ गर्दै थिए म | ढुंगा खोज्दा देउता भेटे मैले,म भित्रबात निकै प्रसन्न भएता पनि मुहारमा चाही त्यसको थोरै मात्र झल्काएको थिए |
त्यो पललाई फेरी पनि बिथोल्न भाइले हामीले मगाएको खाने कुरा लिएर आयो | एकछिन पछी ल्याएको भए नि हुने नि,कस्तो चाडै ल्याएको होला जस्तो लाग्यो|

कुरै कुरामा उनले सोधिन “तिमि कतिमा पढ्ने रे?”

आफैले सुरुमा भन्न केहि अप्ठ्यारो लाग्यो र चलाकी अपनाउदै भने “लेडिज फर्स्ट”

उनले कुरा नघुमाएर सिधै भनिन “ ११ मा,अभ तिमि भन |”

“१२ मा |” सायद मैले झुठो बोल्न नहुने थियो होला,तर आफु भन्दा त्यति सानु उमेर थाहा पाएपछि, उसले बोल्ने शैली परिबर्तन गर्छे कि भन्ने डर लागेर मैले उसंग पहिलो झुठो बोले |मैले साचो कुरा बोलेर आफ्नु उमेर भनेको भए त उसले मलाई ढुक्कै भाइ भन्थिन होला,त्यसैले मलाई झुठो बोल्नु ठिक लाग्यो र मैले उमेर धाते |मैले उसलाई माया गरेको होइन,तर जुन साथको अनुभव बितेको केहि घण्टामा गरेको थिए,त्यो गुमेको हेर्न चहान्थिन म | तर मनमा सोची सकेको थिए,आज भनिन तर मौका मिलाएर अबस्य भन्छु आफ्नु सहि उमेर उसलाई | धात्न त धाते तर उसले पत्याउदीन कि भन्ने डर चाही थियो मनमा|

“साची १२ मा हो तिमि ?” जे डर थियो त्यहि भयो, उसले यति भनेपछि म के भन्नु भन्नु भयो|

“हो नि, किन र?” म आफ्नु झुठोमा अडिग नै रहे, नेता जसरि नै |

“किन भने …”…

Previous article
Next article

Latest Posts