लुकामारी खेल्दै थियौ हामि| बुवाले गन्दै हुनुहुन्थियो, म र दिदि लुक्ने ठाउ खोज्दै थियौ| हुन त सानो ज्यान, एउटा धोक्रो भित्र पस्दा पनि हुन्थियो| धोक्रो नै चाहिन्न, बुवाले अस्ति हामिलाइ सानी ल्याइदिएको झोलामा पसे नि हुन्थियो| सानो चाही मेरो नया गुडियाको नाम हो| म जत्रै छिन् तर बोल्न चाही बोल्दिन सानी|
दिदि खोइ कता लुकी, मैले लुक्ने ठाउ नै भेटिन| जहाँ लुकेपनि बुवाले भेटि हाल्ने| टेबुल मुनि लुक्न नमिल्ने, आज टेबुलको पर्दा छैन| सोफा पछाडी बुवाले भेटि हाल्नु हुन्छ| भर्यांग मुनि ठाउ छैन, हिजो भर्खर तराइबाट ल्याएको आँप त्यहि फिजाएर राखेको छ| बरु एउटा आँप लिएर छतमा लुक्न जान्छु सोचेर आप लिएर छत तिर दगुरे| छतमा पहिले पनि बुवाले खोज्नु भएको थियो बुवाले| भर्यांग घरमा बरण्डा थियो तर त्यहाँ जाने बाटो थिएन| हामफालेर जान मिल्छ होला सोचे र हामफाले| एउटा खुट्टाले बरण्डामा टेक्न भ्यायो तर अर्को खुट्टा हावामा रहयो र टेक्ने ठाउ नपाएपछी, म सिधै दुइ तल्ले घरको छतबाट सिधै आगनमा| आगनमा पछारिएको याद छ|
“आमा नभएको…..”
“खै कसरि लडी…”
“अनुहारमा चोट लागेको छ…”
“हात गोडा हड्डी नभाचिएको भए बिहे….”
“यस्तो बच्चाको के बिहेको…”
“बिचरा बाउ, आमा नभए पनि…”
“होस आयो होस आयो|”
आखा खुल्यो मेरो| आखा खुल्नु अघि कानमा यस्तै आवाज गुन्जिदै थियो| आखा खुल्दा सबै शान्त छन्| बुवाको आखा रसाएका छन्| आफन्तहरु र केहि बुवाको साथि मेरो वरीपरि थिए| खै अस्मितालाइ चाही देखिन| त्यो अझै पनि लुक्दै छे होलि|
“यसरि भिड नगर्नुस्| धन जी बाहेक सबै बाहिर जानु|” सेतो कोट जस्तो लगाएको मान्छे आएर सबैलाई बाहिर पठायो र बुवालाइ त्यहि राख्यो|
“हजुरले बचाइदिनु भयो, हजुर भगवान हो| धन्यबाद तपाइँलाइ|” बुवाले डाक्टरको खुट्टा नै छुन खोज्नु भयो| डाक्टरले आफ्नो कर्तब्य मात्र बहन गरेको भनि बुवालाइ भन्नु भयो|
मान्छे बचाउने मान्छे पनि हुदो रैछन? त्यसो भए मेरो आमालाइ किन नबचाएको होला? मैले प्रश्न गरे बुवालाई|
“मेरो नानि कति ठुली भएकी, यति ठुलो कुरा गर्न कहाँबाट सिकी|” भन्दै बुवाएर मेरो टाउको मुसार्नु भयो| खै बुवाले मलाई त्यो प्रश्नको जवाफ दिनु भएन| पछी थाहापाए, मलाई जन्म दिदा दिदै बित्नु भएको थियो आमा| डाक्टर खोजेको हो तर कोहि डाक्टर भेटिएनछ त्यो समयमा| निकै कस्टकर मृत्यु भएको हुनुपर्छ आमाको| टाउकोमा थोरै चोट लागेको, दाहिने खुट्टा भाचिएको, अरु ठाउमा सानो घाउ मात्र थियो मेरो|
“बाबा, हामी कहिले घर जाने?” हस्पिटलमा २ ३ दिन बसेपछि, घरको न्यास्रो लागेर आएको थियो| बुवालाइ मुख निन्याउरो पार्दै सोधे|
“घर कहिले जाने हामि?” बाबाले सोध्नु भयो| टोलाएर बसेको रैछु, आखाँ अगाडी बाल्यकाल थियो, बुवाले प्रश्न सोधेपछि, फेरी बर्तमानमा फर्किए|
