एकछिन सोचे र आफ्नु पाइला बसन्तपुर तिर मोडे | कलेज नगएर कहिँ बाहिर घुम्न जानु ,अरुले यसलाई बन्क भन्लान तर मेरो लागि यो दिवस हो ,”इक्षा दिवस “ | एक पछी अर्को पाइला चाल्दै एकछिनमै न्यु-रोड गेट पुगियो | बेलुका पाइला राख्न मुस्किल हुने ठाउ,अहिले भने सामान्य छ | समयको खेलनै त हो नि यो पनि,समय सहि छ भने जे नि राम्रो हुन्छ र समय गलत छ भने सहि बाटो नि गलत हुन्छ | पुरानो-बसपार्क देखि न्यु-रोड गेटको यात्रा तय गर्दा पनि मेरो मस्तिस्कमा चाही अघिकै कुराले चटक खेल्दै थियो,कसरि चाही माइक्रोबाट सबैजना ओर्लिदा पनि मलाई चाही अत्तोपत्तो भएन र साथै मैक्रोमा भएकी त्यो केटीले मस्तिस्कको ठुलै हिस्सा ओगटेकी थिन्|
“ओइ मुला“ एकसुरले हिडिरहेको म, यो आवाजले गर्दा पाइला टक्क रोकियो र पछाडी फर्किए | प्लस-टु संगै पढेको साथिले बौलाउदै रहेछ | प्लस-टु मा खासै नजिक थिएनौ हामि र प्लस-टुको परिक्षा सकिएको पनि भर्खर २ महिना भाको थियो तर यो दुइ महिना पछी भेट्दा यो साथीको महत्व अचानक बढ्यो |
“बौलाइस कि के हो?एक्लै हास्दै हिडेको छस् त |” उसले यस्तो भनेको सुन्दा त एकछिन मेरो होस नै गुम्यो |धेरै कुरा सोच्न लागे म फेरी | अघिबाट बाटोमा म एक्लै हास्दै आउदै थिए ? मलाई हेरेर मान्छेले के सोचे होला ? धन्न कोहि बटुवाले समातेर पाटन तिर लगेनन् मलाई | कति सम्म हराको रहेछु त्यो अन्जान मुइयाको यादमा |
“के गर्दै छस् आजकल?” मेरो यो प्रश्नको जवाफमा सजिलै हास्दै भन्यो “अस्ट्रेलिया जाने तैयारी|” यो उत्तर दिने उ मात्र थिएन,यसरीनै धेरै साथीले त्यहि भन्थिए मलाई | आखिर किन जो पनि बाहिर जान खोज्छन प्लस-टु पछी |कहिले बुझ्ने हो यिनीहरुले कि भबिस्य बनाउन देश हैन सोच बदलिनु पर्छ ,त्यसपछि भबिस्य खोज्दै हामि अरुको देश हैन,अरु चाही हाम्रो देश आउछन |एकछिनसम्मको गफगाफ पछी साथीसंग छुट्टिए र बसन्तपुर तिर लागे | एउटा शान्त ठाउ रोजे र आफ्नु पुस्टलाई बिश्राम दिए |
“दाई चिया खाने हैन ?” एउटी अत्ति प्यारी नानि आइन् चियाको भाडो र केहि प्लास्टिकको गिलास बोक्दै | बिहान घरमा पनि चिया नखाएर हिडेको म,चियाको तलतल लागेको थियो र नानीसंग चिया लिए एक कप |
“गिलास चाही फोहोरको भाडोमा हाल्दिनु है |” यति भन्दै नानीले चिया दिईन् मलाई र लागिन् आफ्नु बाटो | उसको अन्तिम वाक्यले ठुलै धक्का दियो मलाई,हामि भन्दा सानु नानीलाई सहरको माया छ |
म बसेको ठाउबाट बसन्तपुर दरबारको दृश्य पुरै देखिने र समय बिहानको भएकोले,घामको किरणले मधुर उज्यालो छरेको थियो | कोहि मार्निंग वाल्क पछी बिश्राम गर्दै थिए,साना नानीहरु यता उता खेल्दै थिए ,कोहि मुख बिगारी बिगारी फोटो खिच्नै ब्यस्त थिए,कोइ जोडीहरु एकअर्काको काधमा शिर राखेर बसेका थिए भने कोहि म जस्तै इक्षा दिवस मनाउन मुन्टेका थिए | म भने एक्लै परे,न बोल्न लाई कोहि छ भने न हास्नालाई नै | अभ साथि भनेको मोबाइल मात्र थियो र त्यहि चलाउन लागे |
