Part 9

एकदिनको कुरा हो साथिसंग बाइक मागेर , सिमरा पुगियो,लगभग ४० किलोमीटर हाइवेको यात्रा गरेर, त्यो पनि लाइसेन्स बिना, त्यो बेला मेरो मुर्खता थियो कि बालकपन अझै सम्म नि बुझ्न सकेको छैन| उदेश्य अरु केहि नभई,कार्यक्रम संचालिका सारिकलाई भेट्नु थियो | जान त गइयो तर भेट्न पाइने हो कि होइन भन्ने कुराको भय थियो मनमा | फेरी कसरि चिन्नु उस्लाई ? चिने पनि कसरि कुरा सुरु गर्ने ? धेरै प्रश्न बीच झिनो आशा अझै जीवित थियो | म सिधै रेडियो स्टेसन नै गए र रिसेप्सनलाई सारिकाको बारेमा सोधे | मलाई माया बसेको हैन तर उसको स्वरको म मुक्तकण्ठले प्रसंसा गर्थिये| भेटेर उसको स्वर सुन्न मन लागेर मैले यति मिहेनेत गरेको हो | २ घण्टाको पर्खाईपछि उनी आइन मेरो सामू ,पर्खाईको फल साचिकै मिठो हुने रैछ| “ऊ सारिका जी आउदै हुनु हुन्छ”रिसेप्सनिस्तले एक अत्यन्त सुन्दर केटीलाई देखाउदै भनिन् |

उसको बारेमा जे-जति सोचेको थियो,त्यसभन्दा धेरै सुन्दर थिन उनी | नाम जस्तै स्वर पनि सुन्दर थियो उस्कों र अभ मुहार देखेपछी असली सुन्दरता के हो बल्ल बुझे मैले | जुन जस्तै चम्किदै थिन उनी,स्याउ जस्ता टोकिदिम लाग्ने गाला,लठ्ठ पार्ने आखा,प्राण लिने मुस्कान,हास्दा एकतर्फ मिलेर उछितिएको बंगारो,मयुरले प्वाख फिजाए जस्तै फिजिएको कपाल,झन् ओठको कुरै बेग्लै अप्सराको प्रयाबाची जस्तै | त्यहि ओठ माथि अशाध्यै सुहाउने लाली जस्तै डाडामाथि बिहानी सुर्यको किरण परेजस्तै,कस्तो भाग्यमानी त्यो लाली पनि | सोमरस नखाएपनि,उसलाई देखेपछि मलाई नसाले छोयो,पक्कै पनि उसलाई बनाउदा भगवानले मदिरा मिसाको हुनु पर्छ | लाटोले पापा हेरेको झैँ म पनि उसलाई टोलाएर हेर्दै थिए | लाग्दै थियो ,जसरि आकाशमा हजार तारा भए नि आखा सुरुमा चन्द्रमामा मात्र जान्छ,त्यसरीनै त्यहाँ जति केटि भएको भए नि मेरो नजर नि सुरुमा उसमै पुग्थियो होला,म हजारको भिडबात नि उसलाई चिन्न सक्थिए होला |“सारिका,उ तिम्रो अर्को फ्यान” रिसेप्सिनिस्तले उसलाई हास्दैं भनिन् र म कल्पनाको संसारबाट फिर्ता आए |

“हेल्लो” भन्दै उसले हात दिइन् र मुस्कुराइन्| कस्तो ज्यान जाने मुस्कान,म त भुतुक्कै भए | उनको हासोले त सादा जिबनमा सात रंग भर्न सक्छ,सायद इन्द्रेणी उनको मुस्कानमा बास बसेको हुनुपर्छ |त्यस्तै कम्जोर हृदयको मान्छेलाई त हृदयघात हुन्थियो होला उसको बयानै गर्न नसक्ने सुन्दरता हेरेर | मैले पनि हात दिदै “हेल्लो” फर्काए| कस्तो कोमल हात उनको, मैले उनको हात नभएर रेशम छुदैछु कि भनेर झुक्किए एकछिन त | मलाई त विश्वास गर्न केही गर्हो परेको थियो,यस्तो राम्री र सबै कुरा मिलेको मान्छे पनि हुन्छन भनेर | सपना त होइन यो मेरो? कहिँ उनी साचिकै अप्सरा त हैनन्? सारिका भनेको साचिक्कै उनी नै हुन् त? जस्तो धेरै कुरा लाग्दै थियो | अन्तत मलाई मेरो कल्पनाबाट कसैले तान्दै भन्यो “हजुरको नाम के हो?” अरु कसैको होइन सारिकाले सोधेकी थिन त्यो प्रश्न| रेडियोमा सुन्दा जस्तो मिठास थियो उस्को आवाजमा, त्यो मिठास आमुने सामुने भेटेर बोल्दा पनि बरकरार थियो।

“बिश्वास, बिश्वास ढकाल|” सायद केहि फरक र मिठो हुन सक्थियो होला मेरो उत्तर तर कसैको साम्मुने धेरै बोल्न आट नाआउने मलाई | आफू भने 40 k.m. पर वाट भेट्न गएको थिए, झिनो आश थियो उस्ले चिन्छे कि भनेर तर…

Previous article
Next article

Latest Posts