मलाई बच्चा बेला ३ ४ दिन हस्पिटल बस्न गाह्रो भएको थियो, बुवा हस्पिटलमा नै भएको ४ 5 महिना भइसक्यो| बुवालाइ निकै न्यास्रो लागेको छ घरको| रोग नै यहि हो भनि पत्ता लागेको छैन| डाक्टरले औसधि दिन्छन तर औषधिले केहि असर गरे जस्तो मानिन मैले नत्र बुवालाइ निको हुनु पर्ने थियो|
ब्यापार भिनाजुले रेख देख गरिदिनु भएको छ धन्न| तर भिनाजुलाइ पनि गाह्रो छ| उहाको आफ्नै काम पनि छ, सरकारी जागिरे हो भिनाजु| दुवै तिर भ्याउन गाह्रो हुदो हो| दिदिले घर अनि बुवाको ब्यापारमा भिनाजुलाइ सघाउनु हुन्छ| अविशको अध्यन भर्खर पुरा भएको छ र नया नया जागिर, तर उसले गर्दा धेरै मदत भएको छ| उ पनि चिकिस्तक हो| बुवाको पहुच अनि अविशको सहयोगले हस्पिटलमा सजिलो भएको छ| अविशलाइ चाही मेरो बुवाले नै रोज्नु भएको हो| बुवालाइ सन्चो भएपछी हाम्रो बिहेको लगन हेर्ने भन्नु भएको थियो बुवाले| अविश र हाम्रो भिनाजु दुवैको जागिर बुवाको भनसुनले गर्दा नै लागेको हो|
अनि मेरी प्यारी दिदि, निकै नै राम्री छे| स्वभावमा पनि, स्वरमा पनि, अनुहारमा पनि| घर व्यवहार त्यति मजाले हेर्नु भएको छ, अनि त्यो संगै ब्यापार पनि| मेरो जीवनको पहिलो साथि नै मेरी दिदि हो| उमेरमा दुइ बर्षको अन्तर छ| दिदिको बिहे भएको अर्को शनिबार ६ महिना हुन्छ| दिदिको बिहे पछी नै बुवाको स्वास्थ्य केहि खराब हुदै गएको थियो| घरको लक्ष्मी गएपछी, मनमा शान्ति हुन छाड्यो भन्नु हुन्थियो आफन्तहरु| मलाई यहाँ चाही चित्त बुझ्दैन| नारीलाई लक्ष्मी भन्ने, अनि चार भित्ता भित्र मुर्ति बनाएर थुनेर राखिदिने| मुर्ति भएपछी नारीले बोलेको सुन्नु पनि परेन, नारिलाइ सोधी रहनु नि परेन| यसो भोग चढाएको जस्तो मात्र गरे पनि भइगयो| नारिलाइ पुज्ने हैन, बुझ्ने गर्नुस्| कहिले कोखमा मार्छन, कहिले बिहेपछी मार्छन् नारिलाइ| अनि जो यहाँबाट जोगिन्छन्, उनीहरुको सपना मार्छन यो समाजको मानिसहरुले|
म पनि यहि समाजको सिकार भएको हु| मलाई पनि अविशसंगै बाहिर गएर डाक्टर पढ्नु थियो तर … खैर, दिदि भने निकै भिन्न सोच राख्नु हुन्छ| उहा समाजको बन्धि हुनु पर्दा नि खुसि हुनुहुन्छ| “भाग्यो हो, खुसि भए पुग्छ|” दिदीले मलाई यसरि चित्त बुझाउनु हुन्छ| दिदिको कुरा काट्दिन, हासेर समर्थन गरे जस्तो गरिदिन्छ| डाक्टर बनेर, आफ्नै हस्पिटल खोलेर समाजसेवा गर्न मन थियो मलाई तर… अविशले पुरा गर्ने छ यो मेरो इच्छा| उसलाई पनि गरिब दुखिको मदत गर्नु छ| कोहि पनि उपचार नपाएर नमरोस् भन्ने सोच छ उसको|
रातको एक बजे, बुवालाइ गाह्रो भएर आयो| बुवा सैयामा छतपटाउन लाग्नु भयो| बुवालाइ असहय गाह्रो हुदै थियो| बुवाले हात खुट्टा फ्याल्न लाग्नु भयो, तन्नाले आफ्नो स्थान छोड्यो र मेरो मुटुले पनि| अविश आयो, एउटा औसधि दियो र बुवालाइ साम्य हुनुभयो| बुवाले एक सुरले मलाई हेरेर मुस्कुराउदै हुनु हुन्थियो| मेरो हात सुम्सुम्याउनु हुन्थियो| मलाई बुवाको माया लागेर आयो| अविशले मलाई एकछिन बाहिर बोलायो|
“आसिमा….
