बिश्वास, बिश्वास ढकाल|” सायद केहि फरक र मिठो हुन सक्थियो होला मेरो उत्तर तर कसैको साम्मुने धेरै बोल्न आट नाआउने मलाई | आफू भने 40 k.m. पर वाट भेट्न गएको थिए, झिनो आश थियो उस्ले चिन्छे कि भनेर तर मैले सोछे भन्दा निकै भिन्न थ्यो उस्को रेस्पोन्स, म आफै दङ परे।
“ओह,माइ गद!सधै शनिबार प्रोग्राममा फोन गर्छौ हैन तिमीले?” चकित मुद्रामा उसले मुख छोप्दै मलाई सोधिन | मलाइ त्यहाँ पाएर उनी किन त्यस्तो आश्चर्यमा परिन थाहाछैन मलाई | म भने खुसि थिए,जे होस् याद रैछु म भनेर | नचिनेको भए के गर्थिये होला मैले |
“हो |मै हो |” मैले भनेनी सामुन्ने हुदा धेरै बोल्न सक्दिन ।
“अनि कसरि आयौ यहाँ ?” उसको मुहारमा भएको आशार्य अझै कायम थियो |
“बाइकमा (थोरै हासेर) तिम्लाई भेट्न आको नि |
“ बिस्तारै खुल्दै थिए म उनी संग | “आज शनिबार आचानक आयौ नि त |कोहि पनि यस्सरी आको थिएन |
“तिमि सरकारी अफिस हो र,शनिबार आयोभने बन्द हुनलाई |”
“हाहाहा हैन के मैले त्यस्तो भन्न खोजेको” सायद उसलाई जवाब फर्काउन गार्हो भो |
“साथि भेटेपछि कफि खान जाम भन्ने चलन छैन हो तिम्रो सिमरामा ?” बाटोमा हिड्दै गफ गर्नुभन्दा उसंग कहिँ बसेर बोल्न चाहान्थे|
“ ल क्या भनेको के तिमीले,अगाडी लामा होटल आउदै छ,त्यहि जाम|” यति भन्दै हामि होटल तिर लागेउ |
केहि समयको हिडाइ र बोलाईपछी उसले भनेको ठाउँ आइपुग्यो र हामि त्यहाँ गएर बसेउ |म बिस्तारै उसंग खुल्दै थिए ,धेरै कुरा हुदै थियो ,बोल्छाल बढ्दै थियो हाम्रो| हामि नभनम,बोल्न त उ मात्र बोल्दै थिन,म त उसको स्वर सुनेर लठ्ठ हुदै हो मा हो थप्दै थिए | सायद पहिलो पल्ट होला,पहिलो भेटमै कोहि संग यति नजिक भएको |
“हजुरहरुलाई के ल्याऊ ?” मिठो क्षणलाई बिथोल्न वेटर भाइको आगमन भयो |
“मलाई त कफि अनि फ्राई म:म:,तिमि के लिने?” म:म: भनेपछि म हुरुक्क हुने र कफिको कुरै नगरे हुन्छ,पानी कम कफि धेरै खायिन्छ |
“मलाई पनि मिल्क कफि र फ्राई राइस |” उनले मेनु हेरेको जस्तो गरेर अडिएर भनिन | “कफिमा चिनी अलिबढी ल |” भाइ हिड्नु अगाडि उनले थपिन | “बल्ल बुझे मैले कुरा |” भाइ हिड्ने बितिकै मैले प्वाक्का भनि हाले|
“के कुरा |” उनी आतुर भईन मेरो कुरा सुन्न |