यो मोबाइल नाम गरेको अचम्मको भाडो र यसमा रहेको एपहरु,समय काट्न निकै सजिलो हुने यतिले गर्दा | आखाँ र औला मोबाइलमा भएपनि,मेरो मस्तिस्क भने अघिकै घटनाको वरिपरी फन्को लाउदै थियो | मनमा भने खुल्दुली थियो,मेरो मोबाइल मागेर उनले चलाउन चाही के चलाइन् ! कल-लिस्ट हेरेको कल-लिस्टमा कुनै नया नम्बरमा फोन गरेको देखिएन,फोटो खिचेको पो हो कि भनेर ग्यालेरी पनि हेर्न पुगे तर त्यहाँबाट पनि हात लाग्यो शुन्य | अन्त्यमा बल्ल चाल पाए, एस.एम.एस गरेकी रैछिन् | कुन्नि कुन चाही प्रतियोगिताको लागि भोट गर्नलाई प्रयोग भएको रहेछ मेरो मोबाइल | अभ फेरी अनेकौ कुरा सोच्न लागे,उनले पक्कै कुनै प्रतियोगितामा भाग लिएकि छिन्,त्यसैले भोट गरेकी होलि | अभ प्रतियोगिता चाही के को भनेर जान्ने उत्सुकता बढ्यो,उसले एस.एम.एस पठाको नम्बर के को रैछ भनेर गूगल दाइलाई सोध्न खोजे तर गूगल दाईले पनि जवाफ दिन सकेनन् |
ठुलो आश गरेको थिए तर आज आएर गूगल दाइले पनि मेरो सबै आशलाई नाश गर्दिए | एकछिन निकै खल्लो लाग्यो | त्यतिकैमा अगाडी दुइ बच्चा आए,एकदमै मोह लाग्ने | नेवारी पोशाकमा भएका उनिहरु, कुनै गुडिया जस्तै थिए उनीहरु | “बौचा-मैचा” भन्ने शब्द ठोकियो मेरो दिमागमा आएर | उनीहरुको फोटो नखिची भएन मलाई,पछाडी तर्फ टोकेको स्याउको चिन्ह रहेको आफ्नु मोबाइल झिके र एउटा गतिलो फिल्टर छानेर उनीहरुको फोटो खिच्न लागे | २-३ वटा फोटो खिचे ति बच्चाहरुको तर रमाइलो कुरा के भने मैले फोटो खिचेको उनीहरुलाई पत्तो थिएन | आफैले खिचेको फोटो जुम गरि गरि हेर्दै थिए, “फोटो चाही खिच्न जानेकै हो मैले|”,मन मनै आफ्नै बयान गरेर मख्ख हुदै थिए | कसैले तपाई भनोस कि नभनोस आफैले मपाई भन्न पछाडी कहिले परिन म तर केवल आफ्नु मन भित्रै |
“फोटो खिच्न चाही सहि खिच्ने रैछौ है तिमीले |” हैन मैले यो आफ्नै मन भित्र बोलेको कुरा, कसरि आवाज चाही बाहिरबाट आउदै छ भनेर एकछिन छक्क परे | बाहिरबाट आवाज आउन त आयो तर केटिको आवाजमा आयो | के चाही भएछ गाठे भनेर पछाडी फर्केको त,कहाँ हुनु मन भित्रको आवाज बाहिर सुनिएको ,पछाडीबाट साचिकै एउटी केटिले मेरो तारिफ गरेकी रैछिन | नचिनेको मान्छेले यति भनेको सुन्दा केहि चकित भने भएको थिए म |
“मैले हैन मोबाइलले दामी खिचेको हो |” केहि बोल्न जानिन र यहि जवाफ दिए केहि हासेर | मेरो मुस्कानको जवाफ पनि उसले मुस्कानले नै दिन् |
“हामि साथिहरु घुम्न आएको छौ,एउटा ग्रुप फोटो हाम्रो नि लिदिनुस न |” मेरो बयान गर्नुको पछाडी उसको आफ्नै स्वार्थ पो लुकेको रैछ | म भने त्यतिकै मख्ख भए | बयान गरेकै थिन् उसले,अभ हुन्छ भन्न कर लाग्यो र हुन्छ भनेपनि | नाइँ भन्नु फेरी कस्तो छुच्चो होला जस्तो पनि लाग्यो | मैले उसको प्रस्ताभ सहजै स्वीकारे पछी हामि उसको साथिहरु भएको तिर लागेउ |
“कन्चन मैले दामी फोटो-ग्राफर खोजेर ल्याएको छु |” उसले चिच्याएर आफ्नु साथीलाई भनिन् | यति भएपछी मलाई के चाहियो र! म त पुरै मख्ख भए,खुसि पनि यति खुसि भए कि खुसिको सिमा नै रहेन, खुसि हुनको लागी पनि म संग ठुलै कारण थियो | आफ्नै तारिफ सुनेर चाही मख्ख भएको हैन नि फेरी,खुसि हुने कारण अर्कै थियो | कारण चाही के भने….
