“सरि,मुखबाट निक्लियो,तिमिसंग बोल्दा बोल्दै ६ बजे छ,घरमा के भन्ने अभ मैले ?” उनले आत्तिदै भनिन |
घडी हेरेको साचिकै सुइले ६ छोयिसकेको थियो,बाहिर हेर्दा अध्यारो हुन लागेको थियो ,सुर्य लुक्न लागेको थियो र अन्धकारले आफ्नु कब्जा अझै मजबुत गर्दै थियो | कति चाडै कटेको त समयपनि,३ घण्टा भइसकेछ तर भर्खर जस्तै लाग्दै थियो | उसंग हुदा ३ घण्टा कुन बेला कट्यो थाहा भएन , मलाई त अझै नि उसलाई छोडेर घर जान मन लागेको थिएन |तर बाध्यता नगई पनि नहुने |
“ओइ उल्लु,घरमा के भनु म ? किन ढिलो भनेर सोधे भने?” सिधै उल्लु भनेर पो नाम दिन् त मलाई |हेर्दा त उल्लु जस्तो छैन म | उसलाई त्यहि भएको घर जान हतार छ,म त झन लाइसेन्स बिना ४० कि.मि. जानु छ,त्यो पनि साझको बेलामा |बाटोमा मलाई चेक गर्ने मामाको त भाद्रमा नै दशैं आउने भयो,कति दक्षिना लग्ने भए म संग समाते भने त | मैले चाही कसरि जाने होला भनेर सोच्नु पर्ने होला सायद तर म चिन्ता बिहिन र उनी चिन्ता युक्त थिन् |
“अफिसमा पार्टी थियो भन्देउन |” मैले धेरै बनाउने मध्ये एक बहाना उसलाई सिकाए |
“तिम्ले भन्या जस्तो हुन्छ नि | जे भन्यो सबै पत्याउनु पर्यो नि घरमा|” उसलाई चीत्त बुझेन छ |
कस्तो अचम्म ,मैले जहिले यहि भन्दा मलाई घरमा केहि नभन्ने र फेरी उसलाई चाही यो वहियात लाग्यो |सायद म केटा भएर मलाई घरमा केहि नभनेको होला र उसलाई केटि भएकै कारणले बजन भएको बहाना चाहिएको हुनुपर्छ | सायद म गलत पनि हुनसक्छु तर मेरो सोच यतिमै सिमित थियो | अर्को कारण के हुन सक्थियो भन्दा,मलाई घरमा उसलाई भन्दा अलि धेरै विश्वास गर्थिये | म फेरी पनि गलत हुन सक्छु तर अन्तिममा मैले के निस्कर्स निकाले भन्दा म झुठो बोल्न सिपालु छु,जस्तो सुकै झुठो नि मज्जाले बोल्छु र उनी सानु सानु कुरामा एतिक्कै तर्सिन्छिन |
“भयो तिमि सक्दिनौ बहाना बनाउन, म आफै सोच्छु,पहिले यहाँबाट चाही जाम |” उसले मलाई त केहि न आउने जस्तो पो गरिन त | मैले नि बिल तिरे र हामि त्यहाँ बाट निक्लिम | ऊ भने झन् तनाबमा थिन,सायद घरमा के भन्ने भनेर होला | हामि दुवै जना मौन थियेउ,मैले केहि भन्दा उसले गालि गर्छे कि सोचेर मैले केहि भन्नु उचित मानिन र सायद उनी बहाना खोज्न लागेकी थिन |
“म यहाँबाट जान्छु है |” मौनता तोड्दै उसले छुट्टिने ठाउ आयो भन्ने कुरा नि जनाइन |मलाई त हुन्न भन्न मन थियो,उसंग बोलेर अझै नि धित मरेको थिएन,फेरी मैले हुन्न भनेको भए नि उ नजाने हैन क्यार ,त्यसैले मैले हुन्छ भन्ने मुद्रामा मुन्टो हल्लाउदै भने “कता हो तिमि बस्ने ?”
“एयरपोर्ट पछाडी |” उसले यसभन्दा केहि भनिनन् |
“बाई |” भनेर म बाइक तिर हिड्न मात्र के लागेको थिए,उसले फेरी बोलाइन र भनिन् “सच्चि,………”
