Part 1

बन्द कोठा, बन्द आँखा| आखामा पलकको र झ्यालमा बुट्टे पर्दा|
प्रकाश, र पानिमा केहि समानता छ! दुबैलाई कसैले रोक्न सक्दैन, न छेक्न नै| कोठाको पर्दालाइ पराजित गर्दै मेरो आँखाको पर्दा सम्म पुग्यो प्रकाश|
निन्द्रा बिथोल्ने प्रयास सुरु भयो| आखा खोल्ने जागर भनौ या इच्छा, केहि छैन| हात यता उता गर्दै सिरक खोज्न लागे| सिरक भेटे र अनुहार छोपी, झ्यालको अर्को कोल्टो फर्की फेरी जिउदो लास भए केहि समयको लागि|

***
छेउको बिस्तराबाट कोहि उठ्यो| कोहि हैन साथि उठ्यो| बिहानको निन्द्रा अचम्मको हुन्छ| जति सुत्न खोज्यो, त्यति कोल्टो फेरिन्छ अनिदमा| अनि 5 मिनेट भनेर आखा चिम्म मात्र गरेको, घण्टाको सुइले घडीको एक फन्को हान्न भ्याईसकेको हुन्छ|
अघि खल्बलिएको निन्द्रा, अब कहाँ त्यति बाक्लो हुन्छ र| म बिउझी सकेको हैन तर निन्द्रामा पुरै लिप्त पनि हैन| छेउछाउ, मेरो वरिपरी के हुदै छ, सबै थाहा पाउदै छु|
पूर्ण चेतना नभएपनि, धमलिएको सपना जस्तै छ अहिले मेरो वरीपारीको बास्तबिकता| के सत्य हो र के सपना, छुट्टाउन थोरै मुस्किल नै छ|
***
साथि उठेर वासरुम गएको देखि धारा खोलेको, सबै ध्वनि कानमा ठोकिदै छन्| चाहेर पनि मैले बेवास्ता गर्न सकिन| सिरक पनि निकम्बा रैछ, जाबो यति आवाज थुन्न नसक्ने| बाहिर चरा-चुरुंगी चिरबिर गरेको आवाज, बाटोमा गाडीको पिपिप, मान्छेहरुको गाइगुइ, हावा झ्यालमा आएर ठोकिएको, मेरो मनको आवाज, हो सबै सुन्दै छु म| सबै नै| बेलुका रक्सी नपुगे जस्तो हुन्छ, बिहान निन्द्रा नपुगे जस्तो| यो hangover पनि राम्रो त हैन|

“हिड्न लागेको|
हैन हौ, आधा घण्टा|
पुगेर|
भरे|”

साथि तैयार भयो र यति भन्दै कोठाबाट निक्लियो| मसंग हैन, कोहि अरुसंग बोल्दै थियो उ फोनमा| उसको लागि अहिले त म जिउदो लास जस्तै थिए, जो कात्रो ओढेर लम्पसार छ| फरक यति छ, यो लास बाँसमा हैन, भबिस्यको आशमा छ| थैत, लास पनि कहिँ जिउदो हुन्छ र? लासमा पनि केहि आस हुन्छ र? खै| तर बाच्न बिर्सेको, भुलेको र नजानेका सबै मानिस जिउदो लास त हुन् नि| अनि कसले भन्यो लासमा आश हुन्न| त्यो सबै सहिदको लासमा आश थियो, परिवर्तनको आश| सास गयो तर उनीहरुले मानिसको मनमा आश छाडेर गए| सहिद, सपना र साथि, कस्तो मिलेका यी शब्दहरु|
साथिसंगै मेरो कानमा पर्ने सबै ध्वनिहरु पनि निक्लिए कोठाबाट| साथिको प्रस्थान अनि निन्द्राको आगमन संगसंगै नै भयो|
***
“जटा टवी गलज्जलप्रवाह पावितस्थले गलेऽव लम्ब्यलम्बितां भुजङ्गतुङ्ग मालिकाम्‌
डमड्डमड्डमड्डमन्निनाद वड्डमर्वयं चकारचण्डताण्डवं तनोतु नः शिव: शिवम्‌”
तिन आँखा भएका भगवान नै अघि आएपछी, मैले आफ्नो दुइ आखा कसरि नखोल्नु| मोबाइलमा अलार्म बज्यो शिव ताण्डवको रुपमा| रक्सि र निन्द्राले छोडे जस्तो लाग्छ तर दुइ मध्य एक बेइमान पक्कै छन्| नत्र आलस्य र टाउको भारि किन महसुस हुन्थ्यो होला||
***
पोखरा सहर! नानि र पानिको भर हुन्न रे|नानि थाहा भएन, संग्लो पानिको चाही भर लाग्छ| त्यहि संग्लो पानिले त मलाई तान्छ पोखरामा, जसरि तान्छ सपनाले नेपालिलाइ विदेशमा|
चुरोटको बट्टामा एक खिल्ली चुरोट छैन| खालि चुरोटको बट्टाले मेरो खिल्ली उदाउदै छ| बगली छाम्छु, बगलीमा पनि चुरोट छैन| कलम समात्ने औला अहिले चुरोट समाउन सिपालु भएको छ| पानामा शब्द हैन, फोक्सोमा धुवा भर्न सिपालु भएको छ| पात्रमा जीवन भर्न हैन, चुरोटको चिहान भर्न ब्यस्त भएको छ यो लेखक| यस्तै छ यो लेखकको दिनचर्या अचेल| खालि चुरोटको बट्टामा सल्काउन एउटा चुरोटको खिल्ली छैन| खाली यो कोठामा आफ्नै भबिस्य र सपनामा आगो लगाएर बसेको एउटा लेखक छ| आफु जल्दा, अरुलाई पनि खरानी बनाउन चाहने यो कस्तो इक्षा| संसारमा प्रकाश छर्न सक्ने हैसियत राख्ने आज आफैमा जलेर खरानी हुदै छ|
***
साथि काममा गयो| कहिँ कतै चुरोट बगलीमा कहिँ अचम्मै पाराले लुकेको छ कि भनि फेरी पनि बगलीलाइ बगलिको अनुमति बिना गिजोल्न लागे| भेटियो त केवल सयको केहि नोटहरु, केहि अरु चानचुन अनि केहि बिलहरु| फेरी यो बिल कस्तो हो| अचम्म छ यो मान्छेको जात र रक्सिको साथ, भुल्न पिउनेहरुले भुल्ने भनेको हिजो बेलुका रक्सि पिउदाको पल मात्र हो| जति कोशिश गर्दा पनि केहि याद न आउने हुन्छ| आखिर हुन चाही के भयो हिजो| आखिर गर्न चाही के गरे मैले हिजो| आखिर कहाँ थिए हिजो| यस्तै धेरै प्रश्नको चुस्की लिन लाग्छ दिमागले| हिजो मात्तिएर, रक्सि धेरै भएर, पेट मात्र हैन दिमाग पनि खालि भएछ भन्ने निस्कर्षमा पुगिन्छ अन्त्यमा| तर सच्चि, मेरो पकेटमा यति धेरै बिल अनि चान चुन कसरि?
पहिलो बिल, “Busy bee….”
***
“लेखक जी, आफु कहिले लगाउन मान्नु हुन्न तर आफ्नो कलमलाई कण्डम लगाएर राख्नु भको छ। कथा नहालेर गर्न खोज्नु भको के?” मेसेजले थोरै भए पनि मुहारमा मुस्कान ल्यायो|

Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts