“तिम्रो हात मेरो हातमा,अनि म मुठ्ठी पार्थिए, हामि औला क्रस गर्थिएउ,भन्थिएउ साथ कहिले नछाड्ने |”
कानमा आवाजको सानु ध्वनिहरु गुन्झियो र म निन्द्राबाट बिउझिए | आखाँ मिच्दै,एक कोल्टो फेरेर,अलि तन्किदै ,अलि पर रहेको मोबाइल हातमा लिए | हिजो गीत सुन्दै पल्टेको मान्छे,भुसुक्कै निदाएछु,केहि पत्तो नपाइकन | यसो हेरेको त ब्याट्री पनि जम्मा १३% बाकि रैछ | समय हेर्न भित्ते घडी तिर मुन्टो लगेको त,घण्टाको सुइले ६ छोइसकेको अवस्था | म मुर्ख पनि बडेमानको मुर्ख,हातमा मोबाइल थियो,किन भित्ते घडीबाट समय हेरेको होला | ६ बजिसकेको,मोबाइलमा ब्याट्री जम्मा १३% र कलेज जान आज पनि ढिलो भएको, यति कुराले मुटु नै चसक्क भयो एकैछिन | हात काट्दा नदुख्दो हो,तर मोबाइलमा ब्याट्री जम्मा १३% रहेको कुराले मनमा पिडा र खिन्नता बरोबर रुपमा ल्यायो |कस्तो अचम्म,अचेल त जिन्दगीलाई मान्छे भन्दा नि ग्याजेटहरुले थामेको छ |बिहान उठेपछीको बल्ब देखि बेलुका सुतेपछि पंखा,हरेक बखत यन्त्रको सहाराले नै जिबन बाच्दै छौ हामि | लु खत्तम भयो,बर्बाद भयो,आज त क्लासमा परिक्षा पनि थियो,के आइलागेको हो मलाई एकैपल्ट |
बिस्ताराबाट बाहिर निक्लिए र बाथरूम भित्र पसेर, प्रकाशको गतिमा तैयार भए | ढिला पनि निकै नै भैसकेको थियो,घरमा चिया खाने समेत समय थिएन,त्यसैले सिधै लागे गाडी चढ्ने स्थान तिर | १० नम्बरको माइक्रो,मैले हरेक बेला चढ्ने माइक्रो नै यहि हो, पहिलो स्टेशन र बिहानको समय भएकोले सिट खालि हुने सधै जसो | फेरी मेरो रोजाई जहिले अन्तिमको झ्याल छेउको सिट,क्लासमा होस् या गाडीमा लास्ट सिट कहिले नछाड्ने म |समयको झिनो अन्तरालमा,माइक्रोको सिटहरु भरिए | मान्छेहरुको भिडमा पनि एक्लै हुइदो रहेछ भन्ने कुरा त त्यसबेला थाहा हुन्छ जब माइक्रोमा वरिपरी मान्छे हुन्छन तर चिन्ने र बोल्ने मान्छे चाही हुन्नन् | फेरी पनि कानमा earphone ठुसेर र गीतमा रम्नु बाहेक अरु केहि विकल्प थिएन | एउटा गीत नसकिदै ,२ स्टेशन पार गरिसकेछ माइक्रोले | हरेक स्टेशनमा मान्छे चढ्ने र झर्ने कुरा सामान्य हो र तेस्रो स्टेशनमा पनि त्यहि क्रम जारि थियो |
चढेका यात्रीको हूलबाट एउटी केटि,मेरै छेउमा आएर बसीछ | म भने गीतमा हराएको थिए,उनि आएको देखिन | तर जब उनि मेरै छेउमा आएर बसिन्,चाल पाए मेरो छेउको सिटमा कोइ छ भनेर | एकपल्ट उसको मुहार तिर आखा डुलाउदै मात्र के थिए, कस्तो मोहनी लाग्यो भने | उसको मुहरनै हेरिरहे एकैछिन सम्म,उसको मुहारबाट अन्त हेर्ने नमान्ने भयो मेरो यो नयन | सुरुमा मुटुले मेरो कुरा मान्न छोडेको अभ त आखा पनि अटेरी हुदै गयो | हेर्दा केहि फुच्ची,डल्ले खुर्सानी भनु भने सरिर स्लिम थियो,उसको आखामा एउटा अर्कै संसार नै लुकेको जस्तो लाग्ने , सबै कुरा मिलेको उसको,लाग्यो उनि ncell को बम्पर उपहार नै हुनु पर्छ | मनले बोल भन्दै थियो उनिसंग तर आफु परियो लाजको पोको | फेरी बोल्न त बोलम्ला तर बार्तालापको सुरुवात काहाबाट गर्नु |
भाग्य भगवान भाग्य,मैले बोल्नै परेन,उसले आफै मेरो मोबाइल मागिन् | मेरो मोबाइल किन मागेको होला भनेर केहि चकित अबस्य भए |तर कस्तो मिठो स्वर उसको, लठ्ठ भए उसको स्वर सुनेर,केहि नसोधी उसको मुहारमा लाटोले पापा हेरेको झैँ हेर्दै आफ्नु मोबाइल उसको हातमा राखिदिए | उसले त मोबाइल मात्र देखिन् होला तर त्यो मोबाइल संगै मैले आफ्नु मुटु पनि उसको हातमा थमाइदेको थिए |
उसले मेरो मोबाइल मागिन् र मैले सजिलै दिए तर मनमा प्रश्न थियो,मोबाइल किन मागेकी होलिन् र के गरिन् होला उसले | उस्ले मोबाइल संगै मिठो मुस्कान पनि फिर्ता गरिन् र मिठो मुस्कान सहित “धन्यबाद पनि “ | अभ उसले के गरिन् भनेर उसकै सामु हेर्न पनि नमिल्ने,फेरी हेर्नलाई उनिबाट आखा हट्नु पर्यो नि | जति हेरेपनि चित्त नबुझ्ने सुन्दर मुहार उसको | बयान गर्न लागे भने,४ बेदलाई उछ्छिने एउटा पुस्तक नै बन्ने पक्का थियो | उसले मेरो हातमा मोबाइल दिदा पनि मेरो आखा उसकै मुहारमा थियो | मलाई आज कस्तो लाज नलागेको कसैलाई एकहोरो हेर्नलाई | अरुबेला खुबै लजालु स्वभाभको म,अहिले भने मेरो लाज भन्ने कुरा पक्कै एक स्टेशन अगाडी छुटेको हुनुपर्छ | भरे घर जादा संगै लानु पर्छ नत्र कुन बेला कहाँ पिटाई खाने हो | किन नखानु पिटाईपनि,सार्बजनिक गाडीमा कसैलाई एकसुरले हेरी रहयो भने |
मेरो एकहोरो हेराइले उसलाई केहि अप्ठ्यारो महसुस भएको जस्तो अनुभब गरे मैले र फेरी पनि आफ्नु आखा उसको मुहारबाट आफ्नु मोबाइल तिर केन्द्रित गरे र गीत सुन्न लागे | मोबाइलमा ब्याट्री कम भएकोले,मोबाइललाई ब्याग भित्र रहेको पावर-बैंकमा जोडे र एकछिन आखा चिम्म गरे | उनि कस्तो सिपालु,यहि छेउमा भएकी मान्छे,आखा चिम्म गरेको मात्र के थिए कल्पनामा पनि पुग्न भयाइन | सबभन्दा गति भएको प्रकाश भनेर पढेको थिए तर उनि प्रकाश भन्दा पनि गतिशील रैछिन् | एकछिन मात्र के कल्पना हराएको थिए,भुसुक्क निदाएछु |
अर्को एउटा आवाजले बिउझिए म | माइक्रोमा पैसा लिने फुच्चे भाइले मलाई घच्घचाउदै “दाई दाई” भनेर उठाउदै थियो | एक्कासी झनक्क रिस उठ्यो,कल्पनाबाट बाहिर आउनु परेकोले होला रिस उठेको पनि | रिसको स्वर मै भने “के भयो भाइ?के चाही भयो ?” | मेरो बोल्ने शैली निकै गलत थियो,त्यसैले होला भाइको आवाज निकै सानु भयो र उसले फेरी बोल्यो “दाई पुरानो बसपार्क आयो|झर्ने हैन? लास्ट स्टेशन हो त |”
वरिपरी हेरेको त माइक्रोको सबै सिट खालि,कोहि मान्छे नभएको माइक्रोमा, एकछिन आफै उल्लि-बिल्ली भए म | फुच्चे भाइलाई कार्ड देखाउदै पैसा दिए र गाडीबाट झरे | बानेश्वरमा ओर्लिनु पर्ने मान्छे,बसपार्क नै पो पुगेछु | कहाँ सम्म हराएको रैछु त उसको यादमा | यो पक्कै माया नै हुनुपर्छ | एक त घरबाट हिड्न अबेला भएको,अभ झन् गल्ति स्थानमा पुगियो,कलेज जानलाई मनले मानेन | एकछिन सोचे र आफ्नु पाइला बसन्तपुर तिर मोडे |